साउँदद्वारा कलाकार कल्याणकारी कोषलाई रकम र परिवार गृहलाई खाद्यान्न हस्तान्तरण

शेयेर गर्नुहोस

जमुना न्युरे/ धनगढी लेडि जेसिज बर्ष २०२३ की अध्यक्ष समाजसेवी एवं डेउडा प्रतिष्ठान केन्द्रीय आजीवन सदस्य सरिता साउँद खडायत ले आज मिति २०८० असार १० गतेका दिन आफ्नो जन्म दिनको शुभ अवसरमा धनगढीमा एक कार्यक्रमका बिच रु.५००५/ अक्षेरुपी पाँच हजार पाँच रुपैयाँ कलाकार कल्याणकारी कोषमा नगद र धनगढी -१ स्थित असाहयहरुको साहारा बनेको परिवार गृहमा खाद्यान्न हस्तान्तरण गर्नु भएको छ ।

डेउडा प्रतिष्ठान केन्द्रीय अध्यक्ष दलबहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा धनगढी लेडि जेसिज बर्ष २०२३ कि अध्यक्ष सरिता साउँद खडायतले आफू जिल्ला बाहिर रहेकाले संस्थागत रुपमा संस्थाकी निबर्तमान अध्यक्ष सरस्वती खडका भट्ट , कानुनी सल्लाहकार शुशिला बिष्ट निरौला , उपाध्यक्ष शोभा भट्ट ले डेउडा प्रतिष्ठान का केन्द्रीय अध्यक्ष दलबहादुर बोगटी , बरिष्ठ उपाध्यक्ष सुरत रावत डोटेली कान्छा, कोषाध्यक्ष प्रेम बिबश चन्द लाई कल्याणकारी कोषमा संयुक्त रुपमा नगद रकम हस्तान्तरण गर्नु भएको हो ।

त्यसैगरी धनगढी उपमहानगरपालिका वडा न.१ शिवनगर स्थित अनाथ, असाहयहरुको आश्रय बनेको परिवार गृहलाई २ क्विन्टल चामल र १ क्विन्टल आलु तरकारी हस्तान्तरण गर्नु भएको हो । डेउडा प्रतिष्ठान कलाकार कल्याणकारी कोषमा रकम हस्तान्तरण गर्दै धनगढी लेडि जेसिज बर्ष २०२३की निबर्तमान अध्यक्ष सरस्वती खडका भट्ट ले सामाजिक सेवामा निरन्तर खटिनु हुने धनगढी लेडि जेसिज बर्ष २०२३ की अध्यक्ष सरिता साउँद खडायतले आफू जिल्ला बाहिर हुँदा पनि संस्थागत रुपमा हामीहरूलाई हस्तान्तरण गर्ने अवसर प्रदान गर्नु भएकोमा धन्यवाद संगै वहाँको सु-स्वास्थ्य दिर्घायुको गर्नु भएको थियो ।

  डेउडा प्रतिष्ठान केन्द्रीय समितीद्वारा स्थापित कलाकार कल्याणकारी कोषमा स्थापना भएदेखी विभिन्न ब्यक्तिले आफ्नो र आफ्ना आफन्तजनको जन्मोत्सव संगै आफ्नो बैबाहिक उत्सबको अवसरमा समेत रकम जम्मा गर्न थालेको प्रती संस्थाका बरिष्ठ उपाध्यक्ष सुरत रावत डोटेली कान्छाले अत्यन्तै खुसी ब्यक्त गर्नु भएको थियो ।

प्रतिष्ठानको आजीवन सदस्य समेत रहनु भएकी समाजसेवी , स्रष्टा एवं शैक्षिक ब्यक्तित्व सरिता साउँद खडायतलाई जन्मोत्सवको धेरै धेरै शुभकामना संगै धन्यवाद ब्यक्त गर्नु भएको थियो । यो कोष डेउडा प्रतिष्ठानको मात्र नभई समस्त विभिन्न कला क्षेत्रमा कार्यरत कलाकर्मिहरुको साहाराको रुपमा रहेकाले हामीले ऎन नियम बनाई अघि बढाईरहेका छौं।

सबैले आ-आफ्नो जन्म दिने या अन्य कुनै दिनलाई विशेष दिनको रुपमा बनाई कोषमा जम्मा गरि यो अभियान सफल पार्न समेत रावतले आग्रह गर्नु भएको छ । जन्म दिनमा फजुल खर्च नगरी कलाकारको हितमा कलाकारलाई अफ्ट्यारो पर्दा सुख दु:खको साथीको रूपमा कलाकार कल्याणकारी कोषलाई एउटा अभियानको रुपमा लिएर यो बर्ष कल्याणकारी कोष संकलन बर्षका रुपमा लिने संस्थाका कोषाध्यक्ष प्रेम बिबश चन्दले बताउनु भयो ।

डेउडा प्रतिष्ठान केन्द्रीय कार्यसमितिले  कोषमा रकम जम्मा गर्ने अभियान सफल बनाउन लागिपर्नु भएका संस्थाका पदाधिकारी , आजीवन सदस्य र समाजसेवी सबैलाई संस्थाका अध्यक्ष दलबहादुर बोगटीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

ताजा खबर

Sava Spin: A Deep Dive into the Modern Player’s Playground

Casino Online Dinheiro Real Pix: Tudo o que você precisa saber

Cassino Online Dinheiro Real Pix: Tudo o que você precisa saber

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Преимущества: какие бонусы у кент казино для постоянных клиентов?

Преимущества: какие бонусы у кент казино для постоянных клиентов? В мире онлайн-гейминга постоянные клиенты всегда имеют свои преимущества, и кент казино не является исключением. Бонусы

अझै पढ्नुहोस्
राजनीति

सुदुरपश्चिममा नेकपा एसद्वारा नेताहरूको कार्य विभाजन

टीकापुर/ ने.क.पा. (ए.स.) को सुदूरपश्चिम अध्यक्षको जिम्मेवारी विक्रमबहादुर शाहीले पाउनु भएकाे छ । डडेल्धुरा जिल्लाका शाहीलाई पार्टीको स्थायी कमिटीको सातौं बैठकले प्रदेश अध्यक्षको जिम्मेवारी दिएको

अझै पढ्नुहोस्