सिमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई खानेपानीकाे समस्या

शेयेर गर्नुहोस


टीकापुर / कैलालीको दक्षिणी भेगमा पनि खाने पानीको समस्या छ भन्दा अनाैठाे लाग्न सक्छ । तर साच्चिकै कैलालीको सिमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई खाने पानीकाे समस्या रहेकाे पाईएकाे छ । नेपाल भारत सिमा क्षेत्रमा खटिएका नेपाल प्रहरी, शसस्त्र प्रहरीहरुलाई खाने पानीकाे समस्या रहेकाे छ।


कैलालीको टीकापुर नगरपालिका वडा न ८ श्रीलंका स्थित रहेकाे शसस्त्र प्रहरी बेस क्याम्प , खक्राैला स्थित शसस्त्र प्रहरी गुल्म ,कालाकुण्डा बेस क्याम्पमा खाने पानीको समस्या रहेकाे छ । त्यसैगरि भजनी नगरपालिका स्थित सिमानाकामा रहेका कुसुमघाट स्थित शसस्त्र प्रहरी बेस क्याम्प , पगियापसार बेस क्याम्प, कालापाताल बेस क्याम्प र गुलरियाघाटमा अवस्थित शसस्त्र प्रहरी गुल्ममा पनि खाने पानीकाे समस्या रहेकाे छ । भजनी कै हिम्मत्तपुर बेस क्याम्प र पृथ्वीपुर चर्रा स्थित हलाैनाघाटमा रहेकाे बेस क्याम्पमा पनि खानेपानीको समस्या छ ।


सिमाक्षेत्रमा रहेका प्रहरी चाैकी, शसस्त्र प्रहरीका गुल्महरुमा खानेपानीको समस्या रहेकाे शसस्त्र प्रहरी गुल्म खक्राैका डिएसपी सुर्यप्रकाश शर्माले बताउनु भयाे । सिमा क्षेत्रमा रहेका प्रहरी चाैकी, शसस्त्र प्रहरी गुल्ममा रहेकाे हाते नल्कामा पानी खान याेग्य नरहेकाे नल्काकाे पानी केही बेर भाडामा राख्ने हाे भने पहेलाे हुने र भाडामा समेत पहेलाे खिया लाग्ने गरेकाे डिएसपी शर्माले बताउनु भयाे । चिसाे माैसममा खानेपानी कम प्रयाेग हुने हुदा त्यति समस्या नरहे पनि गर्मी माैसममा पानी बढी खपत हुने हुदा कसरी ब्यवस्थापन गर्ने भन्ने चिन्ता रहेकाे डिसएपी शर्माले बताउनु भयाे । अाफनाे मातहतमा रहेकाे श्रीलंका बेस क्याम्प र कालाकुण्डा बेस क्याम्पमा समेत खानेपानीको समस्या रहेकाे छ ।

श्रीलंकामा रहेकाे बेस क्याम्पले बर्दियाकाे राजापुर बजारबाट खानेपानी किनेर खाने गरेकाे शसस्त्र प्रहरी निरिक्षक खडानन्द सापकाेटाले बताए । त्यस्तै कालाकुण्डा बेस क्याम्पमा पनि खानेपानी टीकापुरबजारबाट किनेर र २ किलाेमिटर टाडाकाे गाउँबाट जर्किनमा बाेकेर खाने गरेकाे शसस्त्र प्रहरी नायब निरिक्षक चित्र बहादुर खड्काले बताएका छन ।भजनी नगरपालिका स्थित रहेका गुल्म तथा बेस क्याम्पमा पनि खाने पानीकाे समस्या रहेकाे शसस्त्र प्रहरी गुल्म गुलरियाघाटका शसस्त्र प्रहरी नायब उपरिक्षक राजन शाहले जानकारी दिनु भएकाे छ ।

शाहीका अनुसार अाफु कार्यरत गुल्ममा पनि खाने पानीकाे समस्या रहेकाे बताए । हाते नल्काकाे पानी भाडामा केहिबेर राख्ने हाे भने पहेलाे रंग दिने र भाडामा समेत खिया लाग्ने गरेकाे बताउनु भयाे । नगरपालिका संग खाने पानीकाे बिषयमा कुरा गरेकाे खानेपानीको लागि व्यवस्थापन गरिदिने अास्वासन दिएकाे तर तत्काल बजेट भने बिनियाेजन नगरेकाे बताउनु भयाे । भजनी स्थित सिमा क्षेत्रमा रहेका कालापातल , पगियापसार , हलाैनाघाटमा रहेका बेस क्याम्पमा समेत खाने पानीकाे समस्या रहेकाे बताउनु भयाे ।

करिब ३/४ किलाेमिटर टाढा रहेका गाउँबाट स्थानियका हाते नल्का बाट खानेपानी ल्याएर खाने गरेकाे प्रहरीहरुले बताएका छन ।नेपाल भारतकाे सिमानाकामा तैनाथ रहेका प्रहरीलाई खानेपानीकाे समस्या रहनु भनेकाे स्थानिय देखि संघिय सरकार नभएकाे जस्ताे अनुभूति गरेकाे एक स्थानियले बताएका छन । देशकाे सिमा रक्षा गर्नमा लागि तैनाथ प्रहरीलाई सरकारले खानेपानीको समस्या बाट मुक्त दिनका लागि पहल गर्नु पर्ने समेत बताउछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

What is AllySpin Casino? Overview of its Features and Services.

What is NY Lotto Casino in New York State?

LApplication de Jeu de Hasard Chicken Road 2 : Fonctionnalités et Informations Générales

What is Mr Sloty Casino?

Information about PalmSlots Casino online gambling platform features and services.

What is Konung Casino? A brief overview of its gaming services.

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Αξιόπιστη πλατφόρμα και wazamba download για ασφαλείς συναλλαγές στο διαδίκτυο

Αξιόπιστη πλατφόρμα και wazamba download για ασφαλείς συναλλαγές στο διαδίκτυο Ασφάλεια και Αξιοπιστία της Πλατφόρμας Wazamba Έλεγχος Ταυτότητας και Προστασία Προσωπικών Δεδομένων Διαδικασία και Βήματα

अझै पढ्नुहोस्
राजनीति

टीकापुर ८ मा काङ्ग्रेस गठबन्धनकाे विपक्षमा,एक्लै चुनाव लड्न सक्षम भएको दावि

टीकापुर/सत्ता साझेदार पार्टीले स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरे संगै स्थानीय स्तरमा नै खैलाभैला सुरु भएको छ । गठबन्धन भए पार्टीका कार्यकर्तामा एक किसिमको

अझै पढ्नुहोस्
समाचार

बसन्ता संरक्षित क्षेत्रमा बाघको आवातजावत बढ्दै

धनगढी/कैलाली जिल्लाको वसन्ता सरक्षित वन क्षेत्रमा हरेक बर्ष जस्तै यो बर्ष पनि बघिनी बाघ बच्चा हुर्काउनका लागि बसन्ता बनमा आएको छ । बघिनीले आफ्नो बच्चालाई

अझै पढ्नुहोस्