एनएमबि बैंक फूलवारी शाखाद्वारा पाँच विद्यालयलाई सहयाेग हस्तान्तरण

शेयेर गर्नुहोस


धनगढी। एनएमबि बैंक  लिमिटेड फूलवारी शाखाले संस्थागत समाजिक उत्तरदायित्व अन्तरगत शैक्षिक सामाग्री  वितरण गरेको छ ।

धनगढी उपमहानगरपालिका- १८ फूलवारीमा रहेकाे शाखाले  पाँच विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेकाे हाे ।
जस अन्तरगत  धनगढी-१४ फूलवारी स्थित सिद्धार्थ  आधारभूत विद्यालय, पन्चाेदय माद्यामिक विद्यालय , सर्वाेदय माद्यामिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेकाे हाे ।

यस्तै धनगढी १८ का ईन्द्राेदय आधारभूत विद्यालय  र खप्तडी आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएकाे एनएमबि बैंक फूलवारी शाखाका प्रमुख करन धामीले जानकारी दिएका छन् ।

  शैशिक सामाग्री वितरण गरिएका पाँचै विद्यालयलाई  प्रति विद्यालय ५० हजारका दरले दुईलाख पचास हजार बराबरको शैक्षिक सामाग्री वितरण गरिएकाे शाखा प्रमुख धामीले जानकारी दिएका छन् ।


विद्यालयमै पुगेर शाखा प्रमुख धामी र बैंकका  सुदूरपश्चिम प्रदेश प्रमुख श्याम अधिकारीले संयुक्तरुपमा चेक हस्तान्तरण गरेका थिए । सामाजिक उत्तरदायित्व  अन्तरगत हरेक वर्ष बैंकले समुदाय स्तरमा सहयाेग गर्दै आएकाे  प्रदेश प्रमुख अधिकारीले बताए ।  विगत लामाे समय देखि एनएमबि बैंकले  धनगढीकाे ग्रमिणबस्तीमा रहेर सेवा प्रदान गर्दै आएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पथरिया र कर्णाली नदिमा घडियाल गोहीले बच्चा कोरले

धनगढी/कैलालीमा दुर्लभ घडियाल गोहीले बच्चा कोरलेका छन् । घडियालले कर्णाली र पथरैया नदीमा बच्चा कोरलेका हुन् । गत वर्ष एउटा घडियाल गोहीले पथरैया र काँढा नदीको दोभानमा

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टीको टीकापुरमा कार्यकर्ता भेटघाट तथा सम्पर्क कार्यालय उद्घाटन

अप्सरा बुढा,टीकापुर/नागरिक उन्मुक्ति पार्टीको टीकापुरमा कार्यकर्ता भेटघाट तथा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । मंगलबार कैलालीको टीकापुर नगरपालिका वडा नं. १ मा नागरिक

अझै पढ्नुहोस्
समाचार

स्थानीय तहमा काम गरेपछि मात्र कर्मचारीको बढुवा हुने

टीकापुर/ प्रदेश र स्थानीय तहमा एक कार्यकाल अर्थात् कम्तीमा दुई वर्ष सेवा गरेपछि मात्र कर्मचारीको बढुवा हुने भएको छ। सरकारले कर्मचारी समायोजन सम्पन्न गरे पनि प्रदेश

अझै पढ्नुहोस्
समाचार

बाघको आक्रमण बाट एक महिला घाइते

कञ्चनपुरमा जंगली जनावर बाघको आक्रमणबाट एक महिला घाईते भएकी छन् । घाइते हुनेमा जिल्लाको शुक्लाफाँटा नगरपालिका ५ खजुवाका ३० वर्षिय मानमती साउँद रहेकी छन् ।

अझै पढ्नुहोस्