TRENDING
1win — зеркало сайта букмекерской конторы 1вин
Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco
Suomalaiset Neteller Kasinot: Opas Netellerin Käyttöön Suomessa
4rabet app login – how to sign in through the mobile casino application
Next
Prev

हेडवे एजुकेशन फाउन्डेसनको शाखा धनगढीमा सञ्चालन

शेयेर गर्नुहोस

धनगढी । धनगढीमा हेडवे एजुकेशन फाउन्डेसन सञ्चालनमा आएको छ । होटेल म्यानेजमेन्ट पढ्ने विद्यार्थीलाई ट्रेनिङ,प्लेसमेन्ट र इन्टर्नसिपको काम गर्दै आएको हेडवे एजुकेशन फाउन्डेसनको शाखाले धनगढीमा सञ्चालनमा आएको हो ।

काठमाडौंको बसुन्धारामा मुख्य कार्यालय रहेको फाउन्डेसनले सुदूरपश्चिम प्रदेशमा होटेल म्यानेजमेन्ट पढ्ने विद्यार्थीलाई धनगढीबाटै ट्रेनिङ,प्लेसमेन्ट र इन्टर्नसिपको काम गर्ने उद्देश्यले शाखा विस्तार गरेको जनाएको छ ।

विगत १५ बर्षदेखि फाउन्डेसनले नेपालमा होटेल म्यानेजमेन्ट पढ्दै आएका विद्यार्थीलाई ट्रेनिङ,प्लेसमेन्ट र इन्टर्नसिपको लागि विश्वका विभिन्न देशहरुमा पठाउँदै आइरहेको छ ।

फाउन्डेसनले एसिया,युरोप,दक्षि अमेरिका, उत्तर अमेरिका लगायतका देशहरुमा नेपाली विद्यार्थीलाई पठाउँदै आइरहेको हव टुर इन्टरनेसनल प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक श्रावन वस्थीले बताए ।

प्रबन्ध निर्देशक वस्थीले धनगढीमा शाखा विस्तार गरे संगै होटेल म्यानेजमेन्ट अध्यापन गराइरहेका सुदूरपश्चिमका कलेजहरूले आफ्ना विद्यार्थीहरूको लागि इन्टर्नसिप गराउन काठमाडौँ जानु पर्ने बाध्यताको अन्त हुने विश्वास व्यक्त गरे ।

एचएम र बिएचएम अध्ययन गरेका विद्यार्थीको पढाई सकिएको दौरानमा ६ महिना वा १ वर्ष इन्टर्नसिप गर्नुपर्ने हुँदा यस अघि उक्त कामको लागि यहाँका कलेजहरू काठमाडौँमा गएर सम्झौता गर्न बाध्य थिए ।

अन्य प्रदेशमा जानुपर्ने बाध्यता भएकाले आम विद्यार्थीहरुको माग अनुसार धनगढीमा हेडवे एजुकेसन खोलिएको धनगढी शाखा प्रमुख अमन ओखेडा बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

1win — зеркало сайта букмекерской конторы 1вин

Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco

Suomalaiset Neteller Kasinot: Opas Netellerin Käyttöön Suomessa

4rabet app login – how to sign in through the mobile casino application

Kumar Siteleri Türkiye – En İyi Mobil Uygulamaları Olan Online Kumar Siteleri

सम्बन्धितखवर

छुटाउनु भयो कि !