सृष्टिनगर मुक्त कमैया बस्तीका नागरिकलाई  सुरक्षित आवास हस्तान्तरण

शेयेर गर्नुहोस

सुखड । कैलालीको घोडाघोडी नगरपालिका–३ सृष्टिनगर मुक्त कमैया बस्तीका नागरिकलाई  सुरक्षित आवास हस्तान्तरण गरिएको छ । सीमान्तकृत वर्गका १२ परिवारलाई मङ्गलवार सुरक्षित आवास हस्तान्तरण गरिएको हो । घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले ती परिवारहरूलाई मङ्गलवार एक कार्यक्रमबिच आवास हस्तान्तरण गर्नुभएको हो ।

सृष्टिनगर मुक्त कमैया बस्तीमा दुई वटा पक्की कोठा र शौचालय सहित १२ वटा आवास रहेका छन् । निमार्ण गरिएको घर पाएपछि त्यहाँका सीमान्तकृत वर्गका समुदाय खुसी भएका छन् । वडा नम्बर ३ को विशेष समन्वयमा घोडाघोडी नगरपालिकाको ४२ लाख, सुरक्षित आवास परियोजना ह्याविट्याट/राष्ट्रिय दलित नेटवर्क नेपाल बाट २४ लाख रुपैयाँको लागतमा सुरक्षित आवास निर्माण गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख खडक बहादुर रावतले विपन्न समुदायको उचित बसोबासका लागि आवास निमार्णका साथै शिक्षा, स्वास्थ्य, खानेपानी, तथा सिँचाई जस्ता सम्पूर्ण क्षेत्रहरूमा प्रमुख प्राथमिकताका साथ नगरपालिकाले काम गरेको उनले उल्लेख गरे । निस्सा पाएका सुकुम्वासी, दलित परिवारलाई चाँडै लालपुर्जा दिने समेत उनले बताए छन् । अन्य वडामा पनि मुक्त कमैया बस्तीका नागरिकलाई  सुरक्षित आवास निर्माण गरिने उनको भनाई थियो । 

कार्यक्रममा उप प्रमुख गुलिया कुमारी चौधरीले सुकुम्वासी, आदिवासी र पिछडा समुदायको जीवन स्तर उकास्न नगरपालिका लागी परेको उनले बताउनु भयो । पालिकाले सीपमूलक स्वरोजगार कार्यक्रम ल्याएको बताउँदै उप प्रमुख चौधरीले यसको माध्यमबाट उत्पादन स्वरोजगारमा अगाडी बढाउने उहाँको भनाई रहेको थियो ।

सुरक्षित आवास हस्तान्तरण कार्यक्रममा नगर प्रमुख,उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, वडा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, हयाविटयाट् नेपाल प्रतिनिधि, राष्ट्रिय दलित नेटवर्कका प्रतिनिधि र लाभग्राही समुदायका उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

What is the 888 Casino Online Gaming Platform?

Ein Überblick über Ausländische Casinos: Merkmale und Unterschiede zu inländischen Anbietern.

Constelações astrológicas revelam o poder oculto da tiger fortune e seu impacto pessoal

Essential tips and tricks surrounding a ggbet bonus for new players today

Loki Casino Online Gaming Experience and Reviews

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

विद्यार्थी परिषद्ले यस वर्ष १६ जिल्लाका २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

विद्यार्थी परिषद्ले यस वर्ष पनि २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै प्राज्ञिक विद्यार्थी परिषद्ले १६ जिल्लाका २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।

अझै पढ्नुहोस्
समाचार

सामुदायिक वन अतिक्रमण गरि बनाइएका घरटहरा हटाइदै

जमुना न्युरे, अत्तरिया/कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा ३ मा रहेको चौकिडाडा महिला सामुदायिक बनमा वन अतिक्रमण गरि बनाएका घरटहरा आज हटाइएको छ। केही महिना अगाडि

अझै पढ्नुहोस्