नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभलकाे सुदूरपश्चिमको पदस्थापन तथा सपथ ग्रहण

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा० सुदूरपश्चिमको पदस्थापन तथा सपथ ग्रहण भएको छ ।
यहि साउन १४ गते भएको आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट नव निर्वाचित पदाधिकारी तथा सदस्यको पदस्थापन तथा सपथ ग्रहण भएको हो ।

नाट्टा सुदूरपश्चिमका अध्यक्ष तथा आन्तरिक पर्यटन पुनरुत्थान समिति सुदूरपश्चिम प्रदेश संघका संयोजक मायाप्रकाश भट्टको अध्यक्षक्षमतामा भएको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रममा सुदूरपश्चिम प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख भोजराज पाठक, कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव राम सिंह ठगुन्ना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा पदम बिक्रम सिंह, उपाध्यक्षमा धनञ्जय जैसी, महासचिवमा शिवहरी पाण्डे, कोषाध्यक्षमा लोकराज भट्ट र सचिवमा सबिता ऐर तथा सदस्यमा पदमबहादुर चन्द, बिक्रम ठकुल्ला, किशोर खड्का र मेखेन्द्र खत्री निर्वाचित भएका थिए

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !