घोराघोरी लवाङ्गी पुजा तथा थारु सांस्कृतिक महोत्सव हुने

शेयेर गर्नुहोस

सुखड/कैलालीको जिल्लाको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी मन्दिरमा हरेक बर्ष जस्तै बिबाह पन्चमी दिन हुने थारु समुदायले यस बर्ष लवाङी पुजा हुने भएको छ ।

“हमार संस्कृति हमार पहिचान , संस्कृति जर्गना करना हमार अभियान ” भन्ने मुल नाराका साथ घोरिघोरा लवाङी पुजा तथा थारु सास्कृती महोत्सव २०८१ हुने भएको छ ।

थारु समुदायले आफुले उव्जाय अन्नबाली आफुले उपभोग गर्नु भन्दा पहिले देवतालाइ चढाएर खाने चलन अनुसार हरेक बर्ष बिबाह पन्चमीमा घोडाघोडी मन्दिरमा लवाङी पुजा तथा सांस्कृतिक महोत्सव २०६३ साल देखि निरन्तर रुपमा गर्दै आयका छन् ।

घोरीघोरा नगरभलमन्सा कार्य समितिको , सन्त समागम समाज , घोडाघोडी तथा संस्कृति सरक्षण समाजको
आयोजना हुने लवाङी पुजा तथा थारु महोत्सव यहि मङ्सिर १९ देखि २१ गते सम्म हुने आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिए ।

महोत्सव आयोजक मुल समितिका सयोजक बुधराम चौधरीले पत्रकारहरु सङ कुरा गर्दै महोत्सवको उदेश्य , कार्यक्रम माथी प्रकाश पार्दै भने थारु समुदायले हरेक बर्ष आफुहरुले अन्नबाली घरमा भित्र्याय पछि आफ्नो परम्परा अनुसार देबिदेवतालाइ चढाउने अनि आफुहरुले खाने , लवाङी पुजा गर्दा आफ्नो धर्म सस्कृती , चाडपर्वहरु सङै कला सस्कृती जोगाउने उदेश्यले हरेक बर्ष लवाङी पुजा गरिन्छ लवाङी पुजाका लागि कैलाली ,कंचनपुर , बर्दिया ,बाके र दाङ बाट समेत आउने गरेका छन् ।
लवाङ्गी पुजालाइ ब्यबस्थित गर्दै थारु समुदायको कला सास्कृती लाई आउने पुस्ता सम्म जोगाइ राख्न थारु महोत्सव गरिने बताए । थारु समुदायले देशावरको पुजा गर्ने गरेका थिय , थारु समुदायले पन्चं तत्वको पुजा गर्ने गरेको छ । थारु समुदाय मा रहेको बर्का नाच , सखिया नाछ , मुग्रहुवा नाछ , कठघोरी नाच ,लगायत नाच देखाइने साथै स्थानीय तथा राष्ट्रिय थारु कलाकारहरुको पस्तुती रहेने समेत जानकारी दिए।

तेस्तै कार्यक्रममा बोल्दै सन्त समागम समाज अध्यक्ष कप्तान चौधरीले घोडाघोडीमा हुने लवाङ्गि पुजामा १ सय ७३ गाउँका भल्मन्सा , गुरुवा , चिराकी , आउने भएकाले यस्लाइ ब्यबस्थित बनाउदै रमाइलो मेला पनि राखिने बताए । घोडाघोडी ताल बिश्व रामसार सुचिमा रहेको ताल हो हामिहरुले यसको सरक्षण ,सदुपयोग गर्दै बिश्वब्यापी प्रचारप्रसार गर्न महोत्सव गर्न लागिएको बताए ।

कार्यक्रमको सन्चालन घोरिघोरा नगरभलमन्सा कार्यसमितिका सचीव अमन चौधरीले गरेका थिय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सामाजिक विकास जनसरोकारका सार्वजनिक सुनुवाइ सम्पन्न

भजहरमा रमाउँदै नारायणपुरका थारु समुदाय

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

डडेल्धुरामा चितुवा मृत फेला

धनगढी/डडेल्धुरामा एक चितुवा मृत फेला परेको छ । मंगलबार बिहान गन्यापधुरा गाउँपालिका–१ छब्बिसे मोडस्थित जानकी सामुदायिक वनमा चितुवा मृत अवस्थामा फेला परेको हो । प्रहरी

अझै पढ्नुहोस्
समाचार

नि:शुल्क पाइने औषधी समेत उपलब्ध छैन स्वास्थ्य संस्थामा

जमुना न्युरे / कैलाली सुगम जिल्लाको रुपमा चिनियता पनि दुई गाउँ पालिकाहरु भने निकै दुर्गममा रहेका छन् । झट्ट सुन्दा कैलाली जिल्लामा पनि पिउने पानी,

अझै पढ्नुहोस्
राजनीति

राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई सहयोग गर्न नागरिक उन्मुक्तीलाई आग्रह

जमुना न्युरे,धनगढी /राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नागरिक उन्मुक्ति पार्टीलाई सत्ता गठबन्धन दलका उम्मेदवारहरुलाई विजयी गराउनमा सहयोग गर्न आग्रह गरिएको छ । आसन्न राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन

अझै पढ्नुहोस्
समाचार

कहिले रोकिन्छन् सरकार द्वन्द र बेपत्ता पारिएका परिवारहरुको आँसु

जमुना न्युरे,धनगढी/कैलाली जिल्लाको गौरिगंगा नगरपालिकामा बस्ने कृति चौधरीले राज्य परिवारबाट बेपता पारिएका आफ्ना श्रीमान अहिलेसम्म नत सास छ नत लास नै छ ,अहिले परिवारको सम्पूर्ण

अझै पढ्नुहोस्