आर्थिक विकासका लागि प्रदेश र स्थानीय तहबिच समन्वय आवश्यकः मन्त्री चौधरी

शेयेर गर्नुहोस

धनगढी/सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले धनगढी भएको एक कार्यक्रममा प्रमुख अतिथिको आशन बाट बोल्दै भने समग्र आर्थिक विकासका लागि उद्योग, व्यवसायको विकासमा ध्यान दिनुपर्ने यश प्रदेशको आर्थिक वृद्धिका लागि उद्योग वा कुनै व्यवसायमा जोड दिन आवश्यक पर्छ, उद्योगका लागि चाहिने जनशक्ति, प्राकृतिक श्रोत सम्पदाको अधिकतम् उपयोग गरेर हुने उत्पादन, त्यो उत्पादनको बजार प्रर्बद्धनमा हाम्रो ध्यान जान जरुरी छ’ मन्त्री चौधरीले भने ‘यसका लागि स्थानीय तह र प्रदेशबिच समन्वय हुन आवश्यक छ, आर्थिक, व्यावसायिक वातावरण बनाउन प्रदेस सरकार सहजीकरण तत्पर छ ।’

कैलालीको धनगढीमा आयोजित जिल्लाका स्थानीय तहका आर्थिक विकास समितिको अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सुदूरपश्चिममा रहेको प्राकृतिक श्रोत साधनको उचित सदुपयोग हुन नसक्दा यहाँको आर्थिक विकासले गति लिन नसकेको बताए । 

‘सुदूरपश्चिममा ५६ प्रतिशत क्षेत्र वन, जंगलले ढाकिएको छ, यहाँ वन, जंगल, नदी नाला, प्राकृतिक ताल तलैयाहरु पर्याप्त छन्, ती श्रोतहरुको प्रत्यक्ष सम्बन्ध स्थानीय तहसँग रहेको छ, अहिले पनि हामीले प्रदेश र स्थानीय तहले राजश्व बाँडफाँड गरिरहेका छौं, यसका लागि प्रदेश र स्थानीय सरकारको तारतम्यता एकै हुनुपर्छ’ मन्त्री चौधरीले भने ‘हाम्रा कतिपय नीति, नियम र कानुनहरुमा समस्याहरु छन्, त्यसको समाधान खोजेर प्राकृतिक श्रोत सम्पदालाई उपभोग गर्ने गराउने वातावरण बनाउन सके मात्रै स्थानीय उत्पादन, स्थानीय सीप, श्रोत साधन र जनशक्तिले बजार पाउन सक्दछ ।’

स्थानीय सरकारले निर्माण गर्ने कार्यक्रमहरु आर्थिक विकासमा जोड दिँदै दलित, महिला, एकल महिला, आदिबासी जनजाति आदि नागरिकको आर्थिक सबलीकरण हुने गरी तय गर्नुपर्नेमा मन्त्री चौधरीको जोड थियो । 

जिल्ला समन्वय समिति कैलालीका समन्वय प्रमुख टीकाकुमारी चौधरी भुलले स्थानीय तहले भौतिक विकासमा मात्रै जोड दिँदै नागरिकहरुको आर्थिक स्थितिमा सुधार हुन नसकेको बताए  ।

‘हाम्रा स्थानीय तहहरुको ध्यान भौतिक पूर्वाधारको विकासमा मात्रै बढी केन्द्रित छ’ समन्वय प्रमुख भुलले भनिन् ‘भौतिक विकासको सँगैसँगै जनताको आर्थिक स्थिति सुधारका लागि आर्थिक विकास हुन जरुरी छ, हामीले यसमा ध्यान दिनैपर्छ, यसका लागि सबै स्थानीय तहका आर्थिक विकास समितिको सक्रियता आवश्यक छ ।’ 

समन्वय प्रमुख भुलको अध्यक्षतामा भइरहेको अभिमुखीकरण कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव डाक्टर गोपीकृष्ण खनाल र कमिटेड नेपालका परियोजना व्यवस्थापक अनिरुद्र न्यौपानेले सहजीकरण गरिरहेका छन् । कार्यक्रममा कैलालीका १३ वटै पालिकाका स्थानीय आर्थिक विकास समितिका संयोजक, महिला सदस्य र सदस्य सचिवहरुको सहभागिता रहेको छ । 

जिल्ला समन्वय समिति कैलालीको समन्वयमा भइरहेको अभिमुखीकरण कार्यक्रम कमिटेड नेपालको प्राविधिक तथा द एसिया फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालन भएको हो ।

ताजा खबर

Svätá Hra Kvetínka v Kasíne Candyland

Spielautomaten-Abenteuer im LazyBar Casino

The High Stakes Experience at Menace Casino

Echtgeld Slotmaschinen im Cruisino Casino an Bord

Spielautomaten des Buches im Bet Casino

Glücksspiel-Herausforderung im Betflare Casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !