गोही उद्धार गरि घोडाघोडी तालमा छोडियो

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड / कैलालीको घोडाघोडी नगरपालिका ५ सितलपुरबाट एक वयस्क गोहीको उद्धार गरिएको छ । सितलपुर खानेपानी उपभोक्ता समितिको कार्यालय परिसरमा फेला परेको करिब साढे चार फिट लामो गोहीको वनका कर्मचारीहरूले उद्धार गरेका हुन् ।

सव डिभिजन वन कार्यालय सुखडका प्रमुख विश्वराज पण्डितको नेतृत्वमा गएको टोलीले करिब २० किलो तौल रहेको मगर गोहीको उद्धार गरेर घोडाघोडी ताल क्षेत्रमा छोडेको हो । स्थानीयले समयमै वन कर्मचारीलाई खबर गरेपछि कुनै क्षति हुन नपाएको पण्डितले बताए ।

बर्खा याममा विशेष गरी मगर गोही, सर्प र अजिङ्गरहरू मानिसको बसोबास स्थलमा आउने गरेको छ। गत साता मात्रै लम्कि सव डिभिजन वन कार्यालयले चिसापानी बजारबाट अजिङ्गर उद्धार गरेको थियो ।

वन्यजन्तु उद्धार सम्बन्धी तालिम, उपकरण तथा दक्ष जनशक्ति नहुँदा उद्धार मा समस्या रहेको र कर्मचारीले जोखिम मोलेरै काम गर्नु पर्ने बाध्यता रहेको पण्डित बताउँछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

कृषि

टीकापुरमा कृषि सेन्टरको सुरुवात

टीकापुर/कृषिमा आधुनिक प्रबिधि र प्राबिधिक सेवा सहित स्मार्ट कृषि अभ्यास गराउने उद्धेष्यले टिकापुर नगरपालिका वडा नम्बर २ मा तत्सम एग्रिकल्चर रिसर्च एण्ड डेभलपमेन्ट (आर.एण्ड.डि) सेन्टरको

अझै पढ्नुहोस्
खेलकुद

धनगढी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु,कुशल भुर्तेलको अलराउण्ड प्रदर्शमा डडेल्धुराको विजयी सुरुवात

कैलाली/क्रिकेटको शहर धनगढीमा आजदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । गो ड्रिर्मसको आयोजनामा धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा अर्जुन ट्रफी राष्ट्रिय

अझै पढ्नुहोस्
समाचार

प्रजनन स्वास्थ्य र नेतृत्व बिकास सम्बन्ध तीन दिन तालिम सप्पन्न

धनगढी ,जमुना न्युरे / कैलाली जिल्लाको धनगढीमा प्रजनन स्वास्थ्य र नेतृत्व बिकास सम्बन्धि तीन दिने तालिम आज धनगढीमा सम्पन्न भएको छ । नेपालको सन्चार क्षेत्रमा

अझै पढ्नुहोस्
समाचार

निकुञ्जमा एक हात्ती मृत फेला

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक हात्ती मृत फेला परेको छ । निकुञ्जको पुर्वी दक्षिणी क्षेत्र पडाउ जंगलमा गर्भवर्ती हात्ती मृत फेला परेको हो । शुक्रबार

अझै पढ्नुहोस्