अलमलमा सामुदायिक वन ,कस्ले काट्यो सामुदायिक वन परिषर तीन वटा सालको रुख

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी /कैलाली जिल्लाको भजनि नगरपालिका वडा ९ मा पर्ने आमवारी मा रहेको सयपत्री सामुदायिक बन क्षेत्रमा हरियो सालको रुख काटियका छन् । सयपत्री सामुदायिक वन उपभोक्ता समुहले डिभिजन वन कार्यलय पहलमानपुरलाई पत्राचार गरि सयपत्री सामुदायिक वनको नया सिमाङ्कन अनुसारको सिमरेखा गरिदिन र समुहमा भयको अतिक्रमण हटाइदिनका लागि अनुरोध गरेको थियो ।

पत्र अनुसार अतिक्रमण गरि बनायका घर टहरा , लगएको बाली हटाउनका लागि सामुदायिक वनले पटक पटक सूचना र मासिक बैठकमा निर्णय गरि सब डिभिजन वन कार्यलय पचमुडिया मार्फत डिभिजन वन कार्यलय पहलमानपुरलाई आग्रह गरेको छ।

डिभिजन वन कार्यलयले सामुदायिक वनको पत्राचार अनुसार अतिक्रमण गरि लगायका बालीनाली र फलफुल हटाउनका लागि सूचना जारी गरेको थियो ।

सामुदायिक वन उपभोक्ता समूह र डिभिजन वन कार्यलय पहलमानपुले सयुक्त रुपमा सयपत्री सामुदायिक वनमा अतिक्रमण गरि नर्सरी रुपमा प्रयोग गर्दै जित बहादुर बडैयाले करिब ३ हेक्टर जमिनमा लगायका आँप , अम्बा , मेवा लगायत विभिन्न जातका स साना बुट्यानहरु काटी मिति २०८०/६/१० गते बिहान अतिक्रमण जमिन खाली गराएको थियो ।

सामुदायिक वन र डिभिजन वन कार्यलयले बिहान अतिक्रमण हटायकै क्षेत्रमा सोही दिन राती हरिया सालका रुख काटिएका छन् ।
सामुदायिक वनका वन हेरालु शेर बहादुर बडैलाले भने हामिले हरुले अतिक्रमण गरि लगायका स साना बुट्यान काटेको रिसमै यति ठुला साल तीन वटा सालका रुख काटिए ।
यी रुख हामी सामुदायिक वन र वन कर्मचारीहरुलाइ फसाउने उदेश्यले काटिएको हो ।तर यी रुख कसले , किन काटेको हो भनेर किटान गर्न सकिएको छैन ।

यता सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष समेत रहेका जित बहादुर बडैलाले सामुदायिक अतिक्रमण गरि लगायका रुख काटिए पछि त्यहा सामुदाय वनका अध्यक्ष लगायत कार्य समितीमा रहेका ब्यक्तिहरु , गाउँका भल्मन्सा , चिराकी लगायका लाई ९८१५७२१४८८ को फोन बाट ज्यान मार्ने सम्मको धम्कि दिएको सामुदायिक वनका अध्यक्ष पदम बहादुर थारुले बताए ।
सालको रुखहरु बाटोको छेउ बस्ती नजिकै काटिएको छ ५०० मिटरको दुरिमा गजहुवा प्रहरी चौकी र वडा न ९ कार्यलय रहेको छ ।घट्नाको बारेमा बुझ्दा गजहुवा प्रहरी चौकिका प्रमुख प्रहरी सहायक निरीक्षक (असइ )दिपक पन्तले भने हामी गस्तीमा गयकोले रुख काटिएको आवाज सुनेनौ बिहान मात्र घट्नाको बारेमा थाहा पाएको र सामुदायिक वनका पदाधिकारीले जिउ ज्यानको सुरक्षा गरि पाउ भनी निवेदन हाम्रो कार्यलयमा दिएको बताए ।

सामुदायिक वनले अतिक्रमण गरि लगायको बडैलाको मात्र हटाइएको होइन दान बहादुर चौधरी , गोकुल रोक्कामगर ,शिव बि .क , मिना बिष्ट , सहबिरे आलेमगर, तिलक बि क , लक्ष्मण चौधरी , दिपक चौधरी ,राम बहादुर चौधरी लगायतका अतिक्रमण गरि लगायको बालिनाली हटाएर समुहले काडेतारले घरेबार गरिको वन हेरालु बडैलाले जानकारी दिए ।

वन क्षेत्र अतिक्रमण गरि बनाएको नर्सरीका प्रमुख जित बहादुर बडैलालाई डिभिजन वन कार्यलय पहलमानपुरले कारबाहिका लागि असोज २३ गते मङगलबार धनगढी स्थित सुरक्षा साखामा पुर्‍याको थियो ।
मङलबार दिउँसो १ बजेको समयमा मन्त्री धामी आफै सुरक्षा साखामा पुगि त्यहाँ रहेका कर्मचारीहरुलाइ गाली गलोज गर्दै बडैलालाइ निकालेर लिययर गयका हुन ।
बडैलाले गाउले तथा सामुदायिक बन पदाधिकारीलाई ज्यान मार्ने धम्कि दिदा समेत कारबाही गर्नुको सट्टामा घटना बाट उमकाउन खोज्दै मन्त्री धामी।

यता मन्त्री धामीलाई सम्पर्क गर्दा भने बडैलाले गरेको अतिक्रमण पुरानो भयकाले छलफल गरेर घर पठाइएको यो घट्नाले कर्मचारीलाई फिल्डमा कामकाज कसरी गर्छन् भन्ने प्रश्नमा मन्त्री धामीले कर्मचारीले कामगर्न सक्दैन भनेर मन्त्रालयको सचीव , राज्यमन्त्री र मलाइ भन्नू पर्‍यो भन्ने जबाफ दिएका छन् ।
बडैला २०७६ साल असोजको महिना काठ चोरी मुद्दामा प्रकाउ परि बनको हिरासत बाट भागेका थिए ,
बन कार्यलयले अदालत बाट प्रकाउ पुर्जी जारी गरेको छ बडैलालाइ अदालतको नियम अनुसार जुनसुकै बेला ,जुनसुकै अवस्थमा प्रकाउ गरि वन ऎन २०७६ अनुसार कानुनी कारबाही गर्न सक्ने ब्यबस्था रहेको छ
यो दोस्रो पटक पनि मन्त्री धामिले कारबाही गर्नु सट्टा भगाएका छन् ।
बडैला नेकपा माओवादी पार्टीका निकटका भएकाले बुझिएको छ , मन्त्रीले पुरानो अतिक्रमण नहटाउने भन्दा पनि आफ्ना पार्टी कार्यकर्ता भएकाले भगाइको स्रोतले बताएको छ ।

यता घट्नाको बारेमा सुदूरपश्चिम प्रदेश उधोग पर्यटन बन तथा वातावरण मन्त्रालयका सचीव जीव राज पौडेलले घटनाको बारेमा लिखित रुपमा जानकारी केही नआयको बताए ।

ताजा खबर

The Ultimate Guide to Neospin Official: Everything You Need to Know

Mummyland Treasures: почему казахстанцы выбирают этот слот

Free Online Slot Games – How to Win Real Money at Home

Les Machines Électroniques de Hasard du Ludothèque Spinrise Casino

Overview of Stardust Casino Gaming Services and Facilities.

Understanding Nitro Casino: A Guide to Online Gaming Options

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

परराष्ट्रमन्त्री देउवा द्वारा कैलालीको चिसापानीमा केबलकारको शिलान्यास

धनगढी/परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेस नेतृ आरजु राणा देउवाले आज कैलालीको चिसापानीमा निर्माण गर्न लागिएको केबलकारको शिलान्यास गरेकी छिन । झण्डै ७ अर्बको लगानीमा निर्माण गर्न

अझै पढ्नुहोस्
समाचार

संस्कृति जोगिए मात्रै पहिचान जोगिने : काँग्रेस केन्द्रीय सदस्य डा. जीवन राना

जमुना न्युरे/नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. जीवन रानाले संस्कृति जोगिए मात्रै पहिचान जोगिने बताएकी छन् । नेपाल राना थारु युवा समाजले बुधवार काठमाण्डौमा आयोजना गरेको

अझै पढ्नुहोस्