हवाई भाडामा घटाउन माग गर्दै कैलाली उद्योग वाणिज्य संघको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

शेयेर गर्नुहोस


धनगढी २२ असोज,काठमाडौं/धनगढी हवाई सेवाको चर्को भाडाका कारण सुदूरपश्चिमका नागरिक, व्यवसायी तथा निजी क्षेत्र प्रत्यक्ष आर्थिक मारमा परेको भन्दै कैलाली उद्योग वाणिज्य संघले सरकारसँग हवाई भाडामा सहुलियतको व्यवस्था गर्न माग गरेको छ ।


संघका अध्यक्ष पुष्करराज ओझाले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाउँदै काठमाडौं–धनगढी हवाई सेवामा विशेष सहुलियत सहित नियमित र सहज उडानको व्यवस्था गर्न माग गरेका हुन् ।


संघले सुदूरपश्चिम भौगोलिक रूपमा राजधानीबाट टाढा रहेकाले हवाई सेवा यहाँका नागरिकका लागि विलासिताभन्दा पनि अत्यावश्यक यातायातको माध्यम भएको जनाएको छ। उपचार, परीक्षा, आकस्मिक काम, रोजगारी, व्यवसाय तथा चाडपर्वका बेला घर फर्किनुपर्ने नागरिकका लागि हवाई यात्रा महत्वपूर्ण विकल्प बनेको संघको भनाइ छ ।


हाल काठमाडौं–धनगढी हवाई भाडा अत्यधिक महँगो हुँदा सुदूरपश्चिमका नागरिकले ठूलो आर्थिक भार व्यहोर्नुपरेको संघले जनाएको छ । चाडपर्वको समयमा त भाडा झनै बढ्ने गरेको भन्दै संघले सरकारको नियमनकारी भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिएको छ ।


यसअघि पनि काठमाडौं–धनगढी हवाई भाडा अत्यधिक महँगो भएको विषय पटकपटक सार्वजनिक रूपमा उठ्दै आएको छ । हाल सामान्य अवस्थामा करिब १० हजार ८ सय रुपैयाँ आसपास रहने भाडा चाडपर्वको समयमा २२ हजार रुपैयाँभन्दा माथिसम्म पुगेको छ ।


कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिमका नागरिक, उद्योगी, व्यवसायी तथा निजी क्षेत्रको आवाजलाई सम्बोधन गर्दै तत्काल आवश्यक पहल गर्न सरकारसँग आग्रह गरेको छ ।

ताजा खबर

Kasyno Online Depozyt Blik: Przewodnik dla Graczy

Ruletka na prawdziwe pieniądze – poradnik dla graczy

Iris Android-App: APK-Download und Sicherheit

Mobile casino fruit machines: what Aussie players should weigh before spinning

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

एमालेको प्रदेश अधिबेशन को तयारी पुरा

धनगढी – नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन तयारी सकिएको छ । असोज २१ र २२ गते हुने प्रथम प्रदेश अधिवेशनको तयारी सकिएको शनिबार पत्रकार

अझै पढ्नुहोस्
पर्यटन

सुचक प्रजाती गणना कार्य सुरु

जमुना न्युरे /सुखड, देशभरि का जलाशय, सिमसारक्षेत्र र रामसारक्षेत्रमा आगन्तुक जलपन्छी गणनाका लागि चराकर्मी , चराप्रेमी भने देश भरिका जलाशयमा जलपन्क्षी गणना मा ब्यस्त रहेका

अझै पढ्नुहोस्