कैलाली कञ्चनपुरका पालिकामा लैङ्गिक हिंसाविरुद्धको अभियानमा विविध कार्यक्रम गरिने

शेयेर गर्नुहोस

धनगढी । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान क्रममा कैलाली र कञ्चनपुरका पालिकामा विविध कार्यक्रम गरिने भएको छ । लिङ्गको आधारमा हुने सबैखाले हिंसा अन्त्यका लागि स्थानीय तहहरूमा सचेतनामूलक कार्यक्रम गर्ने भएको हो । 

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिन्छ । यस वर्ष गैरसरकारी संस्था महासङ्घ सुदूरपश्चिम प्रदेशको नेतृत्वमा २२ वटा गैरसरकारी सङ्घसंस्थाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । 

लैङ्गिक हिंसाविरुद्ध सचेतनाका लागि पालिकाहरूमा अन्तरक्रिया, र्‍याली, अभिमुखीकरण, घुम्ती शिविर, सडक नाटक लगायतका सचेतनामूलक कार्यक्रम गर्ने जनाइएको छ । अभियानभरि १५३ वटा सचेतनामूलक कार्यक्रम गर्ने र त्यसका लागि अनुमानित २८ लाख १७ हजार बजेट खर्च हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

अभियान अवधिभरि कैलालीको १३ र कञ्चनपुरको एक गरी १४ वटा पालिकाहरूमा लैङ्गिक हिंसा अन्त्य सम्बन्धी विविध कार्यक्रम गरिने महासङ्घका अध्यक्ष देवीप्रसाद खनालले जानकारी दिए । उहाँले लैङ्गिक हिंसा, बाल विवाह, आत्महत्या, लागु हिंसा लगायत विभिन्न हिंसाविरुद्ध जनचेतनामूलक कार्यक्रम गर्ने उल्लेख गरे । 

सन् १९६० नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रका तत्कालीन राफेल ट्रिजुलो तानासाही सरकारले मिरावेल परिवारका तीन साहसी दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्या गरेपछि ल्याटिन अमेरिकी देशमा हिंसाविरुद्धको दिवसको रूपमा मनाउन थालिएको थियो । पछि सन १९९९ मा संयुक्त राष्ट्र सङ्घले यसलाई आत्मसात् गरेर नोभेम्बर २५ को दिनलाई संसारभर नै महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसको रूपमा स्थापित गरेको छ । महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस दिनबाट लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गर्ने गरेको जनाइएको छ ।

ताजा खबर

Tortuga Casino Titres Héritage Microgaming

Lucky31 Fournisseurs de Jeux : Liste Complète et Classement Qualité

Kasyno online szybkie wypłaty – najlepsze miejsce dla miłośników emocji i szybkich wygranych

Amonbet en vaut-il la peine pour les joueurs en crypto ?

Comprehending ESA Letters in North Dakota: A Comprehensive Overview

Kasyna Blik: poradnik dla graczy

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Пин-Ап Казахстан: Как связаться со службой поддержки пользователей

Пин-Ап Казахстан: Как связаться со службой поддержки пользователей Пин-Ап Казахстан предоставляет своим пользователям ряд возможностей для получения поддержки и решения возникающих вопросов. Если вам необходимо

अझै पढ्नुहोस्