घडियाल गोही कैलालीमा मृत फेला

शेयेर गर्नुहोस

सुखड/दुर्लभ घडियाल गोही कैलालीमा मृत फेला परेको छ । टीकापुर नगरपालिका–७ बैदीस्थित मोहना नदीमा वयस्क घडियाल गोही मृत अवस्थामा भेटिएको हो । 

मृत्यु भएको घडियाल गोही पोथी रहेको संरक्षणकर्मी भोजराज ढुङ्गानाले जानकारी दिए। उनले घडियाल गोहीको मृत्यु हुनुको कारण यकिन हुन नसके पनि थुतुनोमा माछा मार्ने जाल चेँउढी अड्केको देखिएकाले त्यसले गर्दा मृत्यु भएको हुन सक्ने बताए । 

“मृत्यु भएको घडियालको चुच्चोमा जाल अड्केको देखिएको छ”, उनले भने “जाल अड्केपछि सम्भवतस् खाना खान नपाएर गोही मरेको हो ।” विश्व प्रकृति संरक्षण संघ (आइयुसीएन) ले सन २००७ देखि घडियाललाई रातो सूचीमा राखेको छ । 

अतिसङ्कटापन्न घडियाल कैलालीको मोहना, पथरैया, कर्णाली, कान्द्रा लगायतका नदीमा पाइने गरेका छन् । घडियाल गोहीले यहाँ प्राकृतिक रुपमा बच्चासमेत कोरल्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुरका शिविर बस्तीहरुकाे उचित व्यवस्थापन नगरि खालि नगरिने :- नगर प्रमुख थारु

टीकापुर/टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले टीकापुर क्षेत्रमा रहेका शिविर बस्तीहरुकाे उचित व्यवस्थापन नगरि खालि नगरिने बताउनु भएको छ ।बिहीबार ८ वटा शिविर बस्तिहरुकाे

अझै पढ्नुहोस्
राजनीति

संसद रेशम चाैधरीकाे रिहाइको लागि प्रधानमन्त्रीलाइ ज्ञापन पत्र

टीकापुर/ कैलाली क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य रेशमलाल चौधरीको रिहाईको प्रधानमन्त्री देउवालाई माग पत्र बुझाइएको छ । कैलालीका बाढीग्रस्त क्षत्रकाे निरिक्षण गर्न

अझै पढ्नुहोस्
समाचार

भौतिक मन्त्री देउवाले होलीलगत्तै सरकारले विश्वासको मत लिन्छु

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले होलीलगत्तै सरकारले विश्वासको मत लिने बताएका छन् । प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको होली मिलन कार्यक्रमम

अझै पढ्नुहोस्
समाचार

कैलालीमा डुवान र बाढिकाे उच्च जाेखिम,सतर्कता अपनाउन आग्रह

टीकापुर/ केैलाली लगायत देशका अभिकांस क्षेत्रमा अहिले वर्षा भइरहेको छ । कैलालीमा लगातार वर्षा हुन थालेपछि जिल्ला प्रहरी कार्यालयले सुचना जारि गरि सतर्कता अपनाउन आग्रह

अझै पढ्नुहोस्