कलाकर्मि संघको प्रदेश भेला सम्पन्न ,अध्यक्षमा बिसी

शेयेर गर्नुहोस

नेपाल साँस्कृतिक कलाकर्मी संघ सुदूरपश्चिम प्रदेश स्तरिय भेला तथा समिति गठन कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
संघका राष्ट्रिय उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश अध्यक्ष साधना बि.सी.को सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्य एवं ट्रेड युनियन बिभाग प्रमुख राम बहादुर देउवाको प्रमुख अतिथि रहनु भएको थियो भने नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्य एवं भाषा,साहित्य , कला संस्कृति बिभाग प्रमुख सुरत रावत(डोटेली कान्छा) र नेपाल ट्रेड युनियन काँग्रेस सुदूरपश्चिम प्रदेश अध्यक्ष ज्ञानेन्द्र बहादुर शाह विशिष्ट अतिथि रहनु भएको थियो ।


कार्यक्रममा विभिन्न ब्यक्तित्वले शुभकामना मन्तब्य ब्यक्त गर्नुका साथै कलाकारहरुले आ-आफ्नो कला प्रस्तुत गर्नु भएको थियो । नेपाल साँस्कृतिक कलाकर्मी संघका राष्ट्रिय समिति सदस्य सरिता साउँदले स्वागत मन्तब्य गर्नु भएको कार्यक्रम को सञ्चालन प्रदेश उपमहासचिव भान बहादुर साउँद बि.क.ले गर्नु भएको थियो भने स्वागत गीत नेपाल साँस्कृतिक कलाकर्मी संघका राष्ट्रिय समिति सदस्य केशबराज फुलाराले प्रस्तुत गर्नु भएको थियो ।


सो अवसरमा नेपाल साँस्कृतिक कलाकर्मी संघका राष्ट्रिय समिति उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश अध्यक्ष साधना बिसिको अध्यक्षतमा संघको प्रदेश समिति समिति गठन भएको छ ।


कलाकर्मिहरुको प्रदेश भेलाले उपाध्यक्षमा प्रकाश बहादुर साउँद , दलबहादुर बोगटी , महासचिवमा रमेश बहादुर मल्ल, कोषाध्यक्षमा द्रोपती भट्ट ( मेघा), उपमहासचिवमा भान बहादुर बि.क.(भास्कर) चयन गरेको छ । त्यस्तै सदस्यहरुमा देबेन्द्र प्रसाद भाट, धनसरा साउँद,निलम पाण्डेय, जानकी पनेरू ,अमृत चौधरी , सुशिला निरौला, शोभा भट्ट ,सुनिता ओली लाई चयन गरेको छ ।

ताजा खबर

Wie man Online für kostenlose Spielautomaten spielt

No Down Payment Incentive Casino Site Checklist: A detailed guide for players

The Best Gambling Establishment Invite Rewards: A Guide to Maximizing Your Online Pc Gaming Experience

Free Online Casino Slot Games: The Ultimate Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

२७ औं वन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न

जमुना न्युरे , सुखड/मानव बन्यजन्तु सह अस्तित्व :हाम्रो दायित्व भन्ने मुल नाराका साथ बन्यजन्तु सप्ताह साताव्यापी कार्यक्रम आज घोडाघोडिमा सम्पन्न गरिएको छ । कार्यक्रम डिभिजन

अझै पढ्नुहोस्
समाचार

राजनीतिमा महिला सहभागिता बढाउन संरचनागत सुधार गर्न आवश्यक

धनगढी / राजनीतिमा महिलाको सहभागिता अझै पनि औपचारिकता र प्रतिनिधित्वमै सीमित रहेको भन्दै यसलाई प्रभावकारी र नेतृत्वदायी तहसम्म विस्तार गर्नुपर्ने विषयमा छलफल भएको छ। प्रदेशस्तरीय

अझै पढ्नुहोस्