‘कला र संस्कृतिलाई अर्थसँग जोडिनु पर्छ’: विज्ञहरु

शेयेर गर्नुहोस


धनगढी– सुदूरको भाषा, कला, साहित्य र संस्कृतिलाई अर्थसँग जोडिनु पर्ने विज्ञहरुले बताएका छन् ।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा गरिएको सुदूरपश्चिम महोत्सवमा भिजन सुदूरपश्चिम कार्यक्रमको ‘भाषा, कला, साहित्य र संस्कृति ः दृष्टि र नीति’ विषयक बहसमा बोल्दै भाषाविद् तथा सरोकारवाला निकायले कला तथा संस्कृतिलाई अर्थतन्त्रसँग जोडन नसक्दा कलाकार पलायन भइरहेको बताएका छन् ।

कलाकार पलायन हुनु भनेकै यहाँको भाषा, कला, साहित्य र संस्कृति लोप हुनु र सुदूरको पहिचान गुम्नु सरह भएको सरोकारवालाले बताएका हुन् । तसर्थ पनि कलाकारलाई कला क्षेत्रमा टिकाइराख्न प्रदेश तथा स्थानीय सरकारले अर्थसँग जोड्नु पर्ने बताएका हुन् ।


भाषा, धर्म, दर्शन, चाडपर्व, नृत्य, संगीत, कला, हस्तकलामा सुदूरपश्चिम अथाह धनी भएको बताउँदै प्रदेश सरकारले यसलाई अर्थतन्त्रसँग जोड्नु पर्ने सरोकारवालाले बहस कार्यक्रममा जोड दिए । कला, साहित्य, संस्कृति, आभूषण, भेषभूषामा सुदूरपश्चिम समृद्ध रहेको बताउँदै अनुसन्धानकर्ता हेमन्त विवशले प्रदेश सरकारको साहित्य तथा संस्कृतिलाई हेर्ने दृष्टिकोण स्पष्ट नभएको बताए । ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले भाषा, कला, साहित्य र संस्कृतिको खोज अनुसन्धान गर्नुपर्नेमा भजन प्रतियोगिता गराइरहेको छ,’ उनले प्रश्न गर्दै भने,‘त्यसबाट के उपलब्धि हुन सक्छ ?’

आयातित संस्कृति भित्रदा उछ्रीङकलता बढ्दै जाने र त्यसले सुदूरको संस्कृति खतरामा पर्ने चिन्ता व्यक्त गर्दै उनले भने,‘त्यही उच्छि«ङ्खलता नियन्त्रण गर्ने निकाय भनेको प्रज्ञा प्रतिष्ठान हो । तर, ऊ आफैमा रुमल्लीरहेको छ ।’ सुदूरपश्चिममा भाषाको लिखित मानक नहुँदा भाषा खण्डित हुँदै गएको प्रति पनि उनले चिन्ता व्यक्त गरे ।


सुदूरपश्चिम प्रदेश सरकारले कला साहित्य र संस्कृति क्षेत्रमा पञ्चवर्षिय योजना बनाएर काम गर्ने बताउँदै प्रदेश नीति तथा योजना आयोगका सुदूरपश्चिम प्रदेश सदस्य नृपबहादुर सुनारले भने,‘अध्ययन अनुसन्धान गर्नका लागि प्रदेश सरकारले नै प्रज्ञा प्रतिष्ठान गठन गरेको हो ।’ भाषा, कला र संस्कृति जीवनसँग अनन्त जोडिएको बताउँदै उनले प्रदेश सरकारले यो क्षेत्रमा पनि ध्यान दिनुपर्ने र दिने प्र्रतिवद्धता व्यक्त गरे ।


सुदूरपश्चिमको लोक संस्कृति पछाडि धकेलिरहेको बताउँदै गायक चक्र बमले आफ्ना बालबालिकालाई सुदूर संस्कृति पुस्तान्तरण गर्नुपर्ने बताए । उनले भने,‘पुस्तान्तरण हुन नसक्दा सुदूर संस्कृति पछाडि धकेलिरहेको छ । अब हामीले पुस्तान्तरण गर्न घरबाटै सुरु गर्नुपर्दछ ।’ आफूले पछिल्लो समयमा सुदूर संस्कृतिलाई गीतका माध्यमबाट जोडिरहेको बताए । उनले भने,‘मैले पछिल्ला तीन वर्ष यता सुदूरपश्चिमको कला र संस्कृतिलाई गीतका माध्यमबाट ल्याउने प्रयास गरिरहेको छु ।’


बहस कार्यक्रममा यज्ञराज अवस्थी, सरस्वती खड्का भट्ट, महेश बडू, डिल्लीराज ओझा ‘समर्पण’, गणेशबहादुर सिंह, समीर परियार, राजकुमार श्रेष्ठ, अम्बिकाप्र्रसाद आचार्य, सुरेन्द्र संगम, पुष्पा बडैला, निल गगन, विवेक नागरीले वक्तलाई प्रश्न गरेका थिए ।


सुदूरपश्चिम महोत्सवमा यस वर्षदेखि कैलाली उद्योग वाणिज्य संघले मनोरञ्जनात्मक कार्यक्रमका साथै बिहानीको समयमा भिजन सुदूरपश्चिम नामक बहस कार्यक्रम सुरुवात गरेको हो ।

पहिलो श्रृङखलामा सुदूरपश्चिमको कृषि सम्भावना ः अवसर र चुनौती, दोस्रो श्रृङखलामा सुदूरपश्चिम खेलकुदको उर्वर भूमिः पूर्वाधार, सम्भावना र अवसर, तेस्रो श्रृङखलामा सुदूरको शिक्षा हुनु पथ्र्यो कहाँ, हामी छौ कहाँ ?, चौथो श्रृङखलामा सुदूरपश्चिममा उद्योग र व्यापार, अर्थतन्त्र समृद्धिको आधार, पाँचौ श्रृङखलामा सुदूरपश्चिममा होटेल व्यवसायः लगानी, समस्या र श्रमशक्ति र छैठौ श्रृङखलामा भाषा, कला, साहित्य र संस्कृति ः दृष्टि र नीति विषयमा सरोकारवाला निकायसँग बहस कार्यक्रम गरिएको छ ।

ताजा खबर

Mummyland Treasures: почему казахстанцы выбирают этот слот

Free Online Slot Games – How to Win Real Money at Home

Les Machines Électroniques de Hasard du Ludothèque Spinrise Casino

Overview of Stardust Casino Gaming Services and Facilities.

Understanding Nitro Casino: A Guide to Online Gaming Options

Overview of Silver Ace Casino Online Gaming Platform Features.

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कैलालीमा हैजा र कञ्चनपुरमा दादुरा–रुबेला द्रुत प्रतिकार्य टोली परिचालन

धनगढी : कैलालीमा हैजा र कञ्चनपुरमा दादुरा–रुबेलाका विरामी फेला परेपछि द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ।शुक्रबार सामाजिक विकास मन्त्री ओमविक्रम भाट (सरल)को अध्यक्षतामा बसेको बैठकले

अझै पढ्नुहोस्

Рабочие зеркала Vavada для онлайн игр в 2026

Рабочие зеркала Vavada для игр в интернете 2026 Огромные возможности азартных развлечений становятся доступными благодаря надежным ссылкам на платформу. Пользователям рекомендуется сохранять актуальные адреса, чтобы

अझै पढ्नुहोस्
समाचार

हिउँदमा पहिलो पटक डल्फिन देखा परे

सुखड/कैलालीको पथरैया र मोहना नदीमा हिउँदमा दुर्लभ डल्फिन पहिलो पटक देखा परेका छन् ।  टीकापुर नगरपालिका–७ बैदीस्थित डल्फिन संरक्षित क्षेत्रमा हिउँदमा पहिलो पटक डल्फिन देखा

अझै पढ्नुहोस्