सामान्य किसान परिवारमा जन्मिएका डाक्टर शर्मा

शेयेर गर्नुहोस


धनगढी/डा .चित्रराज शर्मा सामान्य किसान परिवारमा जन्मिएका हुन् । उनले सरकारी स्कुलबाट आफ्नो शिक्षादीक्षा पूरा गरेका हुन् । ‘हुने विरुवाको चिल्लो पात’ भनेझै उनले छात्रवृत्तिमा एमबीबीएस, एमडीदेखि डिएमसम्मको उपाधि हासिल गरे । त्यसमा उनको अथक लगन र मेहनत मुख्य कारक हो । कैलालीको धनगढी उपमहानगरपालिका–१४ फुलवारीस्थित डि जन्मिएका हुन् । डि गाउँको शर्मा परिवारले छोरालाई डाक्टर बनाउने सपना पालेको थिए । परिवारको उक्त सपनामा चित्रराज दह्रो उत्रिए । उनले परिवारको सपनामात्रै पूरा गरेनन्, डाक्टरीजस्तो विशेष उपाधि हासिल गरेर आफ्नो सामाजिक र व्यवसायिक दक्षतालाई पनि उचाइमा पुर्‍याए ।

एमबीबीएसदेखि डिएमसम्म नेपाल सरकारको सरकारी छात्रवृत्ति र भारतीय कलेजको छात्रवृत्तिमा पढाइ पुरा गरेका डा. शर्मा अहिले आफू नै गृहजिल्लामा रहेको सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा मुटु रोग विशेषज्ञ रुपमा विगत २ महिनादेखि छात्रवृत्ति करारमा कार्यरत छन् । मध्यम परिवारमा जन्मेका डा. शर्माको पुर्ख्यौली घर पर्वत हो । वि.सं. २०३५ सालमा बाढी पहिरोबाट पीडित भएपछि उनका हजुरबुवा  कैलालीको फुलबारीमा बसाइ सरेका थिए । बुवा चन्द्रप्रसाद शर्मा र आमा दिलकुमारी शर्माको कोखबाट जेठो सन्तानको रुपमा वि.सं. २०४२ साउनमा जन्मिएका हुन् ।

शर्माले प्रारम्भिक पढाइ जनजागृति निमावि अगाडि बढेको हो । डा. शर्माले वि.सं. २०५४ सालमा कक्षा पाँच र सोही विद्यालयबाटै वि.सं. २०५७ सालमा जिल्ला टप गरेका थिए । ‘म त्यो बेला भैसी गोठालो गएको बेला जिल्ला प्रथम भएको खबर सुने,’ उनले भने । वि.सं २०५९ मा उनले एसएलसीमा उनले प्रथम श्रेणीमा उत्तीर्ण गरे । पढाइमा अब्बल भएका उनी शिक्षक तथा आफन्तले डाक्टर बन्नुपर्ने सुझाव दिइरहेका हुन्थे । द्वन्द्वकालको समयमा फुलवारी बस्नेहरुलाई माओवादीकै रुपमा हेर्ने भएकाले एसएलसी दिँदा धनगढीमा कोठा पाउन निकै नै सकस परेको अनुभव उनको छ । बुवा पनि शिक्षक भएका कारणले डा. शर्मा चिकित्सक बन्ने सपना पूरा गर्न विज्ञान पढ्न काडमाडौं गए ।

वि.संं २०६३ सालमा अमृत साइन्स क्याम्पसबाट प्रथम श्रेणीमा आईएस्सी उत्तीर्ण गरे । सो पश्चात चिकित्सा शिक्षा अध्ययनको लागि प्रवेश परीक्षामा सरकारी छात्रवृत्तिमा नाम निकाले । एमबीबीएसको इन्ट्रान्समा छात्रवृत्तिमा नाम निकालेको कुरा उनलाई काका नाता पर्नेले सुनाएका थिए । ‘उक्त समयमा प्रविधिको विकास भएको थिएन्,’ उनले भने, ‘त्यो बेला म निकै खुसी भएको थिएँ ।’ सरकारी छात्रवृत्ति नाम निस्किएपछि एमबीबीएस पढ्नका लागि नेपालगंज मेडिकल कलेज नेपालगन्ज गए ।

कलेजले होस्टेल, क्यान्टिन शुल्क लगायतको १ लाख रुपैयाँ माग माग गर्‍यो । त्यो पैसा जुटाउन पनि आफूहरुलाई हम्मे परेको उनले सुनाए । ‘बुवा शिक्षक भएपनि आर्थिक अवस्था भने मध्यम खालको थियो,’ उनले भने, ‘त्यसकारण एक लाख रुपैयाँ जुगाड गर्न पनि हम्मे भयो । त्यही कारण उनी एक पटक गाउँमै गएर विज्ञान विषय पढाउनसम्म तयार भएका थिए । तर, उनका बुवाले छोराको डाक्टर सपना मर्न दिएनन् । उनका बुवाले संचय कोषको रकम र पाँच कठ्ठा जग्गा बिक्री गरेर छोरालाई नेपालगंज मेडिकल कलेजमा भर्ना गराए । डा. शर्माले वि.सं. २०६८ सालमा नेपालगंज मेडिकल कलेजबाट एमबीबीएस उत्तीर्ण गरे । एमबीबीएसपछि उनी छात्रवृत्ति करारमा मेडिकल अधिकृतका रुपमा सेती प्रादेशिक अस्पतालमा काम गरे । डा. शर्मा विशेषज्ञता अध्ययनको अवसर पनि खोजी नै रहेका थिए । वि.सं. २०७१ मा त्यो अवसर उनले पाए । पिजीआई चन्ढीगढमा पूर्ण छात्रवृत्तिमा इन्टरनल मेडिसिनमा एमडी गर्ने अवसर पाए ।

उक्त कलेजमा ७ हजार ५ सय भारतीय रुपैयाँमात्रै तिरेको उनी सुनाउँछन् । ‘मेडिकल अफिसर हुँदा कमाएको पैसाले भारतमा पढ्दा सजिलो भयो,’ डा. शर्मा भन्छन्, ‘भारतको सरकारी मेडिकल कलेजमा बिरामी नै धेरै हुने भएकाले अध्ययन र सिक्ने अवसर निकै राम्रो पाए ।’ वि.सं. २०७४ मा उनले इन्टरनल मेडिसिनमा विशेषज्ञता हासिल गरे । त्यसपछि उनी नेपाल फर्किएर किष्ट मेडीकल कलेज, ग्रान्डी अस्पताल, नोभालगायतका अस्पतालमा बिरामी सेवामा रहे । एमडी अध्ययन गर्दैगर्दा उनलाई भविष्यमा मुटु सम्बन्धि सुपरस्पेसियालिटी डिग्री हासिल गर्ने रहर सुरु भइसकेको थियो । त्यही कारण उनले डिएमका लागि नेपाल सरकारको छात्रवृत्तिको इन्ट्रान्स दिए । वि.सं. २०७६ मा सरकारी छात्रवृत्तिमा सुपरस्पेसियालिटी गर्ने लिष्टमा उनको नाम निस्किहाल्यो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा कार्डियोमा डिएम पढ्न थाले ।

कार्डियोलोजीमा सुपरस्पेसियालिटी अध्ययन सकेपछि उनको छात्रवृत्ति करारअन्तर्गत कर्णालीको प्रदेश अस्पताल सुर्खेतमा पोष्टिङ भयो । त्यहाँ ६ महिना काम गरे । हाल उनी सुदूरपश्चिमको रेफरल अस्पतालको रुपमा रहेका सेती प्रादेशिक अस्पताल बिरामी सेवामा सक्रिय छन् । ‘अहिलेसम्म छात्रवृत्तिमै पढेकाले खर्च नै कम भयो । आफ्नो विशेषज्ञतालाई सरकारी स्वास्थ्य संस्था रहेर बिरामी सेवामा लगाउने सोचाइ छ,’ यी युवा मुटु रोग विशेषज्ञ भन्छन्, ‘गाउँघरका बिरामीहरु विशेषज्ञ सेवाको कम पहुँमा हुन्छन् । सरकारी स्वास्थ्य संस्थामा आउने बिरामीहरुकै सेवा गर्ने रहर छ ।’ डिएम अध्ययन गर्दाताका शहीद गंगालाल हृदय केन्द्रमा उनी धेरै बिरामीहरुको उपचारमा संलग्न भए । त्यहीकारण आफ्नो थोरै मेहनत र लगावले नयाँ जीवन पाउने र उनीहरुको जीवनको गुणस्तरमा फरक पर्ने भएकाले सरकारी स्वास्थ्य संस्थामा अलि धेरै गर्न सकिने उनको बुझाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

A Casino Experience at Euro Palace

Trybet Slot Machine Entertainment Options

Glücksspiel in Casino Mainz – Die neuesten Ergebnisse und Auswertungen von Spielautomaten.

Spielsucht in Casino Kassel – Fakten und Hintergründe

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

अक्षयकोष स्थापनाका लागि धनगढीमा चौतारी साँझ गरिँदै

जमुना न्युरे,धनगढी/प्रेस चौतारी नेपाल कैलालीको आयोजनामा भोलि (शनिबार) चौतारी साँझ हुने आयोजकले जनाएको छ। पत्रकारहरुलाइ भै परि आउने समस्या समाधान तथा दुर्घटनामा पर्ने पत्रकारहरुका लागि

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिम प्रदेशमा तीन दिने प्रदेश युवा सम्मेलन सम्पन्न

धनगढी/उद्यमी युवा समृद्ध देश : दिगो विकास लक्ष्यमा समान परिवेश” भन्ने मुल नाराका साथ नेपाल युवा परिषद सुदूरपश्चिम प्रदेशले आयोजना गरेको तीन दिने प्रदेश युवा

अझै पढ्नुहोस्