एक दिने दात तथा कानको निशुल्क सिबिर सम्पन्न

शेयेर गर्नुहोस

हेमा श्री फाउन्डेसन नेपाल गौरीगंगा-६,बनबेहडा,कैलालीको आयोजना,सुदुर पश्चिम् डेन्टल अस्पताल,इन्प्याक्ट नेपालको सहकार्य तथा ६ न. वडा कार्यालयको समन्वयमा १ दिने कान तथा दाँतको नि:शुल्क चेकजाँच शिविर तथा फाउन्डेसनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।


सुदुर पश्चिम् डेन्टल अस्पताल अत्तरिया र इम्प्याक्ट नेपालको प्राविधिक सहयोगमा कानको १०३ तथा दाँतको १२० जना गरि निशुल्क जाँच शिविरमा ३१६ जनाले उपचार पाए ।
शिविरको प्रमुख अतिथि रहेका गौरीगंगा नगरपालिका नगर प्रमुखले देबिदत्त कडेँलले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको छ। नगर प्रमुखले स्वास्थ्य,शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर फाउन्डेसनले काम गरिरहेको बताउदै जेष्ठ नागरिक तथा बालबालिकाहरु देशको गहना हुन उहाँहरुको संरक्षण कार्यमा संस्थाले बढी जोड दिनुपर्ने औल्याए।

र आगामी दिनहरूमा फाउन्डेसनले आयोजना गर्ने हरेक सामाजिक कार्यहरूमा सहकार्य गर्दै सहयोग गर्ने बताए। विशिष्ट अतिथि खप्तड छान्ना गाँउपालिका अध्यक्ष जय बहादुर रोकायाले नि:शुल्क कान तथा दात जाँच शिविर फाउन्डेसनले आयोजना गरेर आफ्नो स्वास्थ अवस्था बारे सेवाग्राहीले थाहा पाउने भन्दै धन्यवाद ब्यक्त गर्नु भएको थियो।
शिबिरमा दातको जाँच गराएका बिरामीको उपचारमा २५ प्रतिशत सहुलियतमा उपचार पाउने डेन्टलका डा.रोशन भट्टले बताए।
उक्त अवसरमा वडा अध्यक्ष टेक बहादुर कुँवर,आधारभुत स्वास्थ केन्द्र प्रमुख गणेश उपाध्याय,वडा सदस्यहरु,ईलाका प्रहरी कार्यालय प्रमुख,पुर्ब वडा अध्यक्ष कमला शर्मा, अमर माध्यमिक बिधालय,कैलाली भिजन स्कुल,भैरब प्राबी बिधालयका शिक्षक प्रतिनिधि,विद्यार्थी तथा अभिभावकहरु र संघ संस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो। हेमा श्री फाउन्डेसन नेपाल सामाजिक क्षेत्रमा क्रियाशिल तथा बालबालिका,जेष्ठ नागरिक र अशक्त नागरिकहरुको संरक्षण गर्ने,उहाँहरुको लागि पौरबी गर्ने सामाजिक संस्था हो।
हेमा श्री फाउन्डेसन नेपालका कार्यबाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) ज्यु को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव चक्रजित रावलले गरेका थिए।

ताजा खबर

Recognizing the Relevance of a Housing ESA Letter

Free Casino Slot Games – Using Your Smartphone to Try Before You Purchase

Online Slot Bewertung – Vermeide Online-Slots Mit Gutem Platz Platz Haben

Free Gambling Establishment Slots: The Ultimate Guide to Enjoyable and Exhilaration

सम्बन्धितखवर

छुटाउनु भयो कि !