घोडाघोडी ताल मा टावर बनाउदै बनाइएका सरचना भत्किदै

शेयेर गर्नुहोस


जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका रहेको घोडाघोडी तालमा भ्युटावर निर्माण हुँदै छ । संघिय सरकारको पर्यटन मन्त्रालयको पर्यटन बिभागले तीन करोड १३ लाख ७३ हजार ९ सय ४५ रुपैया ३३ पैसा बराबर लगानीमा धर्तीमाता बि .के कालिका जे. सि निर्माण कम्पनीले निर्माण गर्ने भएको छ ।

घोडाघोडी ताल क्षेत्रको मध्यवर्ती क्षेत्रमा निर्माण गरिन लागिएको भ्युटावर आउदो २०८२ जेठ मसान्तसम्म निर्माण गरि सक्नु पर्ने बताएको छ । इ डिबि मार्फत नै टेन्डर पाएका निर्माण कम्पनीका प्रमुख प्रकाश ढुंगानाले जानकारी दिए ।

आर्थिक बर्ष २०७७/२०७८मा करिब एक करोडको लगानिमा पर्यटन मन्त्रालय इ. डिबि .टेन्डर मार्फत नै टेन्डर
पर्यटन बिभागले घोडाघोडी ताल क्षेत्रमा पैदलमार्ग निर्माण गरिएको थियो ।

यसरी निर्माण गरियको इन्टरलग टायल लगाएर निर्माण गरियको पैदलमार्गमा भ्युटावर निर्माणलागि निर्माण सामग्री बोकिरहेका ट्याक्टर पैदल मार्गबाट हिडाउदा सरचना भत्किएको छ ।
नियमित अनुगमन गर्नुपर्ने सरोकारवाला निकाय घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत पैदल मार्ग का सरचना भत्किएको छ भन्नेमा बेखबर रहेका छन् ।

यता डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख रामचन्द्र कडेलले पनि घोडाघोडी तालमा निर्माण हुँदै गरेको भ्युटावर बारेमा बेखबर रहेका छन् । घोडाघोडी नगरपालिकाले निर्माण गरिएको घोडाघोडी बिकास १० बर्से गुरुयोजनामा तोकियको भन्दा फरक स्थानमा भ्युटावर निर्माण गर्न लागिएको छ ।

गुरुयोजनामा निर्माण स्थल तोकिएको ठाउँमा बिकासका पुर्बाघार बनाउदा वातावरणिय प्रभाव मुल्यांकन बारे पहिलेनै अध्ययन गरिएको पुन अध्ययन गर्न नपर्ने १० बर्से गुरुयोजनामा उल्लेख गरिएको छ । टावर निर्माणाधीन ठाँउ फरक भएकाले वातावरणिय प्रभाव मुल्यांकन अध्ययन ( आइ.इ. इ .) गरिनु पर्छ तर निर्माण कम्पनीले भने कुनै प्रक्रिया गरेको छैन ।


सघिय मन्त्रालयले निर्माण गर्न लागियको भ्युटावर निर्माण का लागि डिभिजन वन कार्यलयलाई कुनै पनि जानकारी नभएको ,भोगाअधिकारको बारेमा पनि कुनै जानकारि नभएको डिभिजन वन कार्यलय पहलमानपुर प्रमुख कडेलले बताए ।

निर्माणाधीन भ्युटावरको वातावरण प्रभाव मुल्यांकन अध्ययन (आइ .इ .इ ) अध्ययन , जमिनको भोगाअधिकारको बारेमा जानकारी नभएको निर्माण कम्पनीले नगरेको निर्माणको जिम्मा पाएका ढुंगानाले बताए।

सघिय मन्त्रालय पर्यटन मन्त्रालयको पर्यटन बिभाग बाट नै निर्माण भएका सरचना भत्किएको छ नि भन्ने प्रश्न गर्दा घोडाघोडी नगरपालिकाका प्रमुख खडक बहादुर रावतले भने निर्माण गर्दा पहिले बनाएका सरचना भत्काउन नहुने भन्दै आफू काम विशेषले बाहिर रहेकाले स्थलगत अनुगमन नियमन गर नसकियको बताए ।

ताजा खबर

Roulette Bonus Canada Safe: A Complete Guide

Neteller Gambling Enterprises Blackjack: Whatever You Need to Know

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы Пинап — это один из самых популярных казахстанских сайтов, предлагающий услуги онлайн-казино и букмекерской платформы. В данной

अझै पढ्नुहोस्
समाचार

नगरप्रमुख सुशिला शाही र डा. कमलेश यादवबीचको विवाद मिल्यो

लम्कीचुहा प्रादेशिक अस्पतालसँग सम्बन्धित विषयलाई लिएर उत्पन्न विवाद अन्ततः सहमतिमा टुंगिएको छ। सामाजिक विकास मन्त्रालय धनगढीमा शुक्रबार आयोजित छलफलमा लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाही

अझै पढ्नुहोस्