कैलालीमा बाढीले जनजीवन कष्टकर बन्दै

शेयेर गर्नुहोस


धनगढी/कैलालीको नदीमा पानीको बहाव नघटेपछि डुबान प्रभावित क्षेत्रको जनजीवन थप कष्टकर बनेको छ । हिजो आएको बाढी घट्न नपाउँदै गए राति थप वर्षा भएपछि डुबान यथावत् रहेको छ ।

कैलारी गाउँपालिका, भजनी नगरपालिका, घोडाघोडी नगरपालिका र गौरीगङ्गा नगरपालिकामा डुबान भएको थियो । राति तीन घण्टासम्म कैलालीको विभिन्न स्थानमा भारी वर्षा भएपछि जनजीवन थप कष्टकर बनेको हो । डुबान प्रभावित क्षेत्रका स्थानीयका रातभरि बिचल्ली भएको जनाइएको छ ।

हिजो आएको बाढीका कारण प्रभावित कैलारी गाउँपालिका–५ को मनिकापुरका स्थानीय डुबान भएको घरमा रातभरि जाग्राम बसेको बताइएको छ । यसै गरी, भजनी नगरपालिकाका डुबान प्रभावित स्थानीयको जनजीवन पनि कष्टकर बन्दै गएको स्थानीय खेम पाण्डेयले जानकारी दिए ।
कैलालीको धेरै भूभागमा पछिल्लो तीन घण्टा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । सो कार्यालयका अनुसार भारी वर्षापछि कलरिया, कान्द्रा, घुरहा नदीसहित मोहना नदीको सहायक नदीहरूमा आकस्मिक बाढी तथा होचो भूभागमा डुबानको जोखिम रहेको छ । नदी आसपास बसोबास बसोबास गर्ने र तल्लो तटीय क्षेत्रका स्थानीयलाई उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घण्टा घर सञ्चालनको तयारी हुँदै, एक हप्ता भित्र ठेक्का प्रकृयामा जान्छ: नगर प्रमुख थारु

टीकापुर / टीकापुर नगरपालिकाले वडा नं. १ मा बनेको घण्टा घर सञ्चालनको तयारी थालेएको छ । नगरपालिकाले ठेक्का प्रकृयाबाट घण्टा घर संचालनकाे तयारी गरेकाे हाे

अझै पढ्नुहोस्
पर्यटन

घोडाघोडी लगायत कैलाली जिल्लाका सिमसारमा आगन्तुक चराको चहलपहल बढ्दै

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडी ताल नेपालीको पहिलो चरा अभय आरण्य क्षेत्र (वर्ड सेन्चुरी) मा आगन्तुक चराको चहलपहल बढेको छ । जाडो छल्नका लागि यहाँ विभिन्न

अझै पढ्नुहोस्
समाचार

परियोजना निर्माण स्थलको अनुगमन गरे मुख्यमन्त्रीको टोलिले

धनगढी/सुदुरपश्चिम प्रदेशमा ७५० मेघा बिजुली उत्पादन हुने पश्चिमसेती जलविद्युत परियोजना निर्माण स्थलको सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री कमलबहादुर शाह सहित प्रदेश सभा सदस्य माननीय बिक्रम

अझै पढ्नुहोस्
समाचार

पाटेबाघ क्यामेरा ट्रापिङ प्रविधिबाट अनुगमन गरिने

जमुना न्युरे,सुखड/खाता संरक्षित क्षेत्रमा पाटेबाघ लगायतका वन्यजन्तुहरुको आन्तरिक जानकारीका लागि क्यामेरा ट्रापिङ प्रविधिबाट गरिने अनुगमन कार्यको शुभारम्भ गरिएको छ । नेपाल र छिमेकि मुलुक भारतको

अझै पढ्नुहोस्