सुखड/घोडाघोडी नगरपालिका वडा न ५ मा रहेको श्री शिबज्योती सामुदायिक वन उपभोक्ता समूह बनखेतमा स्थानीय भुसिया कुकुरहरुको टोकाइबाट निलगाइ घाइते भएको छ ।

सामुदायिक बनमा रहेको पानी पोखरीमा निलगाई पानी पिउन आउदा कुकुरहरुले लखेटेर घाइते बनाएको स्थानीय खगु देबि बोहराले जानकारी दिए ।
घाइते निलगाईलाइ स्थानीयले देखे पछि कुकुरहरुलाइ लेखेटेर निलगाइलाइ सुरक्षित राखी सब डिभिजन बन कार्यलयलाइ खबर गरेका थिए स्थानीय तथा सामुदायिक बन उपभोक्ता समुहका ब्यक्तिहरुले ।

सब डिभिजन बन कार्यलय सुखडका वन रक्षक जुगराम चौधरी को नेतृत्व मा गयको सब डिभिजन वन कार्यलय र डिभिजन बन कार्यलय पहलमानपुर बाट गयको सयुक्त टोलिले घाइते अवस्थामा भेटिएको निलगाइ उद्दार गरि सब डिभिजन वन कार्यलय सुखड ल्याएको छ ।

घाइते निलगाईलाइ सुखडमा राखी पसु चिकित्सालाई बोलाइ प्राथमिक उपचार समेत गरियको वन रक्षक चौधरि जानकारी दिए ।
घाइते अवस्थामा रहेको निलगाइको शरीरमा , नाकमा चोटपटक लागेको , भरखर सुत्केरी भएको दुई वटा बच्चा रहेका छ्न । पहलमानपुर डिभिजन बनमा घाइते तथा टुहुरा बन्यजन्तु राख्न , हेरचाह गर्न ठाउँ नभएकाले निलगाइलाइ थप उपचार तथा हेरचाहको लागि बर्दिया राष्ट्रिय निकुञ्जमा पठाइने डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुरले बताए ।