आज धनगढीबाट सुदूर पहाडका तीन जिल्लामा परीक्षण उडान हुने

शेयेर गर्नुहोस

धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले समिट एयरको विमान सुरुमा नेपालगञ्जबाट धनगढी आउने र त्यसपछि धनगढीबाट तीन जिल्लामा परीक्षण उडान हुने जानकारी दिए। परीक्षण उडानको उद्घाटनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई धनगढी आउन लागेको बुढथापाले बताए।

सुरुमा धनगढी–बैतडी परीक्षण उडानको उद्घाटन गर्ने कार्यक्रम तय भएको उनले जनाए। त्यसपछि डोटी र बझाङ पुगेर मन्त्री भट्टराईले नै परीक्षण उडानको उद्घाटन गर्नेछन्। अहिले धनगढी–बाजुरा चार्टड उडान भईरहेको  छ।

परीक्षण उडान सफल भए विमान कम्पनीलाई धनगढीलाई बेस बनाएर पहाडी जिल्लामा उडान सुरु गर्न आह्वान गरिने धनगढी विमानस्थल कार्यालयले जनाएको छ।

धनगढी विमानस्थलका प्रमुख बुढथापा अहिले डोटीमा छन्। बर्षाैदेखि बन्द रहेका सुदूरपश्चिमका पहाडी जिल्लाका विमानस्थालको पुनःनिर्माण काम सकिएसँगै परीक्षण उडानको तयारी थालिएपछि प्रदेशमा उत्साह बढेको हो।

अहिले सुदूरपश्चिमका पहाडी जिल्ला गुणस्तरिय स्वास्थ्य सेवा नहुँदा धेरैले अकालैमै ज्यान गुमाउनुपर्ने अवस्था छ। सडक मार्गबाट प्रदेशको अस्थायी राजधानी धनगढी पुग्न निकै समय लाग्ने गरेको छ।

बन्द अवस्थामा रहेका पहाडी जिल्लाका विमानस्थलमा हवाई सेवा सञ्चालन भए स्वास्थ्य सेवामा समेत पहुँच सहज हुने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कांग्रेशले ४२ औँ बिपी स्मृती दिवस मनाइयो

धनगढी/नेपाली कांग्रेस कैलालीले विभिन्न कार्यक्रम गरी ४२ औँ बिपी स्मृती दिवस मनाएको छ । नेपाली कांग्रेस कैलालीले  १० ओटा  प्रदेश क्षेत्रीय कार्य समितिमा विविध कार्यक्रम

अझै पढ्नुहोस्
समाचार

घण्टा घर सञ्चालनको तयारी हुँदै, एक हप्ता भित्र ठेक्का प्रकृयामा जान्छ: नगर प्रमुख थारु

टीकापुर / टीकापुर नगरपालिकाले वडा नं. १ मा बनेको घण्टा घर सञ्चालनको तयारी थालेएको छ । नगरपालिकाले ठेक्का प्रकृयाबाट घण्टा घर संचालनकाे तयारी गरेकाे हाे

अझै पढ्नुहोस्
कला-साहित्य

देउडा प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ कलाकार दल बहादुर बोगटीको उपचारको क्रममा निधन

धनगढी,३ असोज । देउडा प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ कलाकार दलबहादुर बोगटीको उपचारको क्रममा निधन भएको छ। भदौ ३१ गते राति हाइस् दुर्घटनामा परेर घाइते भएका

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिम सरकारका वन मन्त्री बस्दैनन् मन्त्रालयको मन्त्रीनिवासमा

धनगढी, १८ मंसिर / सुदूरपश्चिम सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरी मन्त्रालय ले दियको आवास गृहमा नबसेरै आफ्नो घर टीकापुरबाट ओहोर

अझै पढ्नुहोस्