कैलाली ३ (क) र (ख) मा नागरिक उन्मुक्ति बिजयी

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड / कैलाली क्षेत्र नम्बर ३ (क) र (ख) दुवै प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन । अन्तिम मतपरिणाम अनुसार ३ (क) मा घनश्याम चौधरी बिजयी भएका छन भने (ख)मा खुशीराम चौधरी विजयी भएका छन ।

घनश्याम ३५१ मतान्तरले बिजयी भए भने खुशीराम ९२० मतान्तरले बिजयी भएका छन । घनश्यामले १३ हजार ९ सय २३ मत प्राप्त गरी विजयी हुदा उनका प्रतिद्धन्दि गठबन्धनका खेमराज चौधरीले ११ हजार ५ सय ७२ मत प्राप्त गरेका थिए । नेकपा एमालेका राज बहादुर बुढाले ४ हजार ६ सय ३१ मत प्राप्त गरे ।

त्यसैगरि (ख) मा खुशीरामले ७ हजार ५३९ प्राप्त गरि बिजयी हुदा उनका प्रतिद्धन्दि गठबन्धनका बमर साउदले ६ हजार ६ सय १९ मत प्राप्त गरेका थिए । नेकपा एमालेका जय नारायण जोशिले ४ हजार २ सय ३६,रा प्र पा का प्रेम चौधरीले २ हजार ५ सय २८,स्वतन्त्र लक्ष्मण शाहिले ५ हजार १ सय ७७,स्वतन्त्र गोबिन्दराज जोशिले ९ सय ९ मत प्राप्त गरेका थिए ।
३ को (क) मा शुरुदेखि अन्तसम्म नागरिक उन्मुक्ति पार्टीका घनश्यामको अग्रता थियो भने (ख) मा समाजबादीका साउँद र खुशीरामको अग्रता अगाडी पछाडी हुदै अन्तिममा उन्मुक्ति पार्टीले बाजी मारेको छ ।

प्रदेश (क) मा जम्मा खसेको मत संख्या ३३हजार ९२६ रहेकोमा ३२ हजार ३०२ मत सदर भएको छ भने एकहजार ६१७ मत बदर भएको निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले जानकारी दिएका छन ।
त्यसैगरी प्रदेश (ख)मा जम्मा खसेको मतसंख्या ३० हजार पाँच रहेकोमा २८ हजार १२९ सदरमत रहेको र एकहजार ८७६ बदर मत रहेको जनाइएको छ ।
यस अघि पनि कैलाली क्षेत्र न ३ प्रतिनिधि सभा सदस्य तर्फ पनि नागरिक उन्मुक्ति पार्टिकै गंगाराम चौधरी बिजयी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

निजामती सेवामा फेरि आन्तरिक प्रतिस्पर्धा राख्न लबिङ

टीकापुर/ निजामती सेवामा आन्तरिक प्रतिस्पर्धाबाटै माथिल्लो पदमा जान पाउने व्यवस्था कायम राख्न लबिङ सुरु भएको छ । सरकारले ‘निजामती कर्मचारी सेवासम्बन्धी विधेयक’ फिर्ता लिएर पुनः

अझै पढ्नुहोस्
समाचार

किसान सहकारीले गर्याे दुई  जना सेयर सदस्यकाे ऋण मिनाह

धनगढी/किसान बहुउद्देश्यीय  सहकारी संस्थाले  दुई जना  सेयर सदस्यकाे ऋण मिनाह गरेकाे छ । सहकारीकाे फूलवारी शाखाले  धनगढी-१८का दुई जना सेयर सदस्यकाे ऋण मिनाह गरेकाे हाे

अझै पढ्नुहोस्
समाचार

सामान्य टाउको दुखाइले मेडिकल गएका युवाको मृत्यु

सुखड/कैलालीको घोडाघोडी नगरपालिका वडा८ मा सामान्य टाउको दुखाइले मेडिकल गएका युवाको मृत्यु भएको छ । सोमबार बिहान नजिकैको दहित मेडिकलमा टाउको दुख्यो भनेर उपचारका लागि

अझै पढ्नुहोस्
समाचार

सत्ती कर्णाली सामुदायिक वनको अध्यक्षमा जितराम चौधरी निर्वाचित

सत्ति / टीकापुर ७ स्थित सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा जितराम चौधरी निर्वाचित हुनु भएकाे छ । शनिबार भएको मतदानमा उनले ५३३ मत

अझै पढ्नुहोस्