कैलालीमा सुदूरपश्चिम प्रदेश स्तरीय होमस्टे महोत्सव आयोजना हुने

शेयेर गर्नुहोस

धनगढी/कैलालीमा सुदूरपश्चिम प्रदेश स्तरीय होमस्टे महोत्सव आयोजना हुने भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका १६ स्थित होमस्टे गाउँ भादामा प्रदेश स्तरीय होमस्टे महोत्सव आयोजना हुने भएको हो । महोत्सव बैशाख १८ गतेदेखि २० गतेसम्म लाग्ने भएको छ ।

प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको १५ लाख आर्थिक सहयोग तथा थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समिति भादाको आयोजना महोत्सव आयोजना गरिन लागेको छ ।

थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समिति भादाका अध्यक्ष लक्ष्मीनारायण चौधरीका अनुसार महोत्सवमा प्रत्येक दिन सुदूरपश्चिमका विभिन्न जातजाति तथा समुदायहरुको नाचगानसहितको झाँकी प्रस्तुती हुने भएको छ । साथै सुदूरपश्चिमका विभिन्न रैथाने परिकारको पनि प्रदर्शनी सँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारी गराउने, थारु हस्तकलाको प्रदर्शनी हुनेलगायत गतिविधि सञ्चालन गर्ने आयोजकले जनाएको छ ।

महोत्सवबारे जानकारी दिन शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा होमस्टे महासंघ नेपाल सुदूरपश्चिम अध्यक्ष दिनेश दहितले प्रदेशभरिको होमस्टेकर्मी, अभियान्ताहरुको उपस्थिति रहने बताए । महोत्सवले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउँदै महोत्सवमा एक लाख अवलोकनले अवलोकन गर्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

भजहरमा रमाउँदै नारायणपुरका थारु समुदाय

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घोडाघोडी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा

सुखड । कैलालीको घोडाघोडी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ

अझै पढ्नुहोस्
समाचार

धनगढीमा अभाव छ सार्वजनिक शौचालय, प्रतियोगिताका नाममा नीजि कम्पनिलाई रकम

धनगढी । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा आवश्यकता अनुसार सार्वजनिक शौचालय निर्माण भएका छैनन् । धनगढी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र क्याम्पस रोडदेखि भन्सार कार्यालयसम्म दश भन्दा

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

सत्ति कर्णाली सामुदायिक वनले जेष्ठ नागरिकलाई नि:शुल्क दाउरा वितरण गर्दै

एल बी बुढा,टीकापुर/कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ सत्ती स्थित सत्ति कर्णालि सामुदायिक बनले जेष्ठ नागरिकहरुलाइ दाउरा वितरण गरिरहेको छ ।सामुदायिक वनले ७५ वर्ष भन्दा

अझै पढ्नुहोस्
मनोरंजन

बोगटानी गायक जानु बमको नयाँ गित भुल्लिगै मुटुकी माया’ सार्वजनिक 

दिपक बहादुर वि.क,कैलाली / बोगटानी गायक जानु बमको नयाँ गित “भुल्लिगै मुटुकी माया’ शनिबार सार्वजनिक भएको छ। गायक ज्ञानु बम र गौरी भट्टको स्वरमा उक्त गित

अझै पढ्नुहोस्