कैलालीको चुरे गाउँपालिकामा चुरे पर्यटन उत्सव २०८० सम्पन्न

शेयेर गर्नुहोस

लवदेव धामी / कैलालीको चुरे गाउँपालिकामा “पर्यटन प्रवद्र्धन आर्थिक समृद्धिको बलियो आधार”भन्ने मूल नाराका साथ चुरे पर्यटन उत्सव २०८० सम्पन्न भएको छ। चुरे गाउँपालिका भित्र रहेका प्राकृतिक, ऐतिहासिक महत्व बोकेका क्षेत्रहरुको भ्रमण सहित पर्यटन उत्सव समापन गरिएको मिलन युवा क्लब चुरे ३ का सचिव पवन सुनारले बताउनुभयो।

चुरे गाउँपालिकाका ६ वटै वडाका मुख्य पर्यटकीय स्थलको भ्रमणका साथै सम्बन्धित वडाका जनप्रतिनिधि र स्थानिय सँग पनि त्यहाँको पर्यटन विकास कसरी गर्ने भन्ने भावी योजनाको बारेमा पनि छलफल गरिएको मिलन युवा क्लबका सचिव सुनारले बताउनुभयो।

चुरे पर्यटन उत्सव २०८० चुरे गाउँपालिकाले प्रायोजक गरेको हो भने बसर युवा क्लब चुरे ३ कैलालीको र तिन तले झर्ना ब्य.स.कैलालीको सहकार्यमा तथा मिलन युवा क्लब चुरे १ कैलालीको आयोजनामा भएको मिलन युवा क्लबका सचिव सुनारले बताउनुभयो।

कार्तिक १७ देखि २० सम्म तीन दिने चुरे पर्यटन उत्सवमा डडिया वनभोज स्थल चुरे १ मिलनपुर , दारी झरना चुरे २ बसन्तपुर, धप्रेनी काफल पार्क चुरे ३, बसर तिन तले झरना चुरे ३, कम्पासे धुरा खानीडाँडा चुरे ५ चमेरो गुफा चुरे ६ र गर्भा दरबार चुरे ४ को विशेष भ्रमण र स्थानिय सरकार , लगायतका अन्य सम्वन्धित निकायले चुरे गाउँपालिकामा पर्यटन बिकासको लागि गर्नु पर्ने भावी योजना सहित उत्सव सम्पन्न गरिएको मिलन युवा क्लबका सचिव सुनारले बताउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Praktische Anwendungen und turbowinz für nachhaltige Geschäftsprozesse

Praktische Anwendungen und turbowinz für nachhaltige Geschäftsprozesse

Fondamentali soluzioni e royalstiger per un futuro dellarredamento senza precedenti

La Magie du Gain avec Spellwin les Slots Enchantés

Aktuelle Entwicklungen für Sportfans mit ivybet und umfassenden Gewinnchancen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बुद्ध जयन्तीमा प्रदेश प्रमुखको आह्वान: अहिंसा, शान्ति र विश्वबन्धुत्वमा अग्रसर बनौं ।

कैलाली। सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले २५६९ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपाली जनता तथा बौद्ध धर्मावलम्बीहरूलाई अहिंसा, शान्ति र मैत्रीको

अझै पढ्नुहोस्
समाचार

सामुदायिक वन महासघले बुझायो ध्यानाकर्षण सहित ज्ञापन पत्र

जमुना न्युरे ,धनगढी/कैलाली डिभिजन बन कार्यलय धनगढीले सामुदायिक वन उपभोक्ता समुहको अधिकार कटौती हुने गरि गरिएको परिपत्र को सम्बन्धमा सामुदायिक वन उपभोक्ता महासघले गम्भीर ध्यानाकर्षण

अझै पढ्नुहोस्