कैलाली कञ्चनपुरमा भारी वर्षा, सतर्कता अपनाउन प्रशासनको आग्रह

शेयेर गर्नुहोस


धनगढी । कैलाली कञ्चनपुरमा भारी वर्षाको सम्भावना रहेको भन्दै प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरले एक सूचना जारी गर्दै भारी वर्षाको सम्भावना रहेकाले नदी किनारा र तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।


कञ्चनपुुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाद्वारा जारी सूचनामा केन्द्रीय विपद् व्यवस्थापन महाशाखाबाट भारी वर्षा हुने सूचना प्राप्त भएको उल्लेख छ ।

यसै गरी जिल्ला प्रशासन कार्यालय कैलालीका सूूचना अधिकारीद्धारा हस्ताक्षरित सूचनामा केन्द्रीय विपद् व्यवस्थापन महाशाखा, सिंहदरबार, काठमाडौँबाट प्राप्त सूचना अनुसार कैलाली र कञ्चनपुर जिल्लामा भारी वर्षा हुने सम्भावना देखिएको भन्ने जानकारी प्राप्त भएकाले नदी किनार र तटीय क्षेत्रमा बस्ने नागरिकहरुलाई सतर्क रहन अनुरोध गरिएको छ ।

कैलालीको कैलारी, भजनी, घोडाघोडी, लम्की चुहा, जोशीपुर लगायतका क्षेत्र जलमग्न भएका छन् । यहाँ केही दिनबाट परिरहेको अबिरल वर्षाका कारण जनजीवन कष्टकर बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

लालझाडी गा पा १ बिनवारीका एक दम्पती मृत फेला

धनगढी। कञ्चनपुरमा सोमबार बिहान एक दम्पती मृत भेटिए। लालझाडी गाउँपालिका–१ बिनवारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला मृत भेटिएका थिए। उनीहरू दुबै

अझै पढ्नुहोस्
समाचार

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चाैधरी चयन

टीकापुर/नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चाैधरी चयन हुनुभएको छ । शुक्रबार नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा चाैधरी चयन हुनुभएको हाे । प्रथम राष्ट्रिय

अझै पढ्नुहोस्
समाचार

काट्यो पत्र प्रदेश पर्यटन इकाई धनगढीले चिसापानीमा पर्यटन सुचना केन्द्रलाइ

जमुना न्युरे,धनगढी/काट्यो पत्र प्रदेश पर्यटन इकाई कार्यन्वयन कार्यक्रम धनगढीले चिसापानीमा रहेको पर्यटन प्रबर्द्धन तथा सूचना केन्द्रको भवन भन्दै चर्च बनाएको समिति का अध्यक्ष तपेन्द्र शाहिलाइ

अझै पढ्नुहोस्
समाचार

फोटन मोर्टसको ग्राहक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

विद्युतीय सवारी साधनहरुको बिक्री वितरण गर्दै आएको फोटन मोर्टसको ग्राहक भेटघाट तथा सम्मान कार्यक्रम आयोजना गरिएको छ । कञ्चनपुरको महेन्द्रनगरमा फोटन मोर्टसको ग्राहक भेटघाट तथा

अझै पढ्नुहोस्