कैलाली कञ्चनपुरका पालिकामा लैङ्गिक हिंसाविरुद्धको अभियानमा विविध कार्यक्रम गरिने

शेयेर गर्नुहोस

धनगढी । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान क्रममा कैलाली र कञ्चनपुरका पालिकामा विविध कार्यक्रम गरिने भएको छ । लिङ्गको आधारमा हुने सबैखाले हिंसा अन्त्यका लागि स्थानीय तहहरूमा सचेतनामूलक कार्यक्रम गर्ने भएको हो । 

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिन्छ । यस वर्ष गैरसरकारी संस्था महासङ्घ सुदूरपश्चिम प्रदेशको नेतृत्वमा २२ वटा गैरसरकारी सङ्घसंस्थाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । 

लैङ्गिक हिंसाविरुद्ध सचेतनाका लागि पालिकाहरूमा अन्तरक्रिया, र्‍याली, अभिमुखीकरण, घुम्ती शिविर, सडक नाटक लगायतका सचेतनामूलक कार्यक्रम गर्ने जनाइएको छ । अभियानभरि १५३ वटा सचेतनामूलक कार्यक्रम गर्ने र त्यसका लागि अनुमानित २८ लाख १७ हजार बजेट खर्च हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

अभियान अवधिभरि कैलालीको १३ र कञ्चनपुरको एक गरी १४ वटा पालिकाहरूमा लैङ्गिक हिंसा अन्त्य सम्बन्धी विविध कार्यक्रम गरिने महासङ्घका अध्यक्ष देवीप्रसाद खनालले जानकारी दिए । उहाँले लैङ्गिक हिंसा, बाल विवाह, आत्महत्या, लागु हिंसा लगायत विभिन्न हिंसाविरुद्ध जनचेतनामूलक कार्यक्रम गर्ने उल्लेख गरे । 

सन् १९६० नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रका तत्कालीन राफेल ट्रिजुलो तानासाही सरकारले मिरावेल परिवारका तीन साहसी दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्या गरेपछि ल्याटिन अमेरिकी देशमा हिंसाविरुद्धको दिवसको रूपमा मनाउन थालिएको थियो । पछि सन १९९९ मा संयुक्त राष्ट्र सङ्घले यसलाई आत्मसात् गरेर नोभेम्बर २५ को दिनलाई संसारभर नै महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसको रूपमा स्थापित गरेको छ । महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस दिनबाट लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गर्ने गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

हमास समूहको नियन्त्रमा रहेका विपिनको रिहाइका प्रयास परराष्ट्रमन्त्री: राणा

धनगढी/परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले  हमास समूहको नियन्त्रमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सक्दो प्रयास भइरहेको धनगढीमा भएको एक कार्यक्रममा बताए। नेपाली कांग्रेस

अझै पढ्नुहोस्
Highlights

वडाध्यक्षले मनोमानि गरेको भन्दै तालाबन्दि

सुखड कैलाली /कैलालीको घोडाघोडी नगरपालिका वडा न ९ का वडाध्यक्षले मनोमानि गरेको भन्दै कार्यलयमा तालाबन्दि गरिएको छ । वडाध्यक्ष हरिश चन्द्र शाहले मनोमानि गरेको भन्दै

अझै पढ्नुहोस्
मनोरंजन

विराजको नयाँ सिनेमा ‘१२ गाँउ’, हुनेछ अहिलेसम्मकै फरक नेपाली एक्सन सिनेमा

स्टार विराज भट्टले आफ्नो नयाँ सिनेमा ‘१२ गाउँ’ बनाउने पक्का भएको छ । सिनेमा एक्सन थ्रिलर जनरामा बन्नेछ । सन्तोष सरकारको कथा तथा पटकथामा अभिनेता

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

एक दिने दात तथा कानको निशुल्क सिबिर सम्पन्न

हेमा श्री फाउन्डेसन नेपाल गौरीगंगा-६,बनबेहडा,कैलालीको आयोजना,सुदुर पश्चिम् डेन्टल अस्पताल,इन्प्याक्ट नेपालको सहकार्य तथा ६ न. वडा कार्यालयको समन्वयमा १ दिने कान तथा दाँतको नि:शुल्क चेकजाँच शिविर

अझै पढ्नुहोस्