कैलालीमा ५० हजारबढी किशोरीलाई एचपिभी खोप लगाइने

शेयेर गर्नुहोस

नगढी,१५ माघ । कैलालीमा ५० हजार ६ सय १३ किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका ५० हजार ६ सय १३ जना किशोरीलाई खोप लगाइने भएको हो ।

माघ २२ गतेदेखि सञ्चालन गरिने खोप अभियानमा ५सय ४६ विद्यालय र १सय ५९ स्वास्थ्य केन्द्रमा खोप केन्द्र तोकिएका छन् । विद्यालयमा रहेका खोप केन्द्रबाट ४७ हजार ३ सय २६ छात्रा र विद्यालय नजाने ३ हजार २सय८७ बालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय कैलालीले जानकारी दिएको छ  ।

विद्यालयमा खोप पाउनेमध्येमा कक्षा ६ का दस हजार २ सय ५३ र कक्षा ७ देखि १० सम्मका ३७ हजार ७३ छात्रा रहेका बताइएको छ । यस्तै विद्यालयबाहिर रहेका १० वर्ष उमेरका ८ सय ५७ जना र ११ वर्षदेखि १४ वर्ष उमेरका २ हजार ४ सय ३० जना रहेका जनाइएको छ ।

कैलालीका १३ पालिकामध्ये सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा दस हजार ८ सय ३४ र सबैभन्दा कम चुरे गाउँपालिकामा एक हजार एक सय ८ जनालाई एचपिची खोप लगाइने छ । खोप दिनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिएर सम्बन्धित स्थानीय तहमा खटिसकिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बेलौरीमा भेटियो दुर्लभ ‘सेतो करेत सर्प’

जमुना न्यूरे,धनगढी/ कञ्चनपुर बेलौरीमा दुर्लभ ‘सेतो करेत सर्प’ फेला परेको छ । कंचनपुरको बेलौरी नगरपालिका को वडा न ७ मा भेटिएको दुर्लभ प्रजातिको सेतो करेत

अझै पढ्नुहोस्
समाचार

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः सीसीएस प्लस टु को साथ

जमुना न्युरे,धनगढी/ ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई क्रिसेन्ट सिटी स्कुल (सीसीएस प्लस टु) ले साथ दिएको छ । असार १५ गते धनगढीको ओम प्यालेसमा

अझै पढ्नुहोस्
पर्यटन

मिचाहा प्रजाति हटाउने कार्य बजेट अभाबले रोकियो

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको बिश्व रामसार सुचिमा शुचिकृत घोडाघोडी ताल नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) घोडाघोडी तालमा मिचाहा प्रजाती बेसरम लाई हटाइउने कार्य

अझै पढ्नुहोस्
समाचार

अझै भएन समस्या समाधन मुक्त कमैयाहरुको

जमुना न्युरे,धनगढी /कैलाली कंचनपुर , बर्दिया , बाके र दाङ जिल्लामा रहेका मुक्त कमैयाहरु को सरकारले मुक्त घोषणा गरेको २३ बर्ष पुगि सक्दा पनि अझै

अझै पढ्नुहोस्