वन कार्यलय सङ्ग कुनै गुनासो छैन पहिरो पीडितहरु

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/कैलाली जिल्लाको चुरे गांउ पालिका वडा ४ ,५र ६ आमपानी , सैन , सिउती गाउँका पहिरो र बाढीपीडितहरुले ४ बर्ष बितिसक्दा पनि अझै पनि खुल्ला आकाश मुनि बस्दै आएका छ्न ।

चुरे गाउ पालिका का वडा न ६ का पहिरो पीडित अझै पनि चुरे ४ मा रहेको राष्ट्रिय वन पनेरूवा गडामा घरटहरा बनाइ बसेका छन्
चुरे गाउपालिका वडा ६ पहिरो पिडित बिष्णा महरले पटक पटक वन कार्यलयले बनमा बसेको भन्दै घरटहरा भत्काएको छ हामिलाइ यहाँ बस्नु हुदैन भन्दै पत्राचार गरेको छ तर हामी अन्यत्र बस्नको लागि कुनै विकल्प छैन हामी सङ्ग अन्यत्र घर बनाउनका लागि जमिन छैन , सरकार ले गाँस बास र कपासको ब्यबस्थापन गर्न नसके पनि घाम पानीमा ओत लाग्ने ठाउँ दिए हामी ज्यालामजदुरी गरेर खाने बताए ।

यस्तै पहिरो पिडित सुनिता सार्कीले यहाँ बसेका छौ हावाहुरी आउँछ रुख आफ्नै टहराको माथी पर्छ कि भनी डर लाग्छ रातभरी निदाउन सकिँदैन , यस्तो जङ्गलमा बसेका छौ केटाकेटी स्कुल पठाउनका लागि पनि समस्या रहेको छ , खोलाको पानी खान बाध्य छौ ।आफुले रहरले नभै बाध्याताले जङ्गलमा बस्नु परेको छ।नेताहरुले चुनावको समयमा तपाइहरुको बासको ब्यबस्थापन गर्छौ भन्दै भोट मागे चुनाव जितेर कोहि फर्किएर आयन ।

पनेरुगडामा वन कार्यलयले पटक पटक आफुले बनाएका घरटहरा हटाएको छ तर पनि हामी यहाँ बस्न बाध्य छौ , दुई बर्ष अगाडि हटाएको थियो करिब ४सय ५० घरटहरा हटाइएको थियो ती सबै अन्यत्र ब्यबस्था गरे हामी २५ घर परिवार केही नभएकाले फेरि पनेरु गडामा बस्न आयको बताइन ।

तेस्तै पहिरो पिडित ललित बहादुर कार्किले भने वन कार्यलयले आफ्नो काम गरेको हो बन जङ्गल जोगाउनु उसको काम हो घरटहरा हटार जङ्गल बनाउनका लागि पटकपटक बस्तिमा रहेका आग्रह गरेको छ बनले त्यो भएर वन कार्यलय सङ्ग हाम्रो कुनै गुनासो छैन , गुनासो त केबल सुदूरपश्चिम प्रदेश सरकार सङ्ग छ पहिरो पीडित भएको ४ बर्ष बितिसक्दा पनि कतै बाट बासको लागि ब्यबस्थापन गरि दिएन , पटकपटक मुख्य मन्त्री कार्यलयमा पुगेका छौ ।हाम्रो गुनासो सुनेको छैन हामी अहिले खानाका अन्न नभएर केहिले भोकै त कहिले गिठा खान बाध्य छौ ।

स साना टहरा बसेर आफ्नो भबिस्य खोजी रहेकाका १२ वार्षिय रमेश कार्किले भने यहाँ नत बिधालय छ न त खानेपानी , हामी १ घन्टाको जङ्गलको बाटो हिडेर कुचैनिमा
पढ्न जाने गरेको बताए ।

वन कार्यलय ती २५ घरपरिवार लाई अन्यत्र ब्यबस्थापनका लागि सरोकारवाला पक्ष सङ्ग समन्वय गर्ने , अन्यत्र ब्यबस्थापन नहुदा सम्म केही समयका लागि बस्न दिने र अतिक्रमण हटाइएको खाली ठाउँलाई काडेतार सहितको घेरबार काम गरेको छ यहि आर्थिक बर्षमा बृक्षारोपण गर्ने निरन्तर रुपमा निगरानी बढाइने डिभिजन वन कार्यलय धनगढीका प्रमुख रामचन्द्र कडेलले बताए ।

उक्त जग्गामा खनजोत गरी बालिनाली समेत लगाइएको थियो । टाकँगडा र पनेरुगडामा दुई विद्यालय निर्माण गरिएका थिए । तर डिभिजन वन कार्यालय धनगढीको सक्रियतामा २०७९ जेठमा सबै घर टहरा हटाइए । डिभिजन वन कार्यालय धनगढीका प्रमुख केशव पराजुलीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन रक्षकसहितको टोलीले दुवै वनमा गरिएको अतिक्रमण हटाएको थियो ।

सुरुमा.चुरे गा.पा. वडा ४,५र ६ का २०७७ साल असोजमा वाढी पहिरो प्रकोप पीडितलाई विपद्‌ व्यवस्थापन समितिले केही समयका लागि आश्रय दिन त्यहाँ (चुरे – ४ मा) राखेको बताएको छ

बन्यजन्तुहरु हाती ,बाघको पुस्तेनी बाटो भएकाले बर्सेनि त्यो बाटो भयर बसन्ता जैविक मार्ग हुँदै दुधुवा नेसनल पार्क सम्मा ओहोरदोहोर गर्ने हुदा जैविक मार्गमै वन अतिक्रमण गरि घरटहरा बनाउदा उनिहरुको बासस्थान सङ्गै जैविक मार्ग नासिने गर्दछ ।
चुरे जस्तो संबेदनसिल ठाउँमा वन अतिक्रमण गरि बस्ती बसाउदा पछि तराईमा हुने असरका बारेमा जनचेतनाको कमिको कारण दिन प्रतिदिन चुरेको दोहन , चुरे क्षेत्र अतिक्रमणमा परेको छ ।

ताजा खबर

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Обеспечьте безопасность игорного заведения: Ваш обзор по безопасной и надежной игре

Приглашаем в наш всеобъемлющий путеводитель по защищенным онлайн казино.В этой статье мы изучим значимость безопасности, когда затрагивает игры на деньги в интернете и обеспечиваем вам

अझै पढ्नुहोस्