सुदूरपश्चिम पर्यटन स्थलमा साइकल यात्रा २०७८ धनगढीबाट सुरु

शेयेर गर्नुहोस

धनगढी, पुस ३
सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ सुरु भएको छ । साइकल यात्रामार्फत सुदूरपश्चिममा रहेका पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यले आजदेखि सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ सुरु भएको हो ।
साइकल यात्राको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक कार्यक्रमका बिच उद्धघाटन गरे ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र फारवेष्टर्न राइडरको सहकार्यमा सुरु भएको साइकल यात्र पुस ५ गतेसम्म चल्ने बताइएको छ ।
साइकल यात्रामा भारत लगायत देशका बिभिन्न ठाउँका साइकल राइडरहरुको सहभागिता रहेको फारवेष्टर्न राइडर क्लबका अध्यक्ष भरतविक्रम शाहले बताए ।

धनगढीदेखि सुरु भएको साइकल यात्रा गोदावरी, खानीडाँडा हँुदै डोटीको बुडरसम्म पुग्ने अध्यक्ष भरत बिक्रम शाहले बताए ।
भारतको गाजियावाद, नैनीताल, बरेली र विहारका ८ जनासहित नेपालको काठमाडौं, ललितपुर, नवलपरासी, भैरहवा, दाङ, बाँके, कैलाली र कञ्चनपुरबाट पनि साइकल यात्री ८४जना सहभागि रहेका छन् ।

यात्राको अन्तिम दिन डोटीको बुडरमा साइकल रेस प्रतियोगिता समेत आयोजना गरीने छ । धनगढीस्थित निसर्ग हस्पिटलको स्पोन्सरसीपमा आयोजना गरिने प्रतियोगिताका विजेताहरूलाई पुरस्कारको व्यवस्था गरिएको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रवन्ध निर्देशक कुबेरबहादुर शाहीले बताए ।

डोटीको छतिवन तालदेखि महाकाली राजमार्गसम्मको ५ किलोमिटर दुरीमा आयोजना गरिने साइकल रेसका विजेतालाई १५ हजार, उप–विजेतालाई १० हजार र तृतीयलाई ५ हजार रुपैयाँ पुरस्कार अस्पतालले स्पोन्सर गरेको छ ।
साइकल यात्रामा सहभागीलाई विभिन्न गाउँमा स्वागतका लागि विभिन्न सांस्कृतिक कार्यक्रम समेत राखिएको प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका पर्यटन विकास कार्यक्रम ईकाइका निमित्त प्रमुख भोजराज पाठकले बताए ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा कानून मन्त्री पूर्णा जोशी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव देवेश त्रिपाठीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

ताजा खबर

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet এর কাজ কি: বাজির ভবিষ্যৎ ও উদ্ভাবন

Mostbet এর কাজ কি: বাজির ভবিষ্যৎ ও উদ্ভাবন Mostbet হলো একটি জনপ্রিয় অনলাইন জুয়া প্ল্যাটফর্ম যা সারা বিশ্বে ব্যপক জনপ্রিয়তা লাভ করেছে। এটি বিশেষ করে

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

जन जागृती मा.वि.काे ३६ औ वार्षिकोत्सब कार्यक्रम सम्पन्न

टीकापुर/टीकापुर -२ स्थित जनजागृती माध्यमिक विद्यालयकाे बार्शिककोत्सब तथा अभिभाबक दिवश कार्यक्रम सम्पन्न भएको छ । आइतबार विद्यालयकाे ३६ ओै बार्शिककोत्सब तथा अभिभाबक दिवश कार्यक्रम सम्पन्न

अझै पढ्नुहोस्