कैलालीको चुरे गाउँपालिकामा चुरे पर्यटन उत्सव २०८० सम्पन्न

शेयेर गर्नुहोस

लवदेव धामी / कैलालीको चुरे गाउँपालिकामा “पर्यटन प्रवद्र्धन आर्थिक समृद्धिको बलियो आधार”भन्ने मूल नाराका साथ चुरे पर्यटन उत्सव २०८० सम्पन्न भएको छ। चुरे गाउँपालिका भित्र रहेका प्राकृतिक, ऐतिहासिक महत्व बोकेका क्षेत्रहरुको भ्रमण सहित पर्यटन उत्सव समापन गरिएको मिलन युवा क्लब चुरे ३ का सचिव पवन सुनारले बताउनुभयो।

चुरे गाउँपालिकाका ६ वटै वडाका मुख्य पर्यटकीय स्थलको भ्रमणका साथै सम्बन्धित वडाका जनप्रतिनिधि र स्थानिय सँग पनि त्यहाँको पर्यटन विकास कसरी गर्ने भन्ने भावी योजनाको बारेमा पनि छलफल गरिएको मिलन युवा क्लबका सचिव सुनारले बताउनुभयो।

चुरे पर्यटन उत्सव २०८० चुरे गाउँपालिकाले प्रायोजक गरेको हो भने बसर युवा क्लब चुरे ३ कैलालीको र तिन तले झर्ना ब्य.स.कैलालीको सहकार्यमा तथा मिलन युवा क्लब चुरे १ कैलालीको आयोजनामा भएको मिलन युवा क्लबका सचिव सुनारले बताउनुभयो।

कार्तिक १७ देखि २० सम्म तीन दिने चुरे पर्यटन उत्सवमा डडिया वनभोज स्थल चुरे १ मिलनपुर , दारी झरना चुरे २ बसन्तपुर, धप्रेनी काफल पार्क चुरे ३, बसर तिन तले झरना चुरे ३, कम्पासे धुरा खानीडाँडा चुरे ५ चमेरो गुफा चुरे ६ र गर्भा दरबार चुरे ४ को विशेष भ्रमण र स्थानिय सरकार , लगायतका अन्य सम्वन्धित निकायले चुरे गाउँपालिकामा पर्यटन बिकासको लागि गर्नु पर्ने भावी योजना सहित उत्सव सम्पन्न गरिएको मिलन युवा क्लबका सचिव सुनारले बताउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घोडाघोडी तालमा चरा अवलोकन कार्यक्रम सुरु

जमुना न्युरे,सुखड/कैलाली र कंचनपुर जिल्लाका प्रमुख सिमसार क्षेत्रहरूमा रैथाने तथा प्रवासी पक्षिं अवलोकन कार्यक्रम आज सुरु भएको छ । नेपालको पहिलो पन्क्षी अभय आरण्य (वर्ड

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

टीकापुरमा घरदैलामै स्वास्थ्य सेवा प्रभावकारी बन्दै

टीकापुर/ टीकापुर–७ पदमपुरकी जेष्ठ नागरिक सेती चौधरीलाई ज्वरो आएर घरमै सुतिरहेकी थिईन् । कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमै फैलेकाले सेतीलाई अस्पतालसम्म जान डर लाग्यो । ज्वरो

अझै पढ्नुहोस्
मनोरंजन

विराजको नयाँ सिनेमा ‘१२ गाँउ’, हुनेछ अहिलेसम्मकै फरक नेपाली एक्सन सिनेमा

स्टार विराज भट्टले आफ्नो नयाँ सिनेमा ‘१२ गाउँ’ बनाउने पक्का भएको छ । सिनेमा एक्सन थ्रिलर जनरामा बन्नेछ । सन्तोष सरकारको कथा तथा पटकथामा अभिनेता

अझै पढ्नुहोस्
खेलकुद

कैलालीमा दुई दिने खेलकुद पत्रकारिता तालिम सुरु

जमुना न्युरे,धनगढी /कैलालीमा खेलकुद पत्रकारिता तालिम सुरु भएको छ । जिल्लाको चुरे गाउँपालिकास्थित खानीडाँडामा दुई दिने खेलकुद पत्रकारिता तालिम सुरु भएको हो । नेपाल खेलकुद

अझै पढ्नुहोस्