असफल कामको निरन्तरता होइन, क्रमभंगता आवश्यक छ – सभामुख अर्याल

शेयेर गर्नुहोस

धनगढी/प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसद र सरकारले काम गर्दा निरन्तरता होइन, क्रमभंगता गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

अन्तरव्यवस्थापिका सम्मेलन २०८३ को शनिबार टीकापुरमा उद्घाटन गर्दै सभामुख अर्यालले यस्तो बताए ।
उनले भने हामिले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ। असफल कामलाई निरन्तरता होइन, क्रमभंगतामा जानुपर्छ।”

सभामुख अर्यालले सङ्घीय संसदमा सबै प्रदेशका सभामुख र उपसभामुख सहभागी हुने यस प्रकारका कार्यक्रमले नतिजामूलक उपलब्धि दिनुपर्ने र त्यसको प्रतिफल नागरिकले स्पष्ट रूपमा थाहा पाउनुपर्ने बताए ।

उनले संविधानले तीन तहका सरकारबिच समन्वय, सहकार्य र सहअस्तित्वको परिकल्पना गरेको उल्लेख गर्दै राष्ट्रलाई अघि बढाउन अघिल्लो पुस्ताको अनुभव र बलिदानको सम्मान गर्दै जेनजी पुस्ताको भावना समेटेर अघि बढ्नु आजको आवश्यकता भएको बताए ।

कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले यसअघिका सम्मेलनमा गरिएका घोषणाहरूको कार्यान्वयन अवस्था र सङ्घीय तथा प्रदेश व्यवस्थापिकाले गर्न नसकेका काम तथा स्थानीय तहको भूमिका छुटेको विषयमा समीक्षा हुनुपर्ने बताए ।

सुदूरपश्चिम प्रदेशको टीकापुरमा सुरु भएको एघारौँ अन्तरव्यवस्थापिका सम्मेलनमा सङ्घीय संसदका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, मधेश प्रदेशबाहेकका प्रदेश सभाका सभामुख तथा उपसभामुखहरू, सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरू, सङ्घ र प्रदेश व्यवस्थापिकाका सचिव तथा सहसचिवहरू र सुदूरपश्चिम प्रदेशस्थित सुरक्षा संयन्त्रका प्रमुखहरू सहभागी हुनुहुन्छ।

सङ्घीयता कार्यान्वयनका लागि सङ्घीय संसद र प्रदेश सभाबीच प्रभावकारी समन्वय, सहयोग, सहकार्य र सहअस्तित्व सुदृढ गर्ने उद्देश्यसहित सुरु भएको सम्मेलन दुई दिनसम्म चल्ने सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेश सभा सचिवालयको व्यवस्थापन तथा अन्तरव्यवस्थापिका मञ्चको आयोजनामा सम्मेलन गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Exklusive Einblicke und der interwetten bonus code aktuell für maximale Erfolgschancen beim Sporttipp

Genuine strategies and insights regarding fair go online casino gameplay and bonuses

Remarkable journeys unfold along Chicken Road Australia offering unique perspectives

Abenteuerliche Routenplanung mit chicken road casino für einzigartige Geländetouren

Psychologický vliv a chicken road game – odvážná strategie pro každého řidiče

Strategic planning for success with chicken road casino and optimal betting insights

सम्बन्धितखवर

छुटाउनु भयो कि !

मनोरंजन

चलचित्र काँडेतार को च्यारिटी शो माघ २०मा धनगढीमा हुने

जमुना न्युरे,धनगढी/राष्ट्रबादी नेपाली  चलचित्र काँडेतार को च्यारिटी शो हुने भएको छ । माघ २० गते धनगढी को एसटीएस सिनेमा हलमा प्रदर्शन हुने भएको हो ।

अझै पढ्नुहोस्