१५ औंचुनावी साधरण सभा तथा सार्वजनिक सुनुवाइ सम्पन्न

शेयेर गर्नुहोस

घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्च नेपालको १५ औ चुनावी साधरण सभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष २०८०–८१ मा सो रकम प्रवेश शुल्कबाट वार्षिक आठ लाख १६ हजार ६२२ रुपियाँ उठेको छ । 

 जैविक विविधताले महत्त्वपूर्ण तथा पर्यटकीय क्षेत्र नेपालको पहिलो चरा अभय आरण्य क्षेत्र (वर्ड सेन्चुरी )घोडाघोडी तालको पर्यटक प्रवेश शुल्कबाट वार्षिक आठ लाख १६ हजार ६२२ रुपियाँ उठेको छ । घोडाघोडीका नगरप्रमुख खडकबहादुर रावतले मञ्च घोडाघोडीको पुरानो संस्था रहेकाले घोडाघोडी ताललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन उल्लेख्य भूमिका रहेको बताए ।

कोषाध्यक्ष गङ्गादेवी सुनारले आर्थिक वर्ष २०८०–८१ को १५ लाख ४७ हजार २०८ रुपियाँको आयव्यय प्रस्तुत गरेका थियो । मञ्चका सचिव हरिलाल सापकोटाले घोडाघोडी तालको संरक्षणका लागि २०५६ सालमा स्थापना भएको संस्थाको मुख्य उद्देश्य वातावरण संरक्षण रहेकाले सोहीअनुरूप कार्यक्रम सञ्चालन हुँदै आएको बताए । 

सचिव सापकोटाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समितिको ११ वटा बैठक बस्दै १९ वटा सामुदायिक वनसँग अन्तरक्रिया, १७ वटा सामुदायिक विद्यालयमा इको क्लब गठनका साथै सोही विद्यालय चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेको बताए ।

डिभिजन वन कार्यलय तथा स्थानीय सरकारसँग समन्वय र सहकार्यमा कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिदै । मञ्चका अध्यक्ष हेमबहादुर बमले घोडाघोडी ताललाई विश्व रामसार साइडमा सूचीकृत गराउन संस्थाले भूमिका खेलेको बताए । कार्यक्रममा घोडाघोडी नगरपालिका पुर्ब मेयर ममता प्रसाद चौधरी , नेपाल पन्क्षी सघंका प्रतिनिधि हिरुलाल डगौरा लगायतका वक्ताहरुले शुभकामना दिएका थिय।

उनले मञ्चको पहलमा सन् २००३ अगस्ट १३ मा घोडाघोडी ताललाई रामसारमा सूचीकृत गरिएको हो ।” साबिकको दरख, साँडेपानी र रामशिखरझाला हालको घोडाघोडी नगरपालिका वडा १, ३, ४ र ८ सीमासँग जोडिएको जैविक मार्ग, सिमसार क्षेत्रको संरक्षणमा निरन्तर संस्थाले काम गर्दै अगाडि बढेको छ । 

घोडाघोडी ताल क्षेत्रमा रहेका ४५० प्रजातिका वनस्पति, ३१ प्रजातिका माछा, ३८२ प्रजातिका चरा, ३२ प्रजातिका पुतली, ११ प्रजातिका घोङ्घी, ७ प्रजातिका घस्रने जन्तुको संरक्षणसँगै पर्यटन विकासमा मञ्चले विभिन्न कार्यक्रम सञ्चालन गर्दैआएको अध्यक्ष बमले बताए ।

मञ्चको चुनावी सभाबाट नयाँ नेतृत्व अध्यक्षमा पुन हेम बहादुर बम चयन भएका छन।मञ्चमा १३ सदस्यीय नयाँ कार्यसमिति बनेको छ जस्मा उपाध्यक्ष लक्ष्मी देवि डगौरा , सचिव हरिलाल सापकोटा, कोषाध्यक्ष गंगा देवी सुनार, सदस्यहरु मैना ढकाल,चक्र बहादुर बम,विश्वनाथ देवकोटा,जय बहादुर बम, अमृता ओली, ज्योती खड्‌क खडक बहादुर कडायत रहेको निर्वाचन समितिका सयोंजक शिव प्रशाद ढकालले जानकारी दिएका छन्

ताजा खबर

Genuine Cash Slots Online PayPal: A Comprehensive Overview to Playing and Winning

Discover the Adventure of Free Live Roulette Online

Comprehending ESA Letters in Nevada

WinSpirit Account Verification Failed: What to Do

BetPlay Casino Mobile Play: Sessioni Veloci e Azione Crypto Immediata

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मिडियामा अझै पनि समावेशिता अभाव, पत्रकारलाई थुन्ने कानून अस्वीकार्य: प्रेस युनियन अध्यक्ष लम्साल

कपिलवस्तु/नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले बर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसके सरकारबाट बाहिरनु पर्ने बताएका छन् । बर्तमान सरकारले नेपाली जनताको पक्षमा राम्रो

अझै पढ्नुहोस्