TRENDING
Misty Casino Para Yatırma Yöntemleri: Papara, Havale ve Kripto Karşılaştırması

Сколько зарабатывают стримеры казино Pinco в 2023 году?
Next
Prev

घोडाघोडी लगायत कैलाली जिल्लाका सिमसारमा आगन्तुक चराको चहलपहल बढ्दै

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडी ताल नेपालीको पहिलो चरा अभय आरण्य क्षेत्र (वर्ड सेन्चुरी) मा आगन्तुक चराको चहलपहल बढेको छ । जाडो छल्नका लागि यहाँ विभिन्न प्रजातिका आगन्तुक चरा आइपुगेपछि चहलपहल बढेको हो । साइबेरिया लगायत उत्तरी क्षेत्रमा चिसो बढेपछि त्यहाँबाट विभिन्न प्रजातिका हाँससहित अन्य जलपन्छी विश्वरामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा क्षेत्रमा आइपुगेका हुन्।

जाडो छल्नका लागि कैलाली आइपुगेका यी चरा घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा छ महिनासम्म अस्थायी रूपमा बसोबास गर्ने चराविद्व दयाराम चौधरीले बताए । “साइबेरियासहित उत्तरी क्षेत्रमा अत्यधिक चिसो भएपछि हिउँदे आगन्तुक चरा जाडो छल्न घोडाघोडी ताल सहित कैलालीको विभिन्न सिमसारमा आइपुग्ने गर्छन् । ती चराको बसोबास हिउँद अवधिभर यतै हुने गर्दछ”, उनले बताए।

जाडो छल्न यहाँ आएका चरा सुनजुरे हाँस, कैलेटाउको हाँस, मालक हाँस, कालीजुरे हाँस, श्वेताँखीभौं, बेल्चाठूँडे हाँस, खडखडे हाँस रहेका छन् । यसैगरी, सिन्दुरे हाँस, हरियो टाउको हाँस, सुइरो पुच्छ्रे हाँस, विजुलागैरी हाँस, डुबुल्की चरा, सिउरे डुबुल्की चरा, ठुलो जलेवा पनि उत्तरी क्षेत्रबाट अस्थायी बसाइसराइ गरेर घोडाघोडी आइपुगेका छन् ।

हाँस प्रजातिका हिउँदे आगन्तुक चरा छ हजारभन्दा बढी किलोमिटर दूरी पार गरेर साइबेरियाबाट कैलाली आएका हुन् । यी जलपक्षी यहाँ आउने क्रममा विभिन्न ठाउँमा बस्दै आइपुग्ने गरेका जनाइएको छ । यसैगरी, चीन, तिब्बततिर प्रजनन गर्ने ठुलो जलेवा जाडो यामभरी यहाँका सिमसारमा रमाउने गर्दछन् ।

घोडाघोडी ताल सहित घोडाघोडी तालका२४ वटा साहयक तालहरु , , लौकाहा–भौकाहा, कोइलही, चिडियाताल सोनियाँ–रुपियाँ, जम्नेह्टा, घोडतालसहित कर्णालीको तल्लो तटीय क्षेत्रमा विभिन्न प्रगतिका हिउँदे आगन्तुक चरा देखिने गरेको जनाइएको छ । अक्टोबरदेखि आएका आगन्तुक जलपन्छी मार्चतिर पुनः पुरानै ठाउँतिर फर्कने गरेको बताए ।
घोडाघोडी ताल चराको लागि उपयुक्त वातावरण रहेकाले विभिन्न जातका बगाले सिमकुखुरा , हरिहास , नादुलहास चराहरुले प्रजनन केन्द्र बनाएका छ्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Misty Casino Para Yatırma Yöntemleri: Papara, Havale ve Kripto Karşılaştırması

Misty Casino Para Yatırma Yöntemleri: Papara, Havale ve Kripto Karşılaştırması

Misty Casino Para Yatırma Yöntemleri: Papara, Havale ve Kripto Karşılaştırması

Misty Casino Para Yatırma Yöntemleri: Papara, Havale ve Kripto Karşılaştırması

Сколько зарабатывают стримеры казино Pinco в 2023 году?

Сколько зарабатывают стримеры казино Pinco в 2023 году?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

कृषि

टीकापुरमा कृषि सेन्टरको सुरुवात

टीकापुर/कृषिमा आधुनिक प्रबिधि र प्राबिधिक सेवा सहित स्मार्ट कृषि अभ्यास गराउने उद्धेष्यले टिकापुर नगरपालिका वडा नम्बर २ मा तत्सम एग्रिकल्चर रिसर्च एण्ड डेभलपमेन्ट (आर.एण्ड.डि) सेन्टरको

अझै पढ्नुहोस्
समाचार

धनगढीमा वातावरण र जैविक विविधता संरक्षणमा सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

जैबिक विधधता सरक्षणमा देखिएका समस्याहरू समाधानका लागि सरोकारवाला र पत्रकारबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कैलाली र कञ्चनपुरका सामुदायिक वनका प्रतिनिधि, सरोकारवाला, र पत्रकारहरूको

अझै पढ्नुहोस्