गाउँ पसेको चितुवाको उद्धार

शेयेर गर्नुहोस

सुखड कैलाली/ कैलालीको घोडाघोडी नगरपालिका वडा न ८ आमफाटाबाट चितुवाको उद्धार गरिएको छ । गाउँमा पसेको वयस्क चितुवाको सकुशल उद्धार गरिएको हो । आज बिहान करिब ७ बजे गाउमै घुमिरहेको अवस्थामा स्थानियले चितुवालाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । गाउलेको हो हल्ला पछि चितुवा स्थानियको शौचालय भित्र गई बसेको थियो ।

डिभिजन वन कार्यालय पहलमानपुर र ईलाका प्रहरी कार्यालय सुखडको टोलिले उक्त चितुवाको उद्धार गरेको हो । उद्धार गरिएको चितुवा डिभिजन वन कार्यालय पहलमानपुर राखिएको छ । चितुवालाई बर्दिया राष्ट्रिय निकुञ्जमा लगिने तयारी भइरहेको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताएका छन ।

एक साता अघि पनि घोडाघोडी नगरपालिका २ साडेपानिमा सेउला लिन जङ्गल गएका दुई आमाछोरी रुख चढेर चितुवाबाट बचेका थिए । जनकला शाही र छोरी भूमिका शाही सेउला सोहोर्न नजिकै रहेको चिडिया ताल सामुदायिक वनमा गएका थिए । दुईवटा चितुवा आफ्नो नजिकै आउँदै गरेको देखेपछि अत्तालिँदै जनकलाले १०० मा फोन लगाईन ।

ईलाका प्रहरी कार्यालय सुखडको टोलि खबर पाउना साथ तुरुन्तै जङ्गलमा पुगेका थिए । प्रहरी टोली साइरन बजाउँदै जङ्गल पुगेपछि चितुवा भागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

साहित्य समाजको प्राङ्गणमा डेउडा प्रतिष्ठानको पुषे पन्ध्र

जमुना न्युरे/ धनगढी उपमहानगरपालिका वडा न.-१ चक्मेली बजार नजिकै रहेको डेउडा प्रतिष्ठान केन्द्रिय समितिको कार्यालय सुदूरपश्चिम साहित्य समाजको प्राङ्गणमा पुषे पन्ध्र विशेष विविध सांस्कृतिक कार्यक्रमको

अझै पढ्नुहोस्
Highlights

वनको धेरै विषय दलको कब्जामा छ तर विभागलाई दोष दिइन्छ ;देवशमणी त्रिपाठिको अन्तर्वार्ता

काठमाडौं-तराई द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनाले लिँदा ४ वर्षमा सक्ने गरि सम्झौता भएको थियो। २०७४ मा सम्झौता भए पनि अहिलेसम्म एक तिहाइ कामसमेत फत्ते हुन

अझै पढ्नुहोस्
समाचार

जोशिपुर गाउँमा अजिङ्गर फेला

सुखड/कैलालीका जोशीपुर गाउँपालिका वडा नं ३ भिटरैया स्थित हरियाली सामुदायीक वन नजिकै गाउँमा आईतबार अजिङ्गर फेला परेको छ। करीब ६ मिटर लामो २५ केजी बराबर तौल

अझै पढ्नुहोस्
समाचार

कैलाली जिल्लाको होमस्टे भादागाउँमा मनाइयो गुरही पर्व

धनगढी/जमुना न्युरे”संरक्षण सम्बद्धर्न के लाग सक्कुजन करि काम ,सस्कृती भेषभुषा राखी हमार पहिचान ” भन्ने मुल नाराका साथ थारु समुदायमा आज गुरही (गुरिया) मनाएको छ

अझै पढ्नुहोस्