अख्तियारद्वारा सुदूरपश्चिम प्रदेश प्रमुख मियाँसमक्ष प्रतिवेदन पेश

शेयेर गर्नुहोस


कैलाली । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम प्रदेशले प्रदेश प्रमुख नजिर मियाँसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ ।आयोगले आर्थिक वर्ष २०८०/०८१ चौतिसौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख कार्यालयमा एक कार्यक्रमका बिच प्रदेश प्रमुख मियाँलाई पेश गरिएको थियो ।

कार्यालय प्रमुख माधव प्रसाद पोखरेलले आर्थिक वर्ष २०८०\०८१मा आयोगले प्रदेशमा गरेका कामहरू बारे संक्षिप्त रुपमा प्रदेश प्रमुख मियाँलाई जानकारी गराएका थिए । उनले नेपालको संविधानको धारा १९४ को व्यवस्था अनुसार प्रदेश प्रमुखलाई उक्त प्रतिवेदन पेश गरेको जनाए । प्रदेश प्रमुखलाई पेश गरिएको प्रतिवेदन ६ परिच्छेद र ५२४ पृष्ठ रहेको छ ।

उक्त प्रतिवेदनमा आयोगमा २६ हजार ९१८ उजुरी परेको, अघिल्लो वर्षको जिम्मेवारी सरेर आएको ९ हजार २६८ उजुरी रहेको छ । ती मध्ये २७ हजार ७१४ अर्थात् ७६.५९ प्रतिशत उजुरी फर्छ्यौट भएको बताइएको छ ।

आयोगको उजुरीहरूको संख्या हेर्दा सबैभन्दा धेरै उजुरी संघीय मामिला तथा स्थानीय तहसम्बन्धी रहेका छन् । त्यसपछि स्थानीय तहको शिक्षामा उजुरी बढिरहेका छन् ।गैर कानुनी सम्पत्ति आर्जन, भूमि प्रशासन, नक्कली शैक्षिक प्रमाणपत्र , वन तथा वातावरण सम्बन्धी उजुरी परेका छन् ।

आयोगको प्रतिवेदनमा १ हजार ५४५ प्रतिवेदन बनाइ ८ अरब ४० करोड ६ लाख ४९ हजार ४०७ रुपैयाँ बिगो दाबी गरिएको उल्लेख छ । कार्यालय प्रमुख पोखरेलले चौतिसौँ वार्षिक प्रतिवेदनमार्फत दिएका सुझावहरू कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरेका थिए ।

वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख मियाँले संवैधानिक व्यवस्था अनुसार उक्त प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मार्फत प्रदेश सभामा छलफल गराउने र यथाशीघ्र छिटो कार्यान्वयनमा जोड दिने बताएका थिए । प्रदेश प्रमुख मियाँले आयोगलाई अझै प्रभावकारी ढंगले काम गर्न पनि सुझाव दिएका थिए ।

कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका सचिव नवराज ढुङ्गाना , प्रमुख स्वकीय सचिव साबिर अली, आयोगका तर्फबाट सिडिइ गौरी कुमार श्रेष्ठ, उपसचिव पोषण राज भण्डारी, शाखा अधिकृत तथा सूचना अधिकारी लगायतले उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

धनगढी बजार लगाएर आसपास क्षेत्र जलमग्न

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

“आत्मानिर्भरता उन्मुख, समृद्ध सुदुरपश्चिम” सुदुरपश्चिम प्रदेश सरकारका नौ वटा क्षेत्रका योजना प्राथमिकतामा

कैलाली/आगामी आर्थिक वर्षको बजेट तयारीमा जुटेको सुदुरपश्चिम प्रदेश सरकारले विभिन्न क्षेत्रका विज्ञहरुको राय सुझाब संकलन गर्दै छ । सुदुरपश्चिम प्रदेश सरकार प्रदेश नीति तथा योजना

अझै पढ्नुहोस्
पर्यटन

जलपन्छी गणना आज देखि सुरु घोडाघोडि तालमा

जमुना न्युरे,धनगढी/हरेक बर्ष जस्तै यश बर्षको जलपन्छी गणना देशभरका ताल, /तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि नेपाल पहिलो पन्क्षी अभय आरण्य ( बर्ड सेन्चुरी )

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा सरसफाई कर्मचारी नहुँदा फाेहाेर उठेन, तत्काल फाेहाेर संकलन कार्य हुनुपर्ने व्यापारीको भनाइ

टीकापुर/टीकापुर नगरपालिकाकाे बजार क्षेत्र र आसपासकाे फाेहाेर उठ्न छाेडेकाे छ । टीकापुर नगरपालिकामा प्राप्त सरसफाइ कर्मचारी नहुदा बजार क्षेत्र र आसपासकाे फाेहाेर उठ्न नसकेको हाे

अझै पढ्नुहोस्
समाचार

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चाैधरी चयन

टीकापुर/नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चाैधरी चयन हुनुभएको छ । शुक्रबार नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा चाैधरी चयन हुनुभएको हाे । प्रथम राष्ट्रिय

अझै पढ्नुहोस्