जानकिका असहाय बालबालिकालाई वास नेपालको सहयोग

शेयेर गर्नुहोस

विनोद चाैधरि, दुर्गाैलि / जानकि गाउँपालिकाका चार असहाय बालबालिकाले आर्थिक सहयोग पाएका छन् । युनिसेफ नेपाल र बागेश्वरी असल शासन युवा क्लव (बास)द्वारा बाल संरक्षण कार्यक्रम अन्तरगत वडा नम्बर १ र ९ का उनीहरुलाई ५/५ हजार सहयोग गरेको छ ।

बागेश्वरी असल शासन युवा क्लव (बास) टिकापुरका काेवाे रिपोर्टर भिम वि. क.का अनुसार सहयोगमा पाउनेमा वडा नं. १ का प्रिन्सा चाैधरि र राेहित चाैधरि रहेका छन् । उनिहरुलाई विद्यालय पाेशाक र शैक्षिक सामाग्रीका लागि ५ हजार वडा सदस्य राधा भुल र अनिता चाैधरिकाे उपस्थितिमा सहयोग प्रदान गरिएको थियो । विपन्न तथा जाेखिम अवस्थामा रहेका बालबालिकालाई साे सहयोगले पढाइमा सहयोग पुग्ने वडा सदस्य राधा भुलले बताइन् ।

वडा नं. ९का आमाबाबु गुमाएर छिमेकीको घरमा बस्ने दिपेन्द्र चाैधरि र साजन चाैधरिलाई वडा नम्बर ९ का वडा सदस्य हर्कराज भाट र वडा सचिव प्रेम बुढाको राेहवरमा बडघर ठग्गुराम चाैधरिलाइ रकम हस्तान्तरण गरिएको जनाइएको छ ।

आमा बुवा नभएपछि आफन्तको आश्रयमा बस्दै आएका उनीहरुलाई पढाईमा सहयोगका लागि रकम दिइएको छ । उनीहरुलाई वडा प्रतिनिधिकाे राेहवरमा रकम हस्तान्तरण गरिएको छ । कार्यक्रममा जानकि गाउँपालिकाका अध्यक्षका स्वकीय सचिव भाेज बहादुर चाैधरि ,बडघर वास नेपालका प्रतिनिधि भिम विक लगायतका सहभागी भएका थिए ।

आगामी आइतबार साे गाउँपालिकाका अन्य १३ जना असहाय बालबालिकालाई नगद सहयोग हस्तान्तरण गरिने वासका प्रतिनिधि भिम विकले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

भजहरमा रमाउँदै नारायणपुरका थारु समुदाय

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नेपाल वन प्राविधिक सुदूरपश्चिम प्रदेश अध्यक्ष चौधरी विजयी

धनगढी/नेपाल वन प्राविधिक सुदूरपश्चिम प्रदेश कार्य समितिको अधिवेशनबाट अध्यक्षमा रामवतार चौधरी विजयी भएका छन । शनिबार कैलालीमा भएको प्रथम अधिवेशनबाट अध्यक्ष पदमा प्रजातान्त्रिक वन प्राविधिक

अझै पढ्नुहोस्
Uncategorized

हेमा श्री फाउन्डेसन नेपाल गौरीगंगा द्वारा शैक्षिक सामग्री वितरण

हेमा श्री फाउन्डेसन नेपाल गौरीगंगा-६,कैलाली द्वारा साफेँबगर नगरपालिका-१३,बावला,अछाम स्थित श्री जाल्पादेबी आधारभुत बिधालयमा शैक्षिक सामाग्री बितरण गरिएको छ। सो बिधालयमा अध्ययनरत बिपन्न,आर्थिक अवस्था न्यून,एकल परिवारका

अझै पढ्नुहोस्

कोरोनाबाट थप एक जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ। रुपन्देहीको सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा

अझै पढ्नुहोस्
राजनीति

रेशम पक्षले बोलाएको चैत्र २३ र २४ गते केन्द्रीय समिति बैठक अवैध हाे :- रन्जिता

टीकापुर/अहिलेको सत्ता गठबन्धनलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा विवाद चर्किदै गएको नागरिक उन्मुक्ति पार्टीमा केन्द्रीय समितिको बैठकबारे पनि विवाद भएको छ। नागरिक उन्मुक्ति पार्टीका

अझै पढ्नुहोस्