TRENDING
Kasyno online Vulkan Vegas – Metody płatności
Kasyno online Vulkan Vegas – Metody płatności
Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы
Lemon Casino – szczegółowa recenzja Lemon Kasyno
Lemon Casino – Online Casino Recenzje
Next
Prev

घडियाल उत्सव र डल्फिन,जलचर तथा जैविक बिबिधता संरक्षण सचेतना सप्ताह हुने

शेयेर गर्नुहोस

कैलालीको टीकापुर नगरपालिका -७ बैदीस्थित ढुङ्गाना टोलमा प्रथम घडियाल उत्सव आयोजना हुने भएको छ। दुर्लभ घडियाल गोहीको संरक्षण सम्बन्धी सचेतना फैलाउने उद्देश्यले डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालले उत्सव आयोजना गर्न लागेको हो। सो उत्सव भदौ ११ गते हुने संस्थाका अध्यक्ष भोजराज ढुङ्गानाले जानकारी दिनुभयो ।

डल्फिन संरक्षण क्षेत्रसमेत रहेको टीकापुर नगरपालिका -७, भजनी नगरपालिका -८ र ३ स्थित घडियाल गोही रहेका छन्। यो बेला मोहना, पथरैया, काँढा नदीको दोभानमा केही सङ्ख्यामा घडियाल गोही देखा परिरहेका छन्। सो क्षेत्रमामात्रै दुई दर्जन घडियाल रहेको ढुङ्गानाको दाबी छ ।

यसैगरी, घडियाल उत्सवकै दिनदेखि दोस्रो डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण सचेतना सप्ताहव्यापी कार्यक्रम सुरु हुने छ। भदौ १७ गतेसम्म आयोजना हुने सप्ताहव्यापी सचेतना कार्यक्रम टीकापुर र भजनी नगरपालिकाका बिभिन स्थानमा डल्फिन अवलोकन, ओत संरक्षण सम्बन्धी कार्यक्रम, चरा अवलोकन,सरसफाइ,गिद्द सचेतना दिवस,वक्तृत्वकला प्रतियोगिता, वृक्षारोपण कार्यक्रम हुने अध्यक्ष ढुङ्गानाले जानकारी दिनुभयो।

यसैगरी, दुर्लभ डल्फिन र घडियाल संरक्षण क्षेत्र घोषणा लागि सांसद,मन्त्री, मेयर/उपमेयरलाई एसएमएस पठाउने, सन्चारकर्मी तथा संरक्षणकर्मीहरु लाई सम्मान ,पुरस्कार वितरण लगायतको कार्यक्रम रहेको ढुङ्गानाले जानकारी दिनुभयो। बैदीस्थित नदीका दोभानमा नजिकबाट डल्फिन अवलोकन गर्न सकिन्छ। ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Kasyno online Vulkan Vegas – Metody płatności

Kasyno online Vulkan Vegas – Metody płatności

Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы

Lemon Casino – szczegółowa recenzja Lemon Kasyno

Lemon Casino – Online Casino Recenzje

सम्बन्धितखवर

छुटाउनु भयो कि !