सुदूरपश्‍चिम सरकार निजी क्षेत्रलाई लगानीका लागि स्वागत गर्न आतुर छु : मुख्यमन्त्री शाह

शेयेर गर्नुहोस

सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्‍चिम सरकार निजी क्षेत्रलाई लगानीका लागि स्वागत गर्न आतुर रहेको उल्लेख गर्नुभयो ।


सुदूरपश्‍चिम लगानी तथा विकास सम्मेलनको पूर्वसन्ध्यामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सुदूरपश्‍चिम सरकारसँगको आयोजना र नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको पर्यटन क्षेत्रसम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।


“हामी सुदूरपश्‍चिमका सम्भावनाहरुलाई लगानी सम्मेलनमार्फत् राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चिनाउन चाहन्छौं । ” मुख्यमन्त्री शाहले भन्नुभयो “यसका लागि स्वदेशका निजी क्षेत्रलाई लगानीका लागि आवश्यक कानुनी तथा लगानी सुरक्षाको ग्यारेन्टी हामी लिन तयार छौं ।” मुख्यमन्त्री शाहले लगानी सम्मेलनमा सहभागी हुन र त्यहाँका सम्भावनाको अध्ययन गर्दै लगानी गर्न आह्वान गर्नुभएको हो ।

सुदूरपश्‍चिम पर्यटकीय दृष्टिकोणले ‘भर्जिन ल्याण्ड’ भएको उल्लेख गर्दै लगानी गर्न मुख्यमन्त्री शाहले आह्वान गर्नुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले सुदूरपश्चिमको पर्यटकीय पूर्वाधारमा लगानीका लागि आह्वान गर्नुभएको हो ।


मन्त्री पाण्डेले भन्नुभयो, “सुदूरपश्‍चिम पर्यटक आकर्षणका मुख्य आधार नेचर, कल्चर र एड्‌भेन्चरको समिश्रण भएको प्रदेश हो । सुदूरपश्चिका थुप्रै पर्यटकीय सम्भावनाहरु उजागर भइरहेका छन् । यस लगानी सम्मेलनमार्फत् सुदूरपश्‍चिमका पर्यटकीय पूर्वाधारमा लगानी गर्न लगानीकर्ताहरुलाई आह्वान पनि गर्दछु ।”
मन्त्री पाण्डेले लगानी सम्मेलनको सम्पूर्ण आयामहरुमार्फत् पूर्ण तयारीमा उल्लेख गर्दै भन्‍नुभयो, “हामीले यसका लागि निजी क्षेत्रलाई विश्‍वासमा लिने र लगानीको वातावरण सिर्जना गर्न कानुनी उल्झन समाधान गर्ने र लगानीमैत्री नीति बनाउनेतर्फ ध्यान दिनुपर्दछ ।”


सुदूरपश्‍चिको पर्यटन विकासका लागि सूदूरपश्‍चिममा नेपाल पर्यटन बोर्डको कार्यालय यही वर्ष स्थापना गर्न बजेट विनियोजन गरिएको पनि मन्त्री पाण्डेले जानकारी गराउनु भएको छ ।
सुदूरपश्‍चिममा आगामी मंसिर १ र २ गते धनगढीमा लगानी सम्मेलन आयोजना हुने भएको छ । यसै सन्दर्भमा विभिन्न विधामा लगानीका लागि सुदूरपश्‍चिम सरकार काठमाडौंमा आएर विभिन्‍न निकायसँग छलफल गरिरहेको छ ।

शुक्रबार  बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सभाहलमा भएको अन्तर्क्रिया कार्यक्रममा सुदूरपश्‍चिम सरकारका तर्फबाट सुदूरपश्‍चिममा पर्यटकीय सम्भावना र लगानीको वातावरणको स्थितिबारे प्रस्तुतीकरण गरिएको थियो ।


अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपाल होटल व्यवसायी संघका अध्यक्ष विनायक शाह, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, नाटाका सीईओ यूविका राज भण्डारी, एनएमएका उपाध्यक्ष ठाकुर राज पाँडे, सिद्धार्थ होटल एण्ड ग्रुप अफ कम्पनीका सीईओ कृष्ण न्यौपाने, टानका महासचिव रामप्रसाद सेढाई, नेपाल उद्योग परिसंघको पर्यटन समिति सभापति पम्फा धमला, नाराका महासचिव देवराज जोशीलगायत पर्यटन सम्बद्ध निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । पर्यटनसम्बन्धी सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुले सुदूरपश्‍चिममा लगानी गर्न आफूहरु तयार रहेको भए पनि सरकारले आवश्यक नीति र लगानीको क्षेत्र पहिचान गर्नुपर्ने सुझाव दिनुभएको हो ।


सरकारले पछिल्लो समय सुदूरपश्‍चि र कर्णाली प्रदेशका हिमालहरुको आरोहण दुई वर्षका लागि नि:शुल्क गरेको छ । सुदूरपश्‍चिमका पछिल्लो समय धनगढी विमानस्थलको स्तरोन्नती र कञ्‍चनपुर विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको छ । छलफलमा सुदूरपश्‍चिम धार्मिक दृष्टिले पनि पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै लगानीका लागि आह्वान गरिएको हो ।

ताजा खबर

Getting Your Winnings Out in Australian Dollars

Lucky Jungle Kasino – Välsignad Lycka i Dolda Regnskogar

Glücksspiele bei BetOnRed Casino: Strategien und Erfahrungen von Spielern in Deutschland

Winning Strategies for AladdinsGold Casino Slots

Heats Casinon Nyheter och Utdelningar

RingoSpin Casino Classic Slot Machines Experience

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुर नगरपालिकाका वडाहरु साक्षर घाेषणा

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकाका सात वटा वडाहरु साक्षर घाेषणा गरिका छन् ।टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाकाे आयोजनामा वडाहरु साक्षर घाेषणा गरिएकाे हाे ।

अझै पढ्नुहोस्