आज राति १ बजेर १९ मिनेटमा चन्द्रग्रहण लाग्ने, ग्रहण २ बजेर ३८ मिनेटमा मोक्ष हुने

शेयेर गर्नुहोस

टीकापुर/आज शनिवार राति खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज राति १ बजेर १९ मिनेटमा सुरु हुने ग्रहण २ बजेर ३८ मिनेटमा मोक्ष हुने जनाएको छ ।
समितिका अनुसार चन्द्रग्रहणको सुतक दिउँसो ४ बजेर १९ मिनेटदेखि सुरु हुनेछ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए । ग्रहणको समयमा बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।


ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ। ग्रहणका बेला गर्नु हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ।


यस्तै, ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ। ग्रहणका समयमा नित्य कर्ममा कुनै बाधा नहुने समितिले जनाएको छ । २०८० सालमा यो एउटामात्रै ग्रहण भएको समितिले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्रदेश सरकारले आफै घोडाघोडी पन्छी अभय आरण्य क्षेत्र घोषणा गर्‍यो कार्यक्रम ल्याएन

सुखड/सुदूरपश्चिम प्रदेश सरकारले पन्छीको वासस्थान संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले घोडाघोडी ताललाई मिति २०७८ साल फागुन २७ गते तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टले ठुलै तामछाम

अझै पढ्नुहोस्
समाचार

मेलमिलाप सम्बन्धि तालिम सुरु

जमुना न्युरे,सुखड/ कैलाली जिल्लाको गौरीगंगा नगरपालिका न्यायिक समिती चौमाला,कैलालीको आयोजना तथा नेपाल मेलमिलापकर्ता समाजको प्राबिधिक सहयोगमा सामुदायिक मेलमिलाप सम्बन्धि ८ दिने आधारभूत तालिम चौमालामा सुरु

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिममा एमालेका सबै पदाधिकारी सर्वसम्मत

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सवै पदाधिकारी सर्वसम्मत भएका छन् । अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालिबहादुर शाही , सचिबमा कैलालीका रणबहादुर

अझै पढ्नुहोस्
समाचार

राष्ट्रिय माध्यमिक विद्यालय सुखडको २ बिघा जमिन व्यापारी तथा ठुलाबडाको कब्जामा 

सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको २ बिघा जमिन विगत २२ वर्ष देखी व्यापारी तथा ठुलाबडा भनाउदाहरुको कब्जामा रहेको तथ्य फेला परेको

अझै पढ्नुहोस्