कैलाली चितुवाको छाला सहित ४ जना पक्राउ

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/कैलाली जिल्लाको गोदावरी न.पा. वडा नं. ०२ अत्तरिया तर्फ अवैध किसिमको चितुवा को छाला ओसार-पसार भईरहेको छ ।

बिषेश सुचनाको आधारमा आर आई टी र ई.प्र.का. मालखेतीबाट खटिएको सयुक्त प्रहरी टोलीले जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नं. ०२ तेघरी खानेपानी ट्याङ्की नजिक सडकमा पुग्दा बुडरबाट धनगढी तर्फ आएको सु.प.प्र. ०४-००१ च ०००६ नं. बोलेरो जिपमा सवार रहेका समातियको हो ।

जिल्ला डोटी जोरायल गा.पा. वडा नं. ०२ बस्ने समिर ओलीले चलाएको उक्त बोलेरो जिपको बिचको सिटमा जिल्ला कैलाली चुरे गाउपालिका वडा नं. ०६ बस्ने टेक बहादुर रावत, ऐ.ऐ. बस्ने धिरेन्द्र रावत बसेको, निजहरु बसेको बिच भागमा सेतो प्लाष्टिक कट्टा खोली हेर्दा चितुवा को छाला थान-१ र हड्डीहरु फेला परेको हो ।

उक्त जिपको अगाडी सिट बसेका जि. बैतडी डिलासैन गा.पा. वडा नं. ०२ बस्ने राजेन्द्र सिंह भण्डारी समेत ४ जनालाई नियन्त्रणमा लिई प्रारम्भिक सोधपुछको क्रममा मिति २०७९।०४।१९ गते रातीको समयमा समिर ओलीले बुडरबाट बोलेरो जिप चलाई ल्याई फल्टुडेमा चितुवाको छाला र हड्डी सहित टेक बहादुर रावत र धिरेन्द्र रावतले उक्त सवारी साधन प्रयोग गरी चितुवा को छाला ओसार पसारमा सहयोग पुर्याटउने चालक समिर ओली र राजेन्द्र सिंह भण्डारी समेतको मिलोमतोमा अत्तरिया तर्फ बिक्री गर्ने उद्देश्यले ल्याउने क्रममा समातिको हो ।

बिषेश सुचनाको आधारमा उक्त गाडीमा भएका ४ जना र टाउको देखी पुच्छर सम्म ४ फिट ७ ईन्च, पुच्छरको लम्बाई ३ फिट २ ईन्च, चौडाई २ फिट २ ईन्च भएको चितुवा को छाला र प्लाष्टिकको कट्टा सहित हड्डी २ के.जी. रहेको उक्त दशिको माल सामान रितपुर्वक बरामद गरी निजहरुलाई ई.प्र.का. मालखेती ले डिभिजन वन कार्यालय कैलाली पठाइको छ।

उक्त चितुवाको छाला बारेमा थप अनुसन्धान गरि कानुनी प्रक्रिया गइ बन ऎन अनुसार कारबाही हुने डिभिजन बन कार्यलय कैलालीका प्रमुख केशव राज पराजुलीले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

धनगढी बजार लगाएर आसपास क्षेत्र जलमग्न

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

आठ लाख बढी मूल्य बराबरको भन्सार छलीको कपडा बरामद

कञ्चनपुर,/सशस्त्र प्रहरीले कञ्चनपुरबाट आठ लाख बढी मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले जिल्लाको पुनर्वास नगरपालिका–११, नमुना ईटा ईटा भट्टा नजिक

अझै पढ्नुहोस्
समाचार

तीन महिना पुग्दा पनि फिल्डमा गयन टोलि

जमुना न्युरे,सुखड १८ फागुन/अतिक्रमित पुरैना ताल नाप नक्साङ्गकनका लागि टोली खटाएको तिन महिना पनि टोली खटिएको छैन । कैलालीको भजनी नगरपालिका वडा नं ७ लालबोझीमा

अझै पढ्नुहोस्
समाचार

जनसम्पर्क समितिद्वारा डोटेली कान्छालाई अभिनन्दन

जमुना न्युरे/नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रीय कार्यालयद्वारा आज नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य एवं भाषा साहित्य कला संस्कृति बिभाग प्रमुख युवा नेता सुरत

अझै पढ्नुहोस्
समाचार

लोक सांस्कृतिक समाज फूलवारीको आयोजनामा खुल्ला डेउडा प्रतियोगिता

धनगढी, १३ पौष /सुदूरपश्चिम लोक सांस्कृतिक समाज फूलवारीको आयोजनामा खुल्ला डेउडा प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिमका नौ वटै जिल्लाका र कर्णाली प्रदेशका टिम सहित

अझै पढ्नुहोस्