गौरीगंगाका सहकारीलाई तालिम

शेयेर गर्नुहोस

चौमाला– गौरीगंगा नगरपालिकामा सञ्चालित सहकारी संस्थाहरुलाई डिजिटल सेवामा जोडिई प्रतिस्पर्धी बनाउँदै सदस्यलाई प्रविधि मैत्री सेवा दिनका लागि तालिम सञ्चालन गरिएको छ । गौरीगंगा नगरपालिकाको आयोजनामा सहकारीमा डिजिटल प्रविधि (कोपोमिस) का क्षेत्रमा सहकारी संस्थाहरुलाई प्रशिक्षण दिइएको हो ।

सोमबारदेखि गौरीगंगा नगरपालिकामा सञ्चालित तालिम चार दिनसम्म रहने नगरका कार्यवाहक प्रमुख भोजबहादुर बमले बताए । उनले भने,‘सहकारीको सेवामा स्तरोन्नति गर्न प्रविधिको प्रयोग गर्नका लागि अत्याधुनिक प्रविधि सेवा उपलब्ध गराउन तालिम आयोजना गरेका छौँ ।’

तालिमको अनुगमनका क्रममा प्रविधिको माध्यमबाट भुक्तानी तथा फछ्र्यौट, आन्तरिक तथा अन्तर्राष्ट्रिय विप्रेषण सेवा, सहकारीको लेखा प्रणाली, भुक्तानी सेवालगायतका विद्युतीय कारोबार गर्नका लागि यहाँका सहकारीलाई कोपोमिस तालिम दिएको उनले बताए । उनले भने,‘पहिलो पटक गौरीगंगा नगरपालिकामा रहेका २० वटा सहकारीलाई तालिम दिइएको छ । बाँकी रहेका सहकारीलाई क्रमशः तालिम दिइदै जानेछौँ ।’

गौरीगंगा नगरपालिका सहकारी शाखा प्रमुख अशोक जोशीले सरकारी विभागको नीति अनुसार नै कोपोमिस तालिम सञ्चालन गरिएको बताए । ‘सहकारीको वित्तीय कारोबारलाई प्रविधिमा आधारित प्रतिस्पर्धी र सक्षम बनाउन यो तालिम सञ्चालन गरिएको छ,’ उनले भने,‘नगरपालिकामा रहेका ६१ वटै सहकारीलाई क्रमशः तालिम दिइँदै जानेछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

रुख सडकमा खस्दा दुई दिन देखि टीकापुर पार्क राेड अवरुद्ध, विजुलिका पाेल टुट्दा पार्क क्षेत्र अन्धकार

एल बी बुढा,टीकापुर/ कैलालीको टीकापुरमा सिमलकाे रुख पार्क सडक खस्दा दुई दिन देखि टीकापुर पार्क राेड अवरुद्ध भएको छ । शनिबार आएको हावाहुरीले करिव सय

अझै पढ्नुहोस्
समाचार

पुन : अतिक्रमण हटाउँदै पुरैना तालको डिभिजन वन

जमुना न्युरे,भजनी/कैलालीको भजनी नगरपालिकामा रहेको पुरैना ताल अतिक्रमण हटाइएको १ बर्ष भित्र पुन अतिक्रमणको चपेटामा परेको ताललाई आज डिभिजन वन कार्यलय पहलमानपुर कैलालीले पुन :

अझै पढ्नुहोस्
समाचार

समय व्यवस्थापन तालिम सम्पन्न

कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा समय व्यवस्थापन तालिम सम्पन्न भएको छ । घोडाघोडी जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी दीपक बहादुर चन्दको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख

अझै पढ्नुहोस्