घोडाघोडी जेसीजले गर्‍यो सडक दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम

शेयेर गर्नुहोस

घोडाघोडी नगरपालिका–१ सुखड चोकमा सडक दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । अस्थाई ट्राफिक पोस्ट साँडेपानीको सहकार्य र घोडाघोडी जेसीज वर्ष २०२४ को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । घोडाघोडी जेसीज वर्ष २०२४ अध्यक्ष जेसी दीपक बहादुर चन्दको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि इलाका प्रहरी कार्यालय सुखड प्रहरी निरीक्षक दीर्घ बहादुर साउँद रहेका थिए भने विशिष्ट अतिथिमा अस्थाई ट्राफिक पोस्ट साँडेपानीका प्रमुख रोहित कुँवर रहेको थिए ।

कार्यक्रम बोल्दै इलाका प्रहरी कार्यालय सुखड प्रहरी निरीक्षक दीर्घ बहादुर साउँदले बढ्दो सवारी साधनको चाप र मानवीय लापरबाहीका कारण दुर्घटना रोक्न निकै ठुलो चुनौती देखिएको बताए । ट्राफिक नियमहरूको पालना नगर्दा नै बढी दुर्घटना हुने गरेको उनको भनाई थियो । विभिन्न चरण पास गरेर लाइसेन्स लिए पनि मानवीय त्रुटिका कारण दुर्घटना हुने गरेकाले मानव नै जिम्मेवार बन्नुपर्नेमा उनको जोड थियो । सडक सङ्केतको पालना, मापसे गरी सवारी नहाँक्न, तीव्र गति र लापरबाहीका साथ सवारी नचलाउन अनुरोध गर्दै ट्राफिक नियमको पालना गर्न सके जीवनको रक्षा हुने र घर परिवार समेत ढुक्क हुने उनको भनाई थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै अस्थाई ट्राफिक पोस्ट साँडेपानीका प्रमुख रोहित कुँवरले सडक सुरक्षा, ट्राफिक नियम चिह्न तथा सङ्केतहरू, सवारी चलाउँदा सवारीमा यात्रा गर्दा अवलम्बन गर्नुपर्ने सुरक्षा सतर्कताका अपनाउनु पर्नेमा उनको भनाई थियो । पैदल यात्री जथाभाबी बाटो काट्ने, चौपाया छाड्ने जस्ताले सडक दुर्घटना निम्तिएको उनले बताए ।कुनै एउटा मात्र निकाय वा संस्थाले चाहेमा मात्रै दुर्घटना न्यूनीकरण गर्न सकिँदैन, त्यसका लागि सवारी साधनको लाइसेन्स वितरण गर्नेदेखि लिएर सवारी चलाउने, नियमन गर्ने र सर्वसाधारण जनता सबैले आ आफ्नो भूमिका इमानदारीपूर्वक निर्वाह गरेको खण्डमा सडक दुर्घटना न्यूनीकरण कम हुने उनको भनाई थियो ।

आम सडक प्रयोगकर्ताले समेत ट्राफिक नियम पालना र सडक अनुशासनलाई जीवन पद्धतिको रूपमा लिनेमा उनले विश्वास लिए । बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको घोडाघोडी जेसीजले जनाएको छ । इलाका प्रहरी कार्यालय सुखड प्रहरी निरीक्षक दीर्घ बहादुर साउँद र अस्थाई ट्राफिक पोस्ट साँडेपानीका प्रमुख रोहित कुँवरलाई घोडाघोडी जेसीजले मायाको चिनो समेत प्रदान गरेको थियो । घोडाघोडी जेसीज वर्ष २०२४ का कार्यकारिणी उपाध्यक्ष लक्ष्मण न्युरेको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन घोडाघोडी जेसीज वर्ष २०२४ का महासचिव कलक जङ्ग सिंहले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Gry Kasynowe Wielkie Obroty Reelów Grande

La Experiencia de Azar en Reels Grande

Les systèmes de roulette crypto : jouer et gagner en toute sécurité

Odważna chickenroad – pokonaj ruchliwą drogę, zbieraj monety i sprawdź swoją zwinność w tej wciągającej grze

Inspiratie voor creatieve projecten met spinmaya en praktische toepassingen

Attraktive Gewinnchancen mit dem friday roll casino für erfahrene Spieler

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुर नगरपालिकाका वडाहरु साक्षर घाेषणा

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकाका सात वटा वडाहरु साक्षर घाेषणा गरिका छन् ।टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाकाे आयोजनामा वडाहरु साक्षर घाेषणा गरिएकाे हाे ।

अझै पढ्नुहोस्