उद्घोषण कला सम्बन्धित चार दिने तालिम सम्पन्न

शेयेर गर्नुहोस

कैलालीको धनगढीमा उद्घोषण कला सम्बन्धित चार दिने तालिम सम्पन्न भएको छ। जागृति फाउन्डेसनको कार्यालय तारानगरको आयोजना मा धनगढी कैलालीमा तालिमको सञ्चालन भएको थियो ।

कार्तिक ७ गतेबाट सुरु भएको तालिम १० गतेसम्म सञ्चालन भएको हो । कार्यक्रमको मुख्य प्रशिक्षकका रूपमा दुर्गाराज पाण्डे रहनुभएको थियो। समापन कार्यक्रममा बोल्दै मुख्य प्रशिक्षक पाण्डेले चार दिनको उद्घोषण कला तालिमले सहभागीहरूमा भाषण कला र व्यक्तित्व विकासमा सकारात्मक परिवर्तन आएको बताउनुभयो।


चार दिने प्रशिक्षण प्राप्त भइसकेपछि आफूहरूको क्षमता अभिवृद्धि भएको सहभागीहरूको प्रतिक्रिया रहेको छ। जागृति फाउन्डेसनका सदस्य पदमराज भट्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण धनीराम नेपालीले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूरपश्चिम प्रदेशस्तरिय दुई दिने मानवअधिकार रक्षक सम्मेलन सप्पन्न

जमुना न्युरे,धनगढी/ कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरिय दुई दिने मानवअधिकार रक्षक सम्मेलन सप्पन्न भएको छ ।मानवअधिकारको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश

अझै पढ्नुहोस्
समाचार

हरेक वर्ष जस्तै यस बर्षको जलपन्छी गणना आज देखि सुरु

जमुना न्युरे,धनगढी /रेक बर्ष जस्तै यश बर्षको जलपन्छी गणना देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपन्छी गणना कार्य गरिने भएको छ।

अझै पढ्नुहोस्
Highlights

तरकारी विक्री गर्न नपाएपछि कृषकहरुले हाटबजारमै फाले तरकारी

धनगढी /धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको त्रिनगर कृषि हाटबजारमा स्थानीय तरकारीहरु फालिएका छन् । हाटबजारमा पुगेका कृषकहरुको परिचयपत्र नजविकरण नभएको भन्दै नगर प्रहरीले

अझै पढ्नुहोस्
समाचार

जानकी गाउँपालिकाका बन्द रहेका सामुदायिक विद्यालय भदौ २६ गते देखि खुल्ने

जानकी/जानकी गाउँपालिकाका बन्द रहेका सामुदायिक विद्यालय खाेल्ने निर्णय भएको छ ।भदौ २४ गते गाउँपालिकाका अध्यक्ष गणेश चाैधरीकाे अध्यक्षतामा सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरुकाे बैठकले बन्द

अझै पढ्नुहोस्