इजाजत प्राप्त हातहतियार चैत मसान्तभित्र बुझाउन प्रशासनकाे आग्रह

शेयेर गर्नुहोस

टीकापुर/ जिल्ला प्रशासन कार्यालय कैलालीले चैत मसान्त भित्र इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन इजाजत प्राप्त हातहतियारहरु २०७८ चैत मसान्तसम्म बुझाउन आग्रह गरेको हो । जिल्ला भित्र रहेका हातहतियारहरु नजिकको प्रहरी इकाइमा बुझाउन हातहतियार धनीलाई अनुरोध गर्ने चैत १० गते केन्द्रीय सुरक्षा समितिको बैठकले निर्णय गरेको थियो ।

स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण, मर्यादित एवं भयरहित बनाउनका लागि प्रशासनले इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी किरण थापाले जारी गरेको सूचनामा इजाजत लिएर घरमा राखिएका बन्दुक जस्ता हातहतियार निर्वाचन सकिएपछि सम्बन्धित व्यक्तिलाई फिर्ता दिनेगरी बुझाउन भनिएको हो । निर्वाचनमा शान्तिपूर्ण वातावरण तयार गरी भरपर्दो र विश्वसनीय बनाउन भन्दै प्रशासनले चैत मसान्तभित्र पायक पर्ने नजिकको प्रहरी इकाईमा लगेर हातहतियार बुझाउन अनुरोध गरिएको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नेपाली कांग्रेसको आयोजनामा धनगढीमा १११ औं बीपी जन्मजयन्ती कार्यक्रम सम्पन्न

धनगढी, २५ भदौ – नेपाली कांग्रेस सूचना सञ्चार तथा प्रचार प्रसार शाखाको आयोजनामा आज धनगढीमा १११ औं बीपी कोइराला जन्मजयन्ती भव्य रुपमा मनाइएको छ। सो

अझै पढ्नुहोस्
समाचार

धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय महिलावादी मञ्च २०८० हुने

जमुना न्युरे,धनगढी/धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय महिलावादी मञ्च २०८० हुने भएको छ ।‘न्याय, समानता र पर्यावरणीय अधिकारको सुनिश्चितता : सामाजिक रुपान्तरण सहितको दिगो विकासमा सुनिश्चितता’ भन्ने

अझै पढ्नुहोस्
समाचार

खक्रौला पुलपारि दुई वर्ष देखि बन्द रहेका पसलहरु संचालनमा

कोरोना भाइरसको महामारी फैलिए पछि नेपालमा लकडाउन र नाकाबन्दी संगै दुई वर्ष देखि बन्द रहेका खक्काैला पुलपारीका पसलहरु नाका खुलेसंगै सन्चालनमा आएका छन् । हाल

अझै पढ्नुहोस्
समाचार

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीको प्रयोगशालामा कैफियत

धनगढी । खाद्य तथा दानालगायत विभिन्न वस्तुको मापदण्ड एवं गुणस्तर जाँच गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी प्रयोगशालाको मापदण्डमै कैफियत देखिएको छ ।

अझै पढ्नुहोस्