कृष्णपुरमा ५० प्रतिशत अनुदानमा किसानलाई च्याउको बीउ वितरण

शेयेर गर्नुहोस

ज्मुना न्युरे/ कृष्णपुर नगरपालिकाले किसानलाई च्याउको बीउ वितरण गरेको छ । शुक्रबार नगरपालिका परिसरमा जम्मा भएका किसानलाई नगरपालिकाको कृषि विकास शाखाले कन्ये च्याउको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको हो । नगरपालिकाले एक हप्ता अगाडी च्याउ खेती गर्न चाहाने किसानका लागि भन्दै सूचना जारी गरेपछि शुक्रबार बीउ लिनेको भिड लागेको हो ।

नौ वटै वडाबाट आएका किसानहरुलाई नगर उपप्रमुख द्रोपती रानाले कन्ये च्याउको बीउ हस्तान्तरण गरेकी हुन । उक्त वितरण कार्यक्रममा नगर प्रवक्ता एंव वडा न.१ का अध्यक्ष मोहन बस्नेत,वडा न.३ का अध्यक्ष खेमराज चौधरी,वडा नं ६ का अध्यक्ष बाबुराम चौधरी,वडा नं ७ का अध्यक्ष घुम्मन राना र वडा न.९ का अध्यक्ष कैलाश बहादुर बलायरको उपस्थिति रहेको थियो ।

नगरपालिकाले व्यक्तीगत रुपमा खेती गर्ने किसानलाई ४ पोका बीउ र सहकारी अथवा समूहमा खेती गर्ने किसानलाई ६० पोका च्याउको बिउ वितरण गरेको हो । कृषि शाखाले च्याउको बीउसँगै किसानलाई खेती गर्न सजिलो होस् भन्नका लागि प्लाष्टिक पनि वितरण गरको हो । च्याउको बिउ वितरण गर्ने कार्य अर्को हप्तासम्म रहने कृषि शाखा प्रमुख लाल बहादुर धामीले जानकारी दिए । व्यवसायिक किसान बढ्न थालेपछि नगरपालिकाले हेरक वर्ष किसानलाई अनुदानमा च्याउ लगागत अन्य खेतीका लागि पनि बीउ वितरण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

वन डडेलो सप्ताहका लागि सामाग्री वितरण

धनगढी/डिभिजन बन कार्यलय पहलमानपुर कैलालीले आज बन डढेलो सप्ताहका लागि सामाग्री वितरण गरेको छ । डिभिजन वन कार्यलय पहलमानपुरले गर्मीयाम सुरुवात भए सङ्गै बन जङ्गल

अझै पढ्नुहोस्
राजनीति

सुदूरपश्चिम प्रदेशमा गठबन्धन जोगाउन मुख्यमन्त्रीको पद छाड्न तयार मुख्यमन्त्री शाह

जमुना न्युरे,धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले गठबन्धन जोगाउन मुख्यमन्त्रीको पद छाड्न तयार रहेको बताएका छन् । मंगलबार मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गदै

अझै पढ्नुहोस्
समाचार

आरक्षणमा नयाँ विधिसहित सुझाव समितिले बुझायो मुख्यमन्त्री शाहलाई प्रतिवेदन

कैलाली । सुदूरपश्चिम प्रदेश निजामती सेवा (पहिलो संशोधन) ऐन, २०८० मा थारु रानाथारु समुदायको प्रतिनिधित्व सम्बन्धमा सुझाव समितिले मुख्यमन्त्री कमल बहादुर शाहलाई प्रतिवेदन बुझाएको छ

अझै पढ्नुहोस्
समाचार

वनदेबी वनमा मृत अवस्थामा भेटियो चितुवा

जमुना न्युरे ,सुखड/कैलाली जिल्लाको भजनी नगरपालिका वडा २ मा रहेको वबदेबी सामुदायिक बन उपभोक्त समुहमा मृत अवस्थामा चितुवा फेला परेको छ । वनदेबी सामुदायिक उपभोक्ता

अझै पढ्नुहोस्