भूकम्प प्रभावित क्षेत्रका लागि कांग्रेसले केन्द्रीय स्तरबाटै रणनीति बनाउनुपर्छ : नैनसिंह महर

शेयेर गर्नुहोस

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले भूकम्प पीडितका समस्या समाधानमा सरकार सुस्त देखिएको अवस्थामा कांग्रेस सक्रिय बन्नुपर्ने धारणा व्यक्त गरेका छन्।

विश्व शौचालय दिवसको अवसरमा सामाजिक सञ्जालमा धारणा राख्दै नेता महरले अहिलेसम्म सरकारले अपेक्षित रूपमा काम गर्न नसक्दा आमनागरिक कठ्यंग्रिएर मर्नु पर्ने अवस्था आइरहेको टिप्पणी गर्दै यस्तो अवस्थामा कांग्रेस चुप लागेर बस्न नहुने बताए। दिगो विकास लक्ष्य ६ को उद्देश्य सबैका लागि पानी र सरसफाइको उपलब्धता तथा दिगो व्यवस्थापन सुनिश्चित गर्नु हो। विशेष गरी अझै पनि ६.२ प्रतिशत नागरिक खुला स्थानमा दिसा गर्न बाध्य रहेको र दिगो विकास ६ को उद्देश्य त्यसलाई अन्त्य गर्दै सरसफाइ र स्वच्छतामा पहुँच प्रदान गर्ने हो,’ नेता महरले भने।

सरकार सबै जनताको अभिभावक भएको बताउँदै उनले जाजरकोट, रुकुम पश्चिम, बझाङलगायतका क्षेत्रमा गएको भूकम्पका कारण जनताले ठूलो सास्ती खेप्नु परिरहेकोमा त्यहाँ सरकारको उपस्थिति न्यून देखिएको टिप्पणी गरे। ‘सात जनाले चिसोका कारण ज्यान गुमाएका समाचार आइरहेका छन्। यस्तो अवस्थामा सरकार गम्भीर बन्नुपर्थ्यो। त्यो हुन सकेन। कांग्रेस पनि मूकदर्शक बन्नु हुँदैन’, उनले भने।

भूकम्प पीडितले चिसोमा कठ्याङ्ग्रिएर रात गुजार्नु परिरहेको अवस्थामा जनताका टहरा निर्माणमा कांग्रेसले केन्द्रीय रणनीति बनाएर अगाडि बढ्नुपर्ने महरले धारणा राखेका छन्।

‘कांग्रेसले केन्द्रीय रणनीति बनाएर भूकम्प प्रभावित क्षेत्रमा पुनर्स्थापनामा लाग्नुपर्छ। त्यहाँ लामो समयसम्म बसेर श्रमदान गर्नुपर्छ। अब कांग्रेसले जाग्नुपर्ने बेला भएको छ,’ उनले भने।

यसका साथै त्यहाँका जनता भूकम्पका कारण शौचालय विहीन हुँदा सरसफाइको समस्यासमेत खेप्न बाध्य रहेको उनले बताएका छन्। ‘विश्व शौचालय दिवस मनाइरहेका वेला भूकम्प प्रभावित क्षेत्रमा भने शौचालयको अवस्था नाजुक छ। एकातिर प्राय शौचालय भत्किएका छन् भने अर्कोतर्फ त्रिपाल र अस्थायी टहरामा शौचालयको उचित प्रबन्ध नभएर वातावरण दूषित बन्दै गएकोले भयावह अवस्था आउन सक्ने जोखिम छ। यसतर्फ सरकार सचेत हुनुपर्छ,’ उनले भने।

असोज १६ गते बझाङमा गएको भूकम्प र त्यसपछिका पराकम्पले चर्किएका संरचनाहरू तथा कार्तिक १७ गते जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो संख्यामा मानिस प्रभावित भएकाले उनीहरूको उचित प्रबन्ध नै अहिलेको प्रमुख आवश्यकता भएको महरको भनाइ छ। ‘जाजरकोट र रुकुम पश्चिममा १५४ जनाले ज्यान गुमाए। ३६२ जना घाइते भए। कर्णालीका सात जिल्लामा क्षति पुगेको सरकारी तथ्याङ्क देखाएको छ। करिव ४३ हजार २१४ घरमा पूर्ण वा आंशिक रूपमा क्षति भएको छ। त्यस्तै ३५५ वटा विद्यालयमा क्षति पुगेको छ। सरकारी तथा अन्य कार्यलयका भवनको अवस्था पनि नाजुक छ। बुझ्नुपर्ने कुरा के छ भने भवनसँगै शोचालय पनि भत्किँएरका छन्। सुरुवातमै खानेपानी, दिसा-पिसाव गर्ने व्यवस्थापन गर्न नसक्दा रोगहरू फैलिरहेको जोखिम छ। यो सुरुमै ध्यान दिनुपर्ने विषय हो,’ महर भन्छन्।

विश्वव्यापी सरसफाइ सङ्कट समाधान गर्ने कार्यलाई प्रेरित गर्न २०१२ देखि १९ नोभेम्बरमा अन्तर्राष्ट्रिय विश्व शौचालय दिवस मनाउँदै आएको छ।

ताजा खबर

The Ultimate Guide to Live Mega Fire Blaze

Die besten Mastercard Glücksspielstätten Online: Ihr Leitfaden für sicheres und bequemes Wetten

The Ultimate Guide to Online Casino 10 Euro Ideal

Jogar Roleta Online: Um Guia Completo para Maximizar suas Chances de Ganhar

Gambling enterprise Ports: The Ultimate Guide

Feinste Online-Casinos, die Mastercard akzeptieren: Ein umfassender Leitfaden

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Volna — зеркало 2025

Волна казино онлайн – мобильная версия для смартфона ▶️ ИГРАТЬ Содержимое Удобство игры в любом месте Мобильное приложение для игроков Преимущества мобильного приложения Преимущества игры

अझै पढ्नुहोस्