TRENDING
Der Anstieg von Live-Bitcoin-Casinos: Ein Umfassender Überblick
Пин Ап Казино: реальные отзывы и что ожидает игрока
Как казахстанские игроки видят OlimpBet.kz
Next
Prev

कैलालीमा ५० हजारबढी किशोरीलाई एचपिभी खोप लगाइने

शेयेर गर्नुहोस

नगढी,१५ माघ । कैलालीमा ५० हजार ६ सय १३ किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका ५० हजार ६ सय १३ जना किशोरीलाई खोप लगाइने भएको हो ।

माघ २२ गतेदेखि सञ्चालन गरिने खोप अभियानमा ५सय ४६ विद्यालय र १सय ५९ स्वास्थ्य केन्द्रमा खोप केन्द्र तोकिएका छन् । विद्यालयमा रहेका खोप केन्द्रबाट ४७ हजार ३ सय २६ छात्रा र विद्यालय नजाने ३ हजार २सय८७ बालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय कैलालीले जानकारी दिएको छ  ।

विद्यालयमा खोप पाउनेमध्येमा कक्षा ६ का दस हजार २ सय ५३ र कक्षा ७ देखि १० सम्मका ३७ हजार ७३ छात्रा रहेका बताइएको छ । यस्तै विद्यालयबाहिर रहेका १० वर्ष उमेरका ८ सय ५७ जना र ११ वर्षदेखि १४ वर्ष उमेरका २ हजार ४ सय ३० जना रहेका जनाइएको छ ।

कैलालीका १३ पालिकामध्ये सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा दस हजार ८ सय ३४ र सबैभन्दा कम चुरे गाउँपालिकामा एक हजार एक सय ८ जनालाई एचपिची खोप लगाइने छ । खोप दिनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिएर सम्बन्धित स्थानीय तहमा खटिसकिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Der Anstieg von Live-Bitcoin-Casinos: Ein Umfassender Überblick

Пин Ап Казино: реальные отзывы и что ожидает игрока

Как казахстанские игроки видят OlimpBet.kz

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूरपश्चिमलाई सूचनाको मैत्री प्रदेश बनाउन चहान्छु: मुख्यमन्त्री

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशलाई सूचनाको हकमैत्री प्रदेश बनाउने बताएका छन् । शुक्रवार कैलालीको भादामा आयोजित सूचनाको हकका लागि प्रदेश महासङ्घको अधिवेशनलाई सम्बोधन गर्दै

अझै पढ्नुहोस्
राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए दुई तिहाइ मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आजको प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका थिए । उनलाई कांग्रेसका १८, एमालेका ११ र

अझै पढ्नुहोस्
समाचार

नागरिक र पत्रकार बिचको सम्बन्ध अन्तरकृया सम्पन्न

धनगढी । व्यवसायिक पत्रकारिताले नागरिक र पत्रकार बीचको सम्बन्ध मजबुद भएर जाने एक कार्यक्रमका सहभागीहरुले बताएको छ । नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले विश्वसनीयता,तथ्यमा

अझै पढ्नुहोस्
लेखहरु

धर्तीपुत्रको रक्तकोषमा मुलुक बिरानोको कल्पना कहाँ हुन्छ र ?

रेशम चौधरी,टीकापुर/इन्द्रैलाई चाहिने पुष्पबाटीका, अप्सराले घेरिएको महादेव मगन भई धतुरोमा, नागले बेरिएको लङ्कैजल्दा पनि रावणलाई, सुनकै सिंहासनको चिन्ता भेद खोलेर भाइ मार्ने विभिषणलाई, केको बोध

अझै पढ्नुहोस्