एसपिए र होलिल्याण्ड धनगढी कपको फाइनल प्रवेश

शेयेर गर्नुहोस


धनगढीमा जारी श्री कलेज धनगढी कप फुटवल प्रतियोगिताको उपाधिका लागी धनगढी स्थित सुदुरपश्चिमाञ्चल एकेडेमी र अत्तरिया स्थित होलिल्याण्ड सेकेन्ड्री स्कुल भिड्ने भएका छन् ।

धनगढी रगंशालामा आज भएको सेमि फाइनल खेलबाट सो दुई टिम फाइनलमा प्रवेश भएका हुन् । आज भएको पहिलो खेलमा सुदुरपश्चिमाञ्चल एकेडेमीले सैनिक आवासिय माध्यमिक बिद्यालय तेघरीलाई १–० गोल अन्तरले पराजित गर्दै आफ्नो फाइनल यात्रा तय गरेको हो ।

खेलको दोश्रो हाफमा सुदुरपश्चिमाञ्चल एकेडेमीका आयान मन्सुरीले गोल प्रहार गर्दै फाइनल यात्रा तय गर्न सफल भएका हुन् । सुदुरपश्चिमाञ्चल एकेडेमीको एक गोलका बिरुद्ध सैनिक आवासिय माध्यमिक बिद्यालयले ठुलो प्रयास गरेपनि सफल हुन सकेन । सुदुरपश्चिमाञ्चल एकेडेमीकै आयान मन्सुरी पहिलो खेलको म्यान अफ द म्याच बने ।


आजै भएको दोश्रो खेलमा धनगढी स्थित एलायन्स इन्टरनेश्नल स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै अत्तरियाको होलिल्याण्ड सेकेन्ड्री स्कुलले आफ्नो फाइनल यात्रा तय गरेको हो । खेलको पहिलो हापको १२ मिनेटमै होलिल्याण्डका राजु लामाले गोल प्रहार गरे । होलिल्याण्डका बिरुद्ध एलायन्सले गोल फर्काउन सकेन । दोश्रो खेलको म्यान अफ द म्याच पनि होलिल्याण्डका राजु लामा बने । यस संगै बिहिबार धनगढी कपको उपाधिका लागी यि दुई टिम भिड्ने छन् ।


१० बिद्यालय सहभागी प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार साथै मेडल , ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्था लिटल फ्लावर स्पोट्स एण्ड इभेन्ट प्रा.लीका अध्यक्ष रामचन्द्र शाहीले बताएका छन् । सर्वोत्कृष्ट खेलाडीले नगद ६ हजार, उत्कृष्ट गोलकिपरले नगद ३ हजार, उदयमान खेलाडीले नगद ३ हजार र प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ५ सयका साथै मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

धनगढी बजार लगाएर आसपास क्षेत्र जलमग्न

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

माघि पर्वमा तीन दिन विदा दिने निर्णय

टीकापुर/ कैलालीको कैलालरी गाउँपालिकाले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघीलाई नयाँ वर्षका रुपमा मनाउने थारू समुदायलाई लक्षित गरेर

अझै पढ्नुहोस्
समाचार

घण्टा घर सञ्चालनको तयारी हुँदै, एक हप्ता भित्र ठेक्का प्रकृयामा जान्छ: नगर प्रमुख थारु

टीकापुर / टीकापुर नगरपालिकाले वडा नं. १ मा बनेको घण्टा घर सञ्चालनको तयारी थालेएको छ । नगरपालिकाले ठेक्का प्रकृयाबाट घण्टा घर संचालनकाे तयारी गरेकाे हाे

अझै पढ्नुहोस्
समाचार

गतल मनसायबाट विनियोजित बजेट कार्यान्वयन हुन्न: मुख्यमन्त्री शाह

धनगढी/सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले गतल मनसायबाट विनियोजित बजेट कार्यान्वयन नहुँने धनगढीमा एक कार्यक्रममा बताए । शुक्रबार धनगढीमा नेपाल वन प्राविधिक संघ प्रदेश

अझै पढ्नुहोस्
समाचार

जन्मदिनको अवसरमा कार्यकारी सम्पादक न्युरेले गरिन भोजन दान

नेपाल प्रेस युुनियनकी केन्द्रीय सदस्या तथा कैलाली जिल्लामा लामो समयदेखि पत्रकारीता पेशामा आवद्ध जुझारु पत्रकार तथा हाम्रो यश अनलाइन कि कार्यकारी सम्पादक जमुना न्युरेले आफ्नो

अझै पढ्नुहोस्