हरियाली सा .ब को साधारण सभा सम्पन्न

शेयेर गर्नुहोस


जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडि नगरपालिका वडा ५ देउकलियामा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समुहको १३ औ साधारणसभा तथा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

वनका अध्यक्ष बेद प्रसाद चौधरी को समापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथितीको आशन बाट बोल्दै सब डिभिजन बन कार्यलयका सुखडका फरिस्ट्र्‍र बिरेन्द्र मल्लले सामुदायिक बन किन आवस्यकता रहेको छ , सामुदायिक बन भनेको तपाई हाम्रो सम्पत्ति हो आपनत्व लिनु पर्छ , जल ,जमीन ,जङ्गल भय मात्र मानव बस्ती बिकास भएको हो , भोलिको पिडिका लागि जसरी सम्पती बचत गरेर राखिन्छ तेस्तै गरि बन लाई पनि जोगाएर राख्नु पर्ने ,
सामुदायिक को बिधान अनुसार काम गर्न जरुरी छ , बनको हैसियत सुधार्नु पर्यो ,सहि सदुपयोग हुने पर्ने , कैलालीमा पछिल्लो समयमा बन जङ्गल दिनहु भैरहेको बन अतिक्रमणले निकट भबिस्यमा मरुभूमि हुन्छ , तेहि भएर आजै बाट बन र जैबिक बिबिधता सरक्षणमा जुट्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा बिशिस्ट अतिथीको आशन बाट बोल्दै घोडाघोडी नगरपालिका वडा न ५ वडाअध्यक्ष लोक बहादुर चन्दले बन छ भने हामी छौ भन्ने अब बुझ्न जरुरी छ , जति को अधिकार हाम्रो छ तेति अधिकार बनमा रहेका जिबजन्तुहरु रहेको , सामुदायिक बनले बितरण प्रणाली राम्रो अभ्यास रहेको छ , सहि सूचना सहि समयमा हुनु पर्छ ।सामुदायिकले आर्याआर्जनका कार्यक्रम गर्दा वडा कार्यलय सङ्ग समन्वय गरेमा आफुहरुले पनि सामुदायिक बनका योजना अनुसार कार्यक्रम गर्न सकिन्छ , योजना माग गरेमा आफुले बजेट ल्याउन सकिने बताए ।

कार्यक्रममा बोल्दै सब डिभिजन बन कार्यलय सुखडका बनरक्षक जुगराम चौधरीले बन बिज्ञान को अधारमा बनको ब्यबस्थापन गर्न सकिने , बिधान अनुसार समुहको आम्दानीलाई विभिन्न शिर्षक अनुसार
४५, % बन ब्यबस्थापन काम गर्नु पर्छ , गरिबी निवारण ३५% बजेट , २५ % कार्यलय सन्चालन जस्ता शिर्षकमा अनिवार्य खर्च गर्नु ,आय आर्जन ,जिबिको पार्जन , बन ब्यबस्थापन ,बन बिकास कसरी गर्ने , सामुदायिक बनले स्थानीय सरकार सङ्ग समन्वय गरेमा अझै प्रभावकारी हुने , सामुदायिक बनले सधारणसभा समयमै गर्नु पर्ने बताए । प्रत्येक बर्ष गरिएका काम अभिलेखिकरण गर्दै , सस्थागत रूपमा नेतृत्व बिकास गर्दा सामुदायिक बनको बार्सिक आम्दानी को सामुदायिक बनको बिधान अनुसार गरिबी न्यूनीकरण गर्दै , यसरी सामुदायिक बन सरक्षण , सम्बर्द्धन गर्दै सदुपयोग गर्दा सहज रुपमा दाउरा , घाँस , स्याउला पाउन स्तानियलाइ सहज भएको चौधरीले बताए ।

तेस्तै फुलबारी सामुदायिक बनका अध्यक्ष पन्चराम चौधरी लगायतका बक्ताहरुले सुभकामना व्यक्त गरेका थिय ।
त्यस्तै कार्यक्रममा हरियाली सामुदायिक बन सहसचिव बिद्धिमान चौधरी ले आर्थिक बर्ष २०७८/२०७९ को ४ लाख ८८हजार २सय तेह्र रुपैया बराबर को आयब्याय सङ्गै कार्यप्रगती प्रतिबेदन प्रस्तुत गरेका थिय । अनुमानित बजेट ११लाख २० हजार ३० रुपैया रहेको थियो । कार्यक्रमको सन्चालन निरा चौधरी ले गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Mega Rush Casino – A Comprehensive Review of Online Gaming Options

Technikbegeisterung für anspruchsvolle Projekte und aviamasters im professionellen Maßstab

Genuine exploration of ringospin and its unique gaming potential

Modernes Handwerk mit ringospin app für effiziente Lösungen und flexible Arbeitsweisen

Inspiration innovante et ringospin pour des stratégies digitales performantes et créatives

Strategic gameplay unlocks hidden potential within the aviamasters game for aspiring pilots

सम्बन्धितखवर

छुटाउनु भयो कि !