एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड असार ७ गते, मुख्य प्रायोजकमा सुदुरपश्चिमाञ्चल एकेडेमी

शेयेर गर्नुहोस

धनगढी/‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ असार ७ गते आयोजना हुने भएको छ । सुदुरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजनमा हुने पाँचौ संस्करणको ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ असार ७ गते हुने घोषणा गरिएको हो । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले पाँचौ संस्करणको अवार्डको मिति घोषणा गरिएको हो ।


पाँचौ संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मार्फत वर्ष २०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ ।


उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।


‘पाँचौ एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । मुख्य प्रायोजन सम्बन्धी सुदुरपश्चिमाञ्चल एकेडेमीका प्रबन्ध निर्देशक सुवाश शाही र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठक बीच सम्झौता भएको छ । अन्य सह प्रायोजकहरुको खोजी सुरु गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

धनगढी बजार लगाएर आसपास क्षेत्र जलमग्न

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

युवा नीतिको महत्त्व र आवश्यकताका विषयमा छलफल

धनगढी, ३१ साउन / धनगढीमा स्थानीय युवा नीतिको महत्त्व र आवश्यकताका विषयमा छलफल भएको छ । अकाउण्टीविलीटि ल्याब नेपालले बिहीबार धनगढीमा स्थानीय युवा नीतिको महत्त्व

अझै पढ्नुहोस्
समाचार

बाल विवाह, घरेलु हिंसा र दाइजो प्रथा सम्बन्धीको सचेतना सडक नाटक प्रदर्शन

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीमा ३३ औँ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइएको छ । ‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यको लागी ऐक्यबद्धता’ भन्ने नाराका

अझै पढ्नुहोस्
समाचार

वनदेबी वनमा मृत अवस्थामा भेटियो चितुवा

जमुना न्युरे ,सुखड/कैलाली जिल्लाको भजनी नगरपालिका वडा २ मा रहेको वबदेबी सामुदायिक बन उपभोक्त समुहमा मृत अवस्थामा चितुवा फेला परेको छ । वनदेबी सामुदायिक उपभोक्ता

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

घोडाघोडी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

सुखड/कैलालीको घोडाघोडी नगरपालिकालाई बुधवार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरपालिकाका भित्रका सबै बालबालिकालाई पूर्ण खोप लगाए सँगै नगरपालिकाकालाई पूर्ण खोप सुनिश्चितता

अझै पढ्नुहोस्