कैलाली जिल्ला लिग फुटबल प्रतियोगिता : ‘ए’ डिभिजन लिगको उपाधि विजय स्पोर्ट्स क्लब धनगढीले जित्यो

शेयेर गर्नुहोस

१२ जेठ,सुखड । कैलाली घोडाघोडी नगरपालिका–१ सुखड रङ्गशालामा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको ‘ए’ डिभिजन लिगको उपाधि विजय स्पोर्ट्स क्लब धनगढीले जितेको छ । विजय स्पोर्ट्स क्लब धनगढीले २ गोल प्रहार गर्दे घोडाघोडी क्लब घोडाघोडीलाई हराएर उपाधि जितेको हो ।

निर्धारित खेल समयमा घोडाघोडी क्लबले १ गोल मात्र फर्काउन सक्यो । यो खेल सँगै विजय स्पोर्ट्स क्लब धनगढीले ‘ए’ डिभिजन लिगको उपाधि चुम्न सफल भएको छ ।

अङ्क तालिकामा विजय स्पोर्ट्स क्लब धनगढी शीर्ष स्थानमा थियो भने घोडाघोडी क्लब घोडाघोडी दोस्रो स्थानमा थियो । शीर्ष स्थानमा रहेको विजय स्पोर्ट्स क्लब र दोस्रो स्थानमा रहेको घोडाघोडी क्लब बिच उपाधिको लागी आज खेल भएको थियो । उपाधि जितेको विजय स्पोर्ट्स क्लब धनगढीले ट्रफि र नगद ७५ हजार पुरस्कार पाएको छ । दोस्रो हुने टिम घोडाघोडी क्लब घोडाघोडीले नगद ३७ हजार ५ सय मात्र पुरस्कार पाएको छ ।

यस अधि ‘वि’ डिभिजन लिगको उपाधि मङ्गल युवा क्लब गौरीगङ्गा र क्वालिफायर्सको उपाधि सैपाल युवा क्लब गोदावरीले जितेका थिए । वैशाख २८ गते देखी सुरु भएको जिल्ला लिग ज्येष्ठ १२ गते सम्म सञ्चालन भएको थियो । नेपाल फुटबल सङ्घ ९एन्फा० को वार्षिक कार्यपालिका अनुसार कैलाली जिल्ला लिग फुटबल सङ्घको आयोजना र घोडाघोडी क्लबको स्थानीय आयोजनामा हुने प्रतियोगिता सुखड रङ्गशालामा सञ्चालन भएको थियो ।

प्रतियोगितामा जिल्लाका ‘ए’ डिभिजनका ७, ‘बि’ डिभिजनका ६ र क्वालिफायर्सका ७ टिम गरी २० टिमको सहभागी रहेको छ । ‘ए’ डिभिजन लिगको विजेता क्लबले ७५ हजार र दोस्रो हुने क्लबले ३७ हजार ५ सय पुरस्कार पाएका छन् । त्यस्तै ‘बि’ डिभिजनको प्रथम हुने टिमले ५० हजार तथा दोस्रो हुने टिमले २५ हजार पुरस्कार पाएका छन् ।

ताजा खबर

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

Alles, was Sie über Casino Freispiele Deutschland wissen müssen

Casino ohne Anmeldung beliebt – Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet BD: জমা এবং টাকা তোলার সময়সীমা সম্পূর্ণ বিশ্লেষণ

Mostbet BD: জমা এবং টাকা তোলার সময়সীমা সম্পূর্ণ বিশ্লেষণ Mostbet BD তে আপনার অর্থ জমা এবং তোলার প্রক্রিয়া বোঝা অত্যন্ত গুরুত্বপূর্ণ। সাধারণভাবে, Mostbet BD তে

अझै पढ्नुहोस्
समाचार

धनगढीमा दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुँदै

कैलाली/धनगढीमा दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुने भएको छ । चलचित्र विकास बोर्डको आयोजनामा धनगढीमा असार ७ देखि गतेसम्म दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुने

अझै पढ्नुहोस्