TRENDING
The Increase of PayPal Online Casinos: A Practical and Safe Way to Wager Online
How to Find the Best Online Casino Reviews
No Account Gambling Enterprise: The Future of Online Betting
Safe Online Gambling Sites: Guaranteeing a Secure and Pleasurable Experience
Next
Prev

काट्यो पत्र प्रदेश पर्यटन इकाई धनगढीले चिसापानीमा पर्यटन सुचना केन्द्रलाइ

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी/काट्यो पत्र प्रदेश पर्यटन इकाई कार्यन्वयन कार्यक्रम धनगढीले चिसापानीमा रहेको पर्यटन प्रबर्द्धन तथा सूचना केन्द्रको भवन भन्दै चर्च बनाएको समिति का अध्यक्ष तपेन्द्र शाहिलाइ ७ दिने समय दिई पत्राचार गरेको छ ।

पत्रमा लेखिएको छ यस पर्यटन इकाईको आर्थिक वर्ष २०७९।०८० को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गतको पर्यटन क्षेत्रको चिसापानी पर्यटन सूचना केन्द्र भवन निर्माण तथा शौचालय निर्माण गर्ने प्रयोजनका लागि मिति २०७९।१०।०४ गते लम्की चुहा नगरपालिका वडा ३ का वडा अध्यक्षको अध्यक्षतामा बैठक बसी कर्णाली सामुदायिक भवनमा चिसापानी सूचना केन्द्र भवन तथा शौचालय निर्माण गर्ने गरी उपभोक्ता समिति गठन गरिएको थियो ।

यसमा हाल चिसापानी पर्यटन सूचना केन्द्रको भवनको प्रदेश पर्यटन विकास कार्यकम कार्यान्वयन इकाई धनगढी कैलालीको कर्मचारीहरुको संयुक्त टोलीले अनुगमन गर्दा उक्त पर्यटन सूचना केन्द्रको भवन चर्चको रुपमा प्रयोग भएको भन्ने बुझिन आएकोले उक्त पर्यटन सूचना केन्द्रको भवन के कुन कानूनी प्रक्रिया अवलम्बन गरी चर्चको रुपमा प्रयोग भएको हो ? यो पत्र प्राप्त भएको मितिले ७ (सात) दिन भित्र खुलाई पेश गर्नु हुन अनुरोध छ ।
चिसापानी पर्यटन सूचना केन्द्रको भवनको प्रदेश पर्यटन विकास कार्यकम कार्यान्वयन इकाई धनगढिले पर्यटन सूचना केन्द्रको भवन निर्माणका लागि १० लाख रुपैया बिनियोजित गरिएको थियो ।

बिनियोजित रकमले भवन निर्माणका लागि पर्यटन इकाईका योजना शाखा र प्राविधिक शाखाले भवनको लागत स्टेमेन्ट तयार गरि नापजाँच गरेको थियो ।
पर्यटन इकाई कार्यन्वयन कार्यक्रम धनगढीका निमित्त प्रमुख डबल बहादुर बोहराले भने ७ दिनको समय दिएर पत्राचार गरिएको छ , चर्च हो या चिसापानी पर्यटन सूचना केन्द्रको भवन हो राय सहित विवरण खुलाइ ल्याइन भनिएको छ , उक्त रायमा विवरणमा चित्त नबुझे कानुनी रुपमा कारबाही अगाडि बढाइने समेत जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

The Increase of PayPal Online Casinos: A Practical and Safe Way to Wager Online

How to Find the Best Online Casino Reviews

No Account Gambling Enterprise: The Future of Online Betting

Safe Online Gambling Sites: Guaranteeing a Secure and Pleasurable Experience

Номад казино онлайн: Путешествие в мир азарта и возможностей

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कार्यबिधी नआउँदा लाखौं मुल्यका वन मै कुहिने भए काठ

धनगढी/वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरिएको पाँच वर्ष बितिसक्दा पनि नयाँ दिगो कार्यविधि नआउँदा कैलाली र कञ्चनपुरका दर्जनौं सामुदायिक तथा साझेदारी वन उपभोक्ता समूह समस्यामा

अझै पढ्नुहोस्
समाचार

घोडाघोडी तालमा चरा अवलोकन कार्यक्रम सुरु

जमुना न्युरे,सुखड/कैलाली र कंचनपुर जिल्लाका प्रमुख सिमसार क्षेत्रहरूमा रैथाने तथा प्रवासी पक्षिं अवलोकन कार्यक्रम आज सुरु भएको छ । नेपालको पहिलो पन्क्षी अभय आरण्य (वर्ड

अझै पढ्नुहोस्