अब धनगढी दौडिन्छ’ बिजेतालाई ७५ हजार पुरुस्कार

शेयेर गर्नुहोस

धनगढी/जेसिज नयाँ वर्षको दिन धनगढीमा आयोजना हुने ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगिताको तयारीमा जुटेको छ । धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक धनगढी जेसिजले बैशाख १ गते हुने ‘अब धनगढी दौडिन्छ’ को तयारीमा जुटेको जनाएको छ ।

धनगढी जेसिजले आयोजना गर्न लागेको २०८२ बैशाख १ गते गर्न लागेको  ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगिता ११ औं संस्करण हो । धनगढी जेसिजल सन् २०१४ बाट यो प्रतियोगिता नियमित रुपमा नयाँ वर्षको दिन आयोजना गर्दै आइरहेको छ ।

प्रतियोगिता १० औं संस्करणदेखि नेपाल एथलेटिक्स संघबाट स्वीकृत प्राप्त गरिसकेको आयोजकले जनाएको छ । हाफ म्याराथनको विजेताले नगद ७५ हजार, उप–विजेताले ५० हजार र तेश्रो हुनेले नगद २५ हजार प्राप्त गर्नेछन् । हाफ म्याराथन धनगढी रंगशालादेखि सुरु भएर गेटास्थित मनेहरा पुल हुँदै पुनः धनगढी रंगशाला पुगेर समापन हुने संयोजक दिपक गौतमले बताउनुभयो ।

यस्तै, प्रतियोगिता अन्तर्गत महिलातर्फ तथा कर्पोरेट र संचारको ५ कि.मी. दौड आयोजना गरिनेछ । संयोजक गौतमका अनुसार विजेताले ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् भने उप–विजेताले ५ हजार र तेस्रो हुनेले २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

खुल्लातर्फको दूरी २१।१ किलोमिटर रहने जनाइएको छ । खुल्लातर्फको प्रतिस्पर्धीहरुले धनगढी रङ्शालाबाट दौडेर धनगढी बजार हुँदै गेटा पुगेर पुनस् रङगशालामा आउने जनाइएको छ । खेलकुदको माध्यमबाट युवालाई विकासमा प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुदै आएको प्रतियोगितामा धावक नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको सहभागिता हुने आयोजकले जनाएको छ ।

नयाँ वर्ष २०८१ का अवसरमा आयोजित हाफ म्याराथन प्रतियोगितामा मुकेशबहादुर पाल प्रथम भएका थिए । उनले २१ किलोमिटर दूरीको हाफ म्याराथन एक घण्टा सात मिनेट ५७ दशमलव ३५ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

भाेली शनिबार बडघर / भलमन्सा सम्मेलन हुने

टीकापुर/ कैलाली टीकापुर नगरपालिकामा बडघर सम्मेलन हुने भएको छ । भाेलि असाेज २३ गते शनिवार टीकापुरमा वडघर सम्मेलन हुने भएको हाे । टीकापुर नगरपालिका वडा

अझै पढ्नुहोस्
समाचार

बषातको समयमा डुङ्गा बाट वारपार गर्नु पर्ने बाध्यता कैलालीमा

धनगढी/कैलालीको मोहना नदी पारिका जनताले वारपारका लागि अझै पनि डुङ्गाको भर पर्नु बाध्यता रहेको छ । कैलारी गाउँपालिका–३ स्थित मोहनपुर र शिरत्नपुर गाउँका स्थानीय ज्यान जोखिममा

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा बरघर/ भलमन्सा सम्मेलन सम्पन्न, बरघर प्रथाले कानुनि मान्यता पाउने

टीकापुर/ कैलाली टीकापुर नगरपालिकामा बरघर/भलमन्सा सम्मेलन सम्पन्न भएको छ । शनिवार एक भव्य कार्यक्रमका बिच टीकापुरमा वरघर सम्मेलन भएको हाे । प्रमुख अथिति रावलले वरघर/भलमन्सा

अझै पढ्नुहोस्
समाचार

सालको चिरान काठ सहित एक जना प्रकाउ

सुखड/कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा ४ जल्के राष्ट्रिय बन बाट सब डिभिजन बन अत्तरिया बाट गएको गस्ती टोलिले हरियो सालको रुख काटी चिरान गर्दै गरेको

अझै पढ्नुहोस्