काट्यो पत्र प्रदेश पर्यटन इकाई धनगढीले चिसापानीमा पर्यटन सुचना केन्द्रलाइ

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी/काट्यो पत्र प्रदेश पर्यटन इकाई कार्यन्वयन कार्यक्रम धनगढीले चिसापानीमा रहेको पर्यटन प्रबर्द्धन तथा सूचना केन्द्रको भवन भन्दै चर्च बनाएको समिति का अध्यक्ष तपेन्द्र शाहिलाइ ७ दिने समय दिई पत्राचार गरेको छ ।

पत्रमा लेखिएको छ यस पर्यटन इकाईको आर्थिक वर्ष २०७९।०८० को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गतको पर्यटन क्षेत्रको चिसापानी पर्यटन सूचना केन्द्र भवन निर्माण तथा शौचालय निर्माण गर्ने प्रयोजनका लागि मिति २०७९।१०।०४ गते लम्की चुहा नगरपालिका वडा ३ का वडा अध्यक्षको अध्यक्षतामा बैठक बसी कर्णाली सामुदायिक भवनमा चिसापानी सूचना केन्द्र भवन तथा शौचालय निर्माण गर्ने गरी उपभोक्ता समिति गठन गरिएको थियो ।

यसमा हाल चिसापानी पर्यटन सूचना केन्द्रको भवनको प्रदेश पर्यटन विकास कार्यकम कार्यान्वयन इकाई धनगढी कैलालीको कर्मचारीहरुको संयुक्त टोलीले अनुगमन गर्दा उक्त पर्यटन सूचना केन्द्रको भवन चर्चको रुपमा प्रयोग भएको भन्ने बुझिन आएकोले उक्त पर्यटन सूचना केन्द्रको भवन के कुन कानूनी प्रक्रिया अवलम्बन गरी चर्चको रुपमा प्रयोग भएको हो ? यो पत्र प्राप्त भएको मितिले ७ (सात) दिन भित्र खुलाई पेश गर्नु हुन अनुरोध छ ।
चिसापानी पर्यटन सूचना केन्द्रको भवनको प्रदेश पर्यटन विकास कार्यकम कार्यान्वयन इकाई धनगढिले पर्यटन सूचना केन्द्रको भवन निर्माणका लागि १० लाख रुपैया बिनियोजित गरिएको थियो ।

बिनियोजित रकमले भवन निर्माणका लागि पर्यटन इकाईका योजना शाखा र प्राविधिक शाखाले भवनको लागत स्टेमेन्ट तयार गरि नापजाँच गरेको थियो ।
पर्यटन इकाई कार्यन्वयन कार्यक्रम धनगढीका निमित्त प्रमुख डबल बहादुर बोहराले भने ७ दिनको समय दिएर पत्राचार गरिएको छ , चर्च हो या चिसापानी पर्यटन सूचना केन्द्रको भवन हो राय सहित विवरण खुलाइ ल्याइन भनिएको छ , उक्त रायमा विवरणमा चित्त नबुझे कानुनी रुपमा कारबाही अगाडि बढाइने समेत जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

रेशम चाैधरीकाे नागरिक उन्मुक्ति पार्टी १९ गते बाजागाजा र सांस्कृतिक झाँकी सहित दर्ता गरिदै

एल बी बुढाटीकापुर/सांसद रेशम लाल चाैधरीको नयाँ दल नागरिक उन्मुक्ति पार्टी १९ गते बाजागाजा र सांस्कृतिक झाँकी सहित दर्ता गरिने भएको छ । बाजागाजा र

अझै पढ्नुहोस्
समाचार

कैलालीमा ७ लाख ८२ हजार २५ बिरुवा उत्पादन

जमुना न्युरे/कैलाली जिल्लामा रहेका सब डिभिजन बन कार्यलयहरुले आथिक बर्ष २०८०/२०८१मा कैलाली जिल्ला विभिन्न ठाउँमा ७ लाख ८२ हजार २५ बिरुवा उत्पादन गरिएको छ ।

अझै पढ्नुहोस्
समाचार

खप्तड पुगेर फर्किएको साईकल यात्रीहरुको टोलीलाई चुरे गाउँपालिकाले सम्मान

जमुना न्युरे,खानिडाडा/खप्तड पुगेर फर्किएको साईकल यात्रीहरुको टोलीलाई चुरे गाउँपालिकाले सम्मान गरेको छ । बुधबार गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटीले खानीडाँडा पुगेको साईकल यात्रीहरुको टोलीलाई सम्मान

अझै पढ्नुहोस्
समाचार

पर्यटनको विकासका लागि निजि क्षेत्रलाई लगानी गर्ने वातावरण बनाउनुपर्छ : मन्त्री पाण्डे

जमुना न्युरे,धनगढी/पर्यटनको बिकासका लागि निजि क्षेत्रलाई लगानी गर्ने वाताबरण बनाउनुपर्ने सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रि पाण्डेले बताएका छन । धनगढीमा आयोजना गरिएको सुदुरपश्चिम

अझै पढ्नुहोस्