गौरीगंगाका सहकारीलाई तालिम

शेयेर गर्नुहोस

चौमाला– गौरीगंगा नगरपालिकामा सञ्चालित सहकारी संस्थाहरुलाई डिजिटल सेवामा जोडिई प्रतिस्पर्धी बनाउँदै सदस्यलाई प्रविधि मैत्री सेवा दिनका लागि तालिम सञ्चालन गरिएको छ । गौरीगंगा नगरपालिकाको आयोजनामा सहकारीमा डिजिटल प्रविधि (कोपोमिस) का क्षेत्रमा सहकारी संस्थाहरुलाई प्रशिक्षण दिइएको हो ।

सोमबारदेखि गौरीगंगा नगरपालिकामा सञ्चालित तालिम चार दिनसम्म रहने नगरका कार्यवाहक प्रमुख भोजबहादुर बमले बताए । उनले भने,‘सहकारीको सेवामा स्तरोन्नति गर्न प्रविधिको प्रयोग गर्नका लागि अत्याधुनिक प्रविधि सेवा उपलब्ध गराउन तालिम आयोजना गरेका छौँ ।’

तालिमको अनुगमनका क्रममा प्रविधिको माध्यमबाट भुक्तानी तथा फछ्र्यौट, आन्तरिक तथा अन्तर्राष्ट्रिय विप्रेषण सेवा, सहकारीको लेखा प्रणाली, भुक्तानी सेवालगायतका विद्युतीय कारोबार गर्नका लागि यहाँका सहकारीलाई कोपोमिस तालिम दिएको उनले बताए । उनले भने,‘पहिलो पटक गौरीगंगा नगरपालिकामा रहेका २० वटा सहकारीलाई तालिम दिइएको छ । बाँकी रहेका सहकारीलाई क्रमशः तालिम दिइदै जानेछौँ ।’

गौरीगंगा नगरपालिका सहकारी शाखा प्रमुख अशोक जोशीले सरकारी विभागको नीति अनुसार नै कोपोमिस तालिम सञ्चालन गरिएको बताए । ‘सहकारीको वित्तीय कारोबारलाई प्रविधिमा आधारित प्रतिस्पर्धी र सक्षम बनाउन यो तालिम सञ्चालन गरिएको छ,’ उनले भने,‘नगरपालिकामा रहेका ६१ वटै सहकारीलाई क्रमशः तालिम दिइँदै जानेछौँ ।’

ताजा खबर

Comprehending ESA Letters in North Dakota: A Comprehensive Overview

Kasyna Blik: poradnik dla graczy

favorite rest article 770917

Mobile Online Gambling Enterprises: The Ultimate Guide to Pc Gaming on the Go

The Ultimate Overview to Register Perks at Online Casino Sites

Casoola Account Duplicatiebeleid

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

गरिविका कारण बाध्यताले भारत जान्छन नेपालीहरु

टीकापुर/ केैलालीका ४९ वर्षीय कल्लाने सुनार शुक्रबार बिहान खक्काैला नाकामा भेटिनुभयाे । उहाँको थकित ज्यानसंगै अनुहार पनि मलिन थियो । भारतको लखनउ गन्तव्य स्थान बनाउनुभएका

अझै पढ्नुहोस्